NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

राजनीतिक राजतन्त्र ? जनताले खोजेको कि परिवार पोसेको ?

मङ्लबार फाल्गुन ६ , २०८१
Reading Time: 1 min read
A A
राजनीतिक राजतन्त्र ? जनताले खोजेको कि परिवार पोसेको ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ फागुन , काठमाण्डौ।

दक्षिण एसियाको राजनीतिको विशेषता नै हो, वंश परम्परा । नेपाल मात्र होइन भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानमा समेत वंश परम्पराले राजनीतिमा डेरा जमाएको छ । चाहे त्यो जहानीया राणा शासन होस् या शाह वंशीय शासनदेखि गणतन्त्रका मसिहासम्म पुस्ता राजनीतिले निरन्तरता पाएको छ ।

आज हामी नेपाल टाइम्समा नेपालको पुस्ता राजनीतिको अवस्था र विश्वका बारेमा चर्चा गर्ने जमर्को गर्ने छौ । नेपालका राणा, शाह पछि राजनीतिमा चर्चा आउनेमा कोइराला परिवार पर्छ । कोइरालाको परिवारको तेस्रो पुस्ता वर्तमान राजनीतिमा सक्रिय छ भने यही पुस्ता नै अन्तिम हुने हो कि भन्ने आंकलन गर्न थालिएको छ ।

पिता कृष्ण प्रसाद कोइरालाका तिन भाइ छोरा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री बने । कोइराला परिवार भित्रकै नरहेपनि सुशील कोइराला पनि प्रधानमन्त्री बने ।

बिपी कोइरालाका छोरा शंशाक कोइराला नेपाली कांग्रेसको महामन्त्री बनी सकेका छन् भने अहिले प्रतिनिधि सभाका सदस्य छन् । उनी नेपाली कांग्रेसका १५ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवार बन्ने तयारीमा छन् ।

गिरिजा प्रसादकी छोरी सुजता कोइराला अहिले पनि पार्टी राजनीतिमा सक्रिय छिन् । उनी उपप्रधानमन्त्री समेत बनी सकेकी छिन् । यसै गरी कोइराला परिवारका अर्का सदस्य केशवप्रसाद कोइरालाका पुत्र डाक्टर शेखर कोइराला कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

उनी प्रतिनिधि सभाको सदस्य हुने भने कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टी सभापति पदमा शेरबहादुर देउवा सँग पराजित भएका थिए । उनी पनि शशांक जस्तै १५ औँ महाधिवेशनमा सभापतिको प्रत्याशी बन्ने तयारीमा छन् ।

कोइराला परिवारका अर्को सदस्य कमल कोइरालाले पनि आफ्नो जीवन राजनीतिमा नै बिताए । चौथो पुस्ताका २१ सदस्यमध्ये तीन जनाको मात्र राजनीतिमा आउने सम्भावना बोकेकामा पर्छन् । प्रकाश कोइरालाकी छोरी मनिषा र छोरा सिद्धार्थका साथै निरञ्जन कोइरालाका कान्छा छोरा भास्कर कोइराला पुस्ताको राजनीति थाम्न आए भने मात्र नभए अरू आ–आफ्नै बाटोमा लागेका छन् ।

यदि चौथो पुस्ताको २१ सदस्य मध्ये कोही पनि राजनीतिमा आएनन् भने नेपालमा कोइराला परिवारको राजनीतिक यात्रा इतिहासमा मात्र सीमित हुने पक्का छ । चौथो पुस्ताका धेरै सदस्य देशबाहिर छन् । यहाँ भएकाहरू पनि राजनीतिबाट टाढा छन् ।

मनिषाको राजनीतिक पदार्पण असम्भव रहेको बुझाइ बाक्लो देखिँदा सिद्धार्थ र भास्करको नगन्य सम्भावना रहेको आंकलन गरिन्छ । तेस्रो पुस्ताका सदस्य डा. शेखर, सुजता र डा. शशाङ्कले दुई पटकसम्म एकै ठाउँ भेला भएको तस्बिर सार्वजनिक गरेर कांग्रेसमा वंश परम्पराबाट नेतृत्व छानिने सम्भावना टाढा नभएको सन्देश दिन खोजी रहेका छन् ।

कोइराला परिवार बाहिर पनि पारिवारिक सम्बन्धका कारण राजनैतिक उचाइ हासिल गर्नेहरूको सङ्ख्या धेरै छ । नेकपा एमालेका नेता स्वर्गीय मदन भण्डारी कि पत्नी दुई पटक यो देशको राष्ट्रपति बनिन् ।

