प्रदेश १ को राजधानीका संरचना छिन्नभिन्न पारिँदै

विराटनगर : प्रदेश १ को राजधानी र नामकरणको विषय पेचिलो बन्दै गएको छ। राजधानी विराटनगर तोकेर त्यहाँका संरचना विकेन्द्रित गरी विभिन्न जिल्लामा राख्ने विषयमा मुख्यमन्त्रीले छलफल सुरु गरेपछि समर्थन र विरोधमा प्रतिक्रिया आउन थालेका हुन्।

मुख्यमन्त्री शेरधन राईले कार्यपालिका विराटनगरमा, प्रदेशसभा इटहरीमा र केही मन्त्रालय इलाम, झापालगायतका जिल्लामा राख्न विभिन्न जिल्लाका प्रदेशसभा सदस्यसँग छुट्टाछुट्टै अनौपचारिक बैठक राखेर छलफल तीव्र पारेका छन्।

बृहत् विराटनगरको अवधारणा बजेटले नै ल्याएको भन्दै सोहीअनुसार प्रदेशको राजधानी मोरङ र सुनसरीमा हुनुपर्ने एकथरीको तर्क छ। अर्कोथरीको तर्क भने कार्यपालिका र व्यवस्थापिका छुट्टाछुट्टै स्थानमा राख्न नहुने भन्ने छ।

Advertisement

प्रदेशका मन्त्रालय, विभाग, व्यवस्थापिका, कार्यपालिकालगायत महत्वपूर्ण संरचना भिन्नाभिन्नै जिल्लामा राख्दा व्यावहारिक समस्या निम्तिने उनीहरूको धारणा छ । सरकारी सेवा प्रवाह प्रभावकारी बनाउन एउटै कम्पाउन्डभित्र कार्यालय राखेर सेवा दिनु उपयुक्त हुने प्रदेश सांसद विमल कार्की बताउँछन्।

प्रदेशका सबै कार्यालय एउटै कम्पाउन्डभित्र राख्ने अवस्था नभएको र बजेटमै ग्रेटर विराटनगरको अवधारणा ल्याइएकाले ग्रेटर विराटनगरले समेटेको क्षेत्रभित्र प्रदेशका संरचना राख्दा उपयुक्त हुने कार्कीको धारणा छ। उनले भने, ‘बजेटले परिकल्पना गरेको ग्रेटर विराटनगरभित्र प्रदेशका कार्यालय राख्दा उपयुक्त हुने देखिन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top