×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजाबाट रैती बनेका ज्ञानेन्द्रले किन मागे जनताको साथ ?

७ फाल्गुन २०८१

७ फागुन , काठमाण्डौ , ।

पूर्वराजा ज्ञानेन्द्र शाहले ७५औं प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्र बचाउन जनताको साथ आवश्यक रहेको बताएका छन्। उनको यस अभिव्यक्तिले विभिन्न राजनीतिक तरङ्ग उत्पन्न गरेको छ।

Advertisement
Advertisement

संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भइसकेको नेपालमा पूर्वराजाको यस्तो अपिलले अनेक प्रश्न जन्माएको छ— के अब ज्ञानेन्द्र शाह सक्रिय राजनीतिमा फर्कन चाहन्छन् ? वा उनी राजतन्त्र पुनःस्थापनाको कुनै रणनीतिक तयारी गरिरहेका छन् ?भन्ने बहस सुरु भएको छ ।

तर नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२, ०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् ।’

महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।’ ‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ ।’ पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’

नेपालमा गणतन्त्र स्थापना भइसकेपछि ज्ञानेन्द्र शाह सक्रिय रूपमा राजनीतिक वक्तव्य दिएका छैनन् । तर, पछिल्लो समय उनले समय–समयमा राष्ट्रियता, स्वाधीनता र धर्मका विषय उठाउँदै आएका छन्।

यस पटकको सन्देशमा उनले “राष्ट्र जोगाउन जनताको साथ आवश्यक रहेको भन्दै जनताको साथ खोजेका छन् । पूर्वराजाले आफूलाई राष्ट्रको रक्षकका रूपमा चित्रित गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय राप्रपाले राजतन्त्रसहितको हिन्दू राष्ट्र पुनःस्थापनाको एजेन्डा अगाडि सार्दै आएको छ।

ज्ञानेन्द्र शाहको अपिल यसै अभियानलाई बल पुर्याउने सम्भावना छ। यदि राजसंस्थालाई पुनःस्थापित गर्ने लक्ष्य राखिएको हो भने उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राप्रपा वा अन्य शक्तिहरूसँग हातेमालो गर्न सक्छन्।

उनले गणतन्त्र असफल भएको सन्देश दिन खोजिरहेका छन्। भ्रष्टाचार, कुशासन, आर्थिक संकट, विदेशी हस्तक्षेपको बहसलाई उचालेर आफ्नो पक्षमा जनमत सिर्जना गर्न खोज्न सक्छन्। उनी प्रत्यक्ष राजनीतिमा प्रवेश गर्न सक्ने सम्भावना न्यून भए पनि संस्थागत रूपमा राजसंस्थाप्रति सद्भाव बढाउने प्रयास हुनको हुन् सक्ने आंकलन गरिएको छ ।

ज्ञानेन्द्र शाह आफैं प्रत्यक्ष राजनीतिमा आउने सम्भावना कम छ। तर, यदि परिस्थितिले अनुकूलता देखायो भने उनले अप्रत्यक्ष रूपमा राजसंस्था पुनःस्थापनाको अभियानलाई बल दिन सक्छन्। यदि गणतन्त्रको असफलताको आभास जनता बीच फैलिँदै गयो भने, ज्ञानेन्द्र शाहलाई समर्थन गर्ने धारणा बलियो बन्न सक्छ।

यदि राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको आन्दोलनलाई जनस्तरमा लोकप्रिय बनाउन सक्यो भने, उनी त्यस अभियानसँग जोडिन सक्छन्। गणतन्त्र समर्थक दलहरूले यो अभिव्यक्तिलाई गणतन्त्रविरोधी गतिविधिको रूपमा व्याख्या गरेका छन् ।

हिन्दू राष्ट्र समर्थक समूहहरू र राजसंस्था पक्षधरहरूले भने यसलाई “परिवर्तनको संकेत“ भन्दै प्रचार गरिरहेका छन् । शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका छन् ।

‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ।

अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ,’ पूर्वराजा शाहले भिडियो सन्देशमा भनेका छन्, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ।’

देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले त्याग गरेको उनको भनाइ छ । तर,उक्त त्यागलाई कमजोरीको रुपमा नलिन उनले चेतावनी दिएका छन्। आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्नुपर्ने पूर्वराजा शाहले बताएका छन् ।

Advertisement
Advertisement

अहिले देशको इतिहास मेटिँदै गएको र नेपालका होनहार जनशक्ति देशबाट बाहिरिँदै गएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेका छन् । यस्तै निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने पूर्वराजा शाहको भनाइ छ।

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top