भण्डारीकी छोरी उषा किरण भण्डारी अखिल नेपाल महिला सङ्घको केन्द्रीय सदस्य बनी सकेकी छिन् । कांग्रेसका सभापति देउवाकी श्रीमती आरजु राणा परराष्ट्र मन्त्री छिन् । यस्तै कांग्रेसका नेता स्वर्गीय गणेशमान सिंह पत्नी मङ्गलदेवी सिंह नेपाल महिला सङ्घ अध्यक्षको केन्द्रीय अध्यक्ष सम्म बनेकी थिइन ।

उनका छोरा प्रकाशमान सिंह अहिलेको सरकारमा उपप्रधानमन्त्री छन् । उनी पनि कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेका थिए भने १५ औँ महाधिवेशनमा फेरि सभापति बन्ने इच्छा व्यक्त गरी रहेका छन् ।

कांग्रेसकै अर्का नेता महेन्द्र नारायण निधिका पुत्र बिमलेन्द्र निधि पनि नेपाली राजनीतिमा चर्चित नाम हो । उनी पनि पटक पटक मन्त्री बनी सकेका छन् । १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार समेत बनेका उनी पनि १५ औँ महाधिवेशनमा फेरी सभापति पदको उम्मेदवार बन्ने तयारीमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको परिवार पनि पुरै राजनीतिमा छ । पत्नी स्वर्गीय सिता दाहाल र स्वर्गीय छोरा प्रकाश दाहाल भूमिगत कालदेखि नै पार्टी राजनीतिमा सक्रिय थिए । प्रचण्ड पुत्री रेणु दाहाल दोहोर्याएर भरतपुर महानगरपालिकाको मेयर बनेकी छिन् ।

कान्छी छोरी गङ्गा दाहाल प्रचण्डको अहिले पनि दाहिने हात भएर काम गरिरहेकी छिन् । बुहारी बिना मगर पहिला नै खानेपानी मन्त्री बनी सकेकी छिन् । प्रचण्डका भाइ नारायण दाहाल अहिले राष्ट्रिय सभाको अध्यक्ष छन् भने भतिजा महेश दाहाल अस्ट्रेलियाको लागि नेपाली राजदूत छन् ।

प्रचण्डका ज्वाइँ जीवन आचार्य कोशी प्रदेशका सांसद हुन । उनी कोशीमा मन्त्री बनिसकेका छन् । यो देशमा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको पारिवारिक राजनीतिको लहरो भने धेरै लामो छैन ।आफूले राजनीति गर्दा भाइहरूलाई सहयोगी भूमिकामा मात्र देखाए भने छोरालाई जागिर खान पठाए ।

जीवनको पुर्वाधमा आएर छोरा सुनिल थापालाई राजनीतिमा प्रवेश गराए । थापा पञ्चायती व्यवस्थाका सबै भन्दा बढी प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । छोरा सुनिल थापाले राप्रपाको राजनीति धेरै लामो समय सम्म गरेनन् । सुनिल कांग्रेसमा प्रवेश गरे ।

अहिले सुनिल राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार छन् । थापा पनि मन्त्री त बनिसकेका छन् । उनका छोरा सिद्धार्थ थापा पनि राजनीतिमा आउन हल्ला बेला बेला आउँछ । तर पितालाई निर्वाचनको समयमा भोट माग्न धनकुटा पुग्नु बाहेक अन्य राजनीति क्षेत्रमा उनलाई देखिएको छैन ।

राप्रपाका नेता पशुपति शमशेर जङ्गबहादुर राणा तिनै राणाहरूको सन्तान मध्ये एक हुन जो अहिले पनि राजनीतिमा सक्रिय छन् । चर्चामा रहेकाभन्दा बाहिर पनि धेरै जनाको पारिवारिक राजनीति छ । तर आफू शक्तिमा पुगेको बेला आफ्ना परिवार सदस्यलाई जसरी भए पनि पदमा पु¥याउने चलनले जनता भने आजित भइसकेका छन् ।

एउटा परिवारका सबै सदस्य एकै क्षेत्रमा लाग्नु राम्रो होला तर राज्य दोहन गरेर परिवारका सदस्यलाई पोस्नु चाही पक्कै पनि राम्रो हैन् । राजनीति जनताको सेवा गर्ने माध्यम हो, न कि व्यक्तिगत वा पारिवारिक सत्ताको विस्तार गर्ने साधन।

योग्यताको आधारमा भन्दा नाता सम्बन्धका आधारमा अवसर वितरण गर्नाले लोकतन्त्र कमजोर हुन्छ र आम नागरिकको विश्वास गुम्छ। यसैले राजनीति कुनै घरानाको निजी सम्पत्ति नबनोस्,यो देश र जनताको भविष्य निर्माण गर्ने पवित्र माध्याम बनोस् ।

Tags: #नेपाली राजनीतिमा वंशवाद

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.