नयाँ इतिहास रच्दै नेपाली महिला फुटबल टोली

८ फागुन ८१, शुक्रबार

९ फागुन , काठमाण्डौ ।

नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा लगातार दोस्रो जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गर्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई १–० ले हरायो। खेलको ७७औं मिनेटमा सावित्रा भण्डारीले गरेको गोल नै नेपाललाई फाइनलसम्म पु¥याउन निर्णायक बन्यो। नेपालले समूह चरणका दुई खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा रहँदै उपाधि यात्रा तय गर्यो।

Advertisement

बिहीबार नै सम्पन्न अर्को खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० को फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। यसअघि नेपालले कीर्गिस्तानलाई १ शुन्यले पराजित गरेको थियो भने म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो ।

यो नतिजापछि आइतबार हुने नेपाल र म्यानमारबीचको खेल फाइनलको लागि पूर्वतयारी मात्रै हुने संभावना छ । यस्तै, सोही दिन कीर्गिस्तान र लेबनान पहिलो जितको खोजीमा हुनेछ । नेपालले फागुन ११ मा शीर्षस्थानमा रहेको म्यानमारसँग खेल्नेछ ।

Advertisement

राउन्डरोबिनका आधारमा खेलिने खेलका दुई शीर्ष टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल भने १४ गते हुनेछ ।नेपालले लगातार दोस्रो जितसँगैं एक खेल खेल्न अगावै फाइनल खेल्ने पनि तय गरेको हो ।

नेपाललाई लेबनानविरुद्ध जित दिलाउन पहिलो हाफमा सावित्रा भण्डारीले गरेको एक गोल नै पर्याप्त भएको थियो । उनले ४२ औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल विपक्षी खेलाडीमा डिफ्लेक्ट भएर गोल भएको थियो ।

नेपाललाई इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा पु¥याएका सावित्री भण्डारी प्लेयर अफ द म्याच बनेकी छन्। लिगको दोस्रो खेलमा नेपाललाई जित दिलाउन सावित्राले निर्णायक गोल गरेकी थिइन्।

उनले ४२औं मिनेटमा गरेको गोल नै नेपाललाई उपाधिनजिक पु¥याउन पर्याप्त बन्यो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान रचेकी साम्बा पछिल्लो समय युरोपमा फुटबल खेल्दै आएकी छिन् ।

हाल फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्ट ग्वेंगाम्पमा आवद्ध उनले गत सिजन इजरायलको हापोएल रानानामा खेलेकी थिइन् । साम्बाले भारतको शीर्ष डिभिजन लिगमा पनि सर्वाधिक गोलकर्ता बन्दै २ पटक उपाधि जितिसकेकी छिन् ।

उनी करिअरको सुरुवातमै नेपाल एपिएफ क्लबबाट पनि नेपालको लिग च्याम्पियन बनिसकेकी छिन् । अहिले खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ भने तुलनात्मक रुपमा कीर्गिस्तानलाई कमजोर टोली मानिएको थियो ।

यद्यपी पहिलो खेलमा लेबनान र कीर्गिस्तान दुवैले विपक्षीलाई सहजै जित्न भने दिएनन् । हेड टु हेड तथ्यांकलाई हेर्दा म्यानमार नेपालका लागि कठिन प्रतिद्वन्द्वी देखिन्छ। हालसम्म नेपाल र म्यानमारबीच ८ पटक भिडन्त भएका छन् ।

जसमा नेपालले एक खेल मात्र जितेको छ भने म्यानमारले ६ पटक विजय हात पारेको छ। एक खेल बराबरीमा टुंगिएको छ। नेपालको घरेलु मैदानको फाइदा भने टिमका लागि सकारात्मक पक्ष हुन सक्छ।

सावित्रा भण्डारीको उत्कृष्ट लय, बलियो डिफेन्स र दर्शकको समर्थन नेपालका लागि प्लस प्वाइन्ट हुन्। म्यानमारले आक्रामक फुटबल खेल्ने भएकाले नेपालले सशक्त रणनीतिसहित मैदान उत्रनुपर्ने देखिन्छ।

अब फाइनलमा नेपालले इतिहास रच्दै उपाधि जित्न सक्ला त? नेपाली फुटबलप्रेमीहरू आइतबारको खेलका लागि उत्साहित छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top