×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रुसी अधिकारीसंग शंकर पोखरेलको भेट,के भयो कुरा ?

६ फाल्गुन २०८१

६ फागुन , काठमाण्डौ।

नेकपा एमालेका महासचिव शंकर पोखरेल र रुसी कुटनीतिज्ञबीच भेटवार्ता भएको छ । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीहरुले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैक्रममा सोमबार पोखरेलसंग नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर–काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका हुन् ।

Advertisement
Advertisement

भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डाबारे पनि छलफल गरेको बुझिएको छ ।

भेटपछि दुतावासले विज्ञप्ति जारी गर्दै द्विपक्षीय संवादले एकअर्काको अडान र सम्भावित सहयोगका क्षेत्रहरूको पहिचान गर्न समान बुझाई भएको उल्लेख गरेको छ । नेपाल र रुस बीचको सम्बन्ध औपचारिकतामा मात्र रहेको बेला यो भेटलाई महत्वको साथ् हेरिएको छ ।

नेपाली युवालाई अवैध रुपमा रुस लगेर सेनामा भर्ती गरेको र युद्धमा होमेको विषयमा रुसले अहिलेसम्म मुख खोलेको छैन । यो काम मानव तस्करले गरेको भनिए पनि औपचारिक रुपमा रुसले केहि बताएको छैन ।

रुस–युक्रेन युद्धमा २० जना भन्दा बढी नेपाली युवाको ज्यान गइसकेको छ । एमाले महासचिवले रुसी अधिकारीसंग भेटवार्ता गरिरहँदा यता प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने पोखरेललाई दाङवासीले चुनावमा नजिताएकामा चित्त दुखाएका छन् ।

उनले सदनमा र सरकारमा शंकर पोखरेल नहुँदा आफूलाई काम गर्नै असहज भएको समेत जिकिर गरेका छन् । सोमबार दाङको घोराहीमा जनसभालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शंकरलाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताएका हुन् ।

दाङ शंकरको गृहजिल्ला पनि हो । २०७९ को निर्वाचनमा शंकर दाङ क्षेत्र नं २ मा माओवादी उम्मेदवार रेखा शर्मासँग १९३ मतले पराजित हुनुपरेको थियो । रेखाले २६ हजार ८८० मत पाउँदा शंकरका पक्षमा २६ हजार ६८७ मत परेको थियो ।

एक त पार्टीको महासचिव त्यसमाथि ओली निकट मानिदै आएका शंकर पोखरेलले ओलीको हरेक कदमको बचाउ गर्दै आएका छन् । सामाजिक संजालदेखि मिडियाहरुमा ओलीका आलोचकहरुविरुद्ध उनी ढाल बन्दै आएका छन् ।

पार्टीका साथै सरकारमा पनि ओलीको नेतृत्वको खुलेर प्रशंसा र बचाउ गर्न उनले कयौं पटक सामाजिक संजालबाटै नेताकार्यकर्तालाई आह्वान गर्दै आएका छन् । यता ओलीले पनि ०७९ को चुनावका लागि दाङवासीसंग गुनासोपछि अब अलमल नगरी मिसन ०८४ तर्फ लाग्न पनि पार्टी पंक्तिलाइ निर्देश गरे ।

‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन,’ उनले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top