चीनको बाहुबली फाइटर जेटका अघि अमेरिकी एफ–३५ फिका ,चिनियाँ सबमरीनलाई काबु गर्न के गर्दैछ भारत ?

४ फागुन , एजेन्सी ।

विश्वभर ठूला शक्तिराष्ट्रसहित कयौं देशहरु आफ्नो हतियार विकासका साथै एयरफोर्स अपग्रेड गर्नमा जुटेका छन् । नेपालका दुई छिमेकी भीमकाय चीन र भारत यसमा पछि पर्ने सवाल नै रहेन । यसैकारण हो कि भारतले अमेरिकासंग पाँचौं पुस्ताको एफ–३५ फाइटर जेट किन्नका लागि सम्झौता गरिसकेको छ ।

अर्कातर्फ, चीनले पनि पाँचौं जेनरेशनको एयरक्राफ्ट डेभलप गरेको छ । चीनले हालै पाँचौं जेनरेशन फाइटर जेट जे–३५ ए लाई विश्वका सामु पेश गरेको छ । बेजिंगले एफ–३५ बाट प्रेरित भएर जे–३५ए फाइटर जेट बनाएको बताइन्छ ।

Advertisement

यद्यपि, चिनियाँ लडाकू विमान स्पीड र टेक्नोलोजीका मामिलामा अमेरिकाको एफ–३५ एयरक्राफ्टभन्दा पनि अपग्रेड छ । वास्तवमा चीनले गत केही वर्षहरुमा आफ्नो डिफेंसमा भारी खर्च गरेको छ। खासगरी एयरफोर्स र नेभी अपग्रेड गरेको छ । यो प्रक्रिया अहिले पनि जारी छ ।

यसैलाई ध्यानमा राख्दै भारतले पनि यस दिशामा कदम उठाएको हो । उसले पनि एयरफोर्सलाई अपग्रेड गरिरहेको छ । राफेल पछि अब अमेरिकाबाट एफ–३५ एयरक्राफ्ट किन्ने निर्णय गरेको हो। अर्कातर्फ नेभीलाई पनि मोडर्न बनाइरहेको छ ।

राफेल–एम को खरीद सोही प्रक्रियाको हिस्सा हो । यसको अलावा मिसाइल र अन्य आधुनिक वेपनहरु पनि डेभलप गरिरहेको छ भारतले । तर यसबीच चीनको पछिल्लो संस्करणको एयरक्राफ्टले भारत र अमेरिका दुवैका लागि झट्का दिएको छ ।

सबैभन्दा पहिला चीनको ५ औं जेनेरेशनको विमान जे–३५ ए को कुरा गरौं । बेजिंगले बद्लििदो सामरिक माहोलका बीच ५औं पीढीको विमानको निर्माण शुरू गरेको हो । यसक्रममा जे–३५ ए डेभलप गरेको हो ।

यो फाइटर जेट स्टील्थ भएका कारण रडारको पकड भन्दा बाहिर छ । मतलब यसलाई रडारले पक्रन सक्दैन । यसको स्पीड ध्वनीको गतिभन्दा दुई गुणा बढि तेज छ । यसको अलावा जे–३५ए को कम्ब्याट रेडियस १२०७ किलोमीटर भन्दा धेरै छ ।

चीनको यो लडाकू विमान ट्विन इंजिन भएको छ । यसको सर्भिस सीलिंग ५२ हजार फीट छ । यो फाइटर जेटले एयर टू एयर, एयर टू सरफेस मिसाइल लैजानमा सक्षम छ । उता अमेरिकाको एफ–३५ फाइटर जेट पनि पाँचौं पुस्ताकै विमान हो ।

यो एयरक्राफ्ट म्याक–१.६ को रफ्तारले उडान भर्नमा सक्षम छ । फिफ्थ जेनरेशनको विमान भएका कारणले यो पनि रडारबाट टाढै रहन्छ । अर्थात यसलाई पनि रडारले पक्रन सक्दैन । यसमा एडभान्स्ड सेंसर लागेका हुन्छन्, ताकि टारगेट हासिल गर्न सहज होस् ।

यसको अलावा यो विमानसंग रडारलाई नै जाम गर्ने पनि क्षमता छ । साथै यो फाइटर जेट मोडर्न इलेक्ट्रोनिक वारफेयर सिस्टमले पनि सुसज्जित छ । चीन र भारतबीच एयरफोर्स अपग्रेड गर्न प्रतिस्पर्धा चलिरहेका बेला समुद्रमा पनि यी दुई देश एकअर्कालाई दबावमा राख्न लागिपरेका छन् ।

