NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन बुधबार मंसिर ३ , २०८२
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा, साढे ८ करोड बिगो

मङ्लबार फाल्गुन ६ , २०८१
Reading Time: 1 min read
A A
बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा, साढे ८ करोड बिगो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ फागुन , काठमाण्डौ ।

तपस्वी एवं लिटिल बुद्ध भनेर चर्चामा आएका रामबहादुर बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको छ । सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् सहायक जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरे बताएका छन् ।

बमजनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । हाल उनी बाल यौन दुव्र्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका छन्। जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ’छ’ अनुसारको कसुर गरेको ठहर गरेको छ ।

LS Auto

दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ । उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुव्र्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ । र, उपदफा (३) ’छ’ मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुव्र्यवहार मानिएको छ ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ । पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो । एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो ।

बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो । २०८० सालको पुसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि प्रहरीले लामो समयसम्म पक्राउको प्रयास गरे पनि असफल भएको थियो । तीन महिना पछ्याएर उनलाई पक्राउ गर्न सफल भएको थियो । बूढानीलकण्ठमा उनलाई पक्राउ गरेर घरमा खानतलासी लिँदा विभिन्न देशका मुद्रा फेला परेका थिए ।

उनको घरबाट सीआईबीले ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँबराबरका बरामद भएका थिए । उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो ।

मध्य तराईको बाराको एकान्त वनमा एक ठूलो पीपलको बोटमुनि ध्यान गरिरहेका बमजनले सन् २००५ मा एकाएक चर्चा बटुलेका थिए । त्यतिबेला १६ वर्षीय बम्जनले बारास्थित एक जङ्गलमा ध्यान गर्न सुरु गरेका थिए ।

ध्यानमा रहेका बेला उनी सेतो पातलो कपडामा थिए भने आँखा बन्द थियो । यसरी ध्यानमै बसेपछि उनी एकाएक चर्चामा आएका थिए । उनको चर्चा अन्तर्राष्ट्रियस्तरसम्मै भयो । उनी ध्यानमा बसेको स्थानमा स्थानीयवासी मात्र होइन, बाहिरबाट तीर्थयात्रीहरू पनि आउन थाले ।

यसै बेला उनी ध्यानमा बसेको एक तस्वीर विश्वचर्चित नै बन्न पुग्यो । यसरी बौद्ध धर्मावलम्बीका उनी एक पूज्य व्यक्ति नै बन्न पुगे । तर, उनको उपासनामा रहेका भक्तजन नै यौनशोषणको सिकार बनेको र हत्या भएको चर्चाले उनी लुकेर हिँड्नुपर्ने अवस्था आयो ।

बम्जन आबद्ध धार्मिक संस्थाको वेबसाइट मैत्रीय डट इन्फोमा उपलब्ध जानकारीअनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा रतनपुर, बारामा भएको थियो । उनका मातापिता किसान थिए । उनकी आमाको १२ वर्षको उमेरमा विवाह भएको थियो ।

उनका ५ छोरा र ४ छोरी छन् । रामबहादुर तेस्रो छोरा हुन् । उनका अनुयायीहरूले बम्जन ६ महिनासम्म पानीसमेत नपिएर ध्यानमा लीन भइसकेको र बुद्धत्व प्राप्त नहुँदासम्म उनी ध्यानमै रहने बताएका थिए ।

गौतम बुद्धको आमाको नाम मायादेवीसँग बम्जनकी आमाको नाम पनि मिलेका कारण स्थानीयहरूले उनले गरेको तपस्यालाई गौतम बुद्धसँग जोडेर हेरेका थिए । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो ।

१६ वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बम्जन पहिलोपटक १० महिना लामो ध्यान बसेकै बेला अचानक गायब भएका थिए । अनुयायीहरूले बिस्तारै बम्जन ध्यानमा बसेको क्षेत्रलाई लुङ्ता छोर्तेनजस्ता धार्मिक ध्वजापताकाले सुसज्जित गरेपछि उक्त स्थान बिस्तारै धार्मिकस्थलमा परिणत हुँदै गएको थियो ।

बाराबाहेक सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत उनको आश्रम रहेको प्रहरीले जनाएको छ । तिनै बमजन बलात्कार मुद्दामा दोषी ठहर भएपछि अहिले १० वर्षको जेल सजाय काटिरहेका छन् भने उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर भएको छ ।

Tags: #बमजनको कति छ सम्पत्ति ?#बमजनविरुद्ध सम्पत्ति शुद्धीकरण

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

बुधबार मंसिर ३ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२

विचार

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

Breaking news

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

संविधानविद्ले प्रसाईंको गिरफ्तारीमा प्रश्न उठाए,सुदनलाई अझै पुगेन

बुधबार मंसिर ३ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.