यसबीच भारत नजिक रहेका समुद्री क्षेत्रमा चिनियाँ युद्धक जहाजहरुको आवागमन सन् २००८ पछि निकै बढेको छ । कहिले सर्भेका नाम त कहिले एंटी पाइरेसी अपरेशनका नाममा चिनियाँ जहाजहरुले भारतको दिमाग खराब गरिरहेका छन् ।

यसबीच भारतले चिनियाँ वारशिप र सबमरीनको हर मूभमेन्टमा आफ्नो नौसेनाको नजर रहेको बताएको छ । यसक्रममा भारतीय नौसेनाका लागि लामो दुरीसम्म निगरानी गर्नेे ६ वटा ए ८ आई विमान उपलब्ध हुने बाटो खुलेको छ ।

हालै भएको भारत र अमेरिकाबीचको साझा बयानमा यो सम्झौताका बारेमा अपडेट दिइएको छ । बयानमा भनिएको छ कि ‘भारतको समुद्री निगरानी क्षमता बढाउनका लागि ६ अतिरिक्त ए–८ आई लंग रेंज मेरिटाइम रेकनेन्स विमान खरीदको काम छिटै नै पूरा हुनेछ ।

जसका लागि बिक्रीका शर्तहरुमा सहमति भइसकेको छ । यो कदमले भारतीय नौसेनाको शक्ति समुन्द्रमा थप बढ्ने विश्वास गरिएको छ । भारतले अहिलेसम्म अमेरिकाबाट कुल १२ वटा ए–८ आई विमानहरु खरीद गरिसकेको छ ।

पहिलो चरणमा सन २००९मा ८ र दोस्रो चरणमा २०१६ मा ४ ए–८ आई विमान किनेको थियो । यद्यपि नौसेनाले आफुलाई १० अतिरिक्त ए ८ आई विमानहरुको आवस्यकता रहेको बताएको थियो । यसमा १० त होइन मात्रै ६ का लागि स्वीकृति पाएको थियो ।

२०१९मा रक्षा अधिग्रहण परिषदले ६ अतिरिक्त विमान खरीदको स्वीकृति दिएको थियो । पी–८आई विमानको विशेषता भनेको ४१ हजार फिटको उचाईमा यसले उडान भर्न सक्छ । समुन्द्रको गहराईमा लुकेका सबमरीनलाई भेट्टाउन सक्छ र त्यसको शिकार पनि गर्न सक्छ ।

भारतीय नौसेनाका लागि लामो दुरीमा निगरानीका लागि अहिलेको समयमा योभन्दा राम्रो अर्को छैन । एक पटकमा यसले ८३०० किलोमीटरसम्म उडान भर्न सक्छ । यसमा ११ हार्ड प्वाइंट लागेका छन् । ५ इंटर्नल र ६ बाहिरका विंगमा ।

एंटी शिप मिसाइल हारपून, क्रूज मिसाइल, लाइट वेट टरपीडो, एंटी सबमरीन वारफेयर चार्ज र माइन लंच गर्न सक्छ । यो विमान पावरफुल मल्टी मिशन सर्फेस सर्च रडार सम्पन्न छ । भारत र अमेरिकाबीच ३१ एमक्यू ९ बी कालागि सम्झौता भइसकेको छ ।

भारतीय मिडियाहरुका अनुसार २०२९ सम्ममा पहिलो ड्रोन भारतले पाउने छ । अमेरिकाबाट भारतीय नौसेनाले अहिले भन २ वटा एमक्यू–९बी लीजमा लिएर प्रयोग गरिरहेको छ । भारतले अमेरिकाबाट एमक्यू–९ ड्रोनका एडभान्सड भर्जन किन्न लागेको हो ।

३.९९ बिलियन अमेरिकी डलरको अनुमानित लागतमा ३१ वटा एमक्यू–९ रिमोटली पायलटेड एयरक्राफ्ट (आरपिए) र संबंधित उपकरणहरु खरीदको सम्झौता भइसकेको छ । जसमध्ये १५ ड्रोन भारतीय नौसेनालाई, ८ थल सेना ८ वायुसेनालाई दिइने बताइएको छ ।

सबैभन्दा धेरै नौसेनाका लागि दिनु पछाडी यसको निगरानीको क्षेत्र अन्य सेनाभन्दा धेरै भएकाले हो । यसबारे आफ्ना धारणा पनि अवस्यक जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top