×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बेलुनमा हावा भर्ने अपराधी ? बेलुनलाई धागोले बाँध्ने चाँही ?

९ फाल्गुन २०८१
९ फागुन , काठमाण्डौ ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा घाइते भएका उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य  डिस्चार्ज भइसकेका छन् ।
डिस्चार्जपछि आफू आइसोलेसनमा रहेको र केही समय भेटघाट नगर्न र नबोल्न चिकित्सकले सुझाव दिएको उनले उल्लेख गरेका छन् । ’म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ’डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।’
पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् । उनीसँग सोही विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै डिस्चार्ज भइसकेका थिए ।
घाईते डिस्चार्ज भएपछि यो घटनाको प्रहरी अनुशन्धान भने अझै टुंगिएको छैन् । आयोजकको असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा उक्त घटना भएको थियो । तर, कास्की प्रहरीले बेलुनमा हाइड्रोजन भर्ने व्यक्ति कमलेश कुमारलाई पक्राउ  गर्याे ।
उनीमाथि अभ्रद व्यवहारको मुद्दा चलाइएको छ । मुद्दाको किनारा नलागेसम्मका लागि उनलाई दैनिक रुपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुने गरी छाडिएको  सहायक  प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन् ।
कमलेश पक्राउ परेको र उनमाथि सार्वजनिक मुद्दा चलाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बसन्त शर्माले पनि पुष्टि गरेका छन् । यद्यपि उनले कमलेश जिल्ला प्रशासनको आदेश अनुरुप छुटेको उनले बताएका छन् ।
कमलेशमाथि  सुरु गरिएको यो कारबाही प्रक्रियामाथि भने सामाजिक संजालमा  विरोध हुँदै आएको छ । काठमाडौंको मम सेन्टरमा ग्यास सिलिन्डिर विष्फोटमा ४ जनाको ज्यान जादा पनि गम्भिर नदेखिएको सरकार पोखराको घटनामा भने गम्भिर देखिएको भन्दै राज्यका दृष्टिकोणमा सबै नागरिक बराबर हुनु पर्ने आवाज उठिरहेको  छ।
अर्काेतर्फ  घटनासँग जोडिएको भन्दै बेलुनमा   हावा भर्ने कमलेश कुमारलाई पक्राउ गरी सार्वजसनक मुद्दा दायर गरेपछि  बेलुनलाई धागोले बाध्ने र धागो उत्पादकलाई समेत कारबाही गर्नुपर्ने भन्दै सामाजिक संजालमा कटाक्ष गरिएको छ ।
एक सामाजिक संजाल प्रयोगकर्ताले लेखेका छन्, बेलुनमा हावा भर्ने यो अपराधीलाई कडा भन्दा कडा सजाय होस्। अझ त्यो बेलुनलाई धागोले बाँध्नेलाई, अनि त्यो धागो उत्पादन गर्नेलाई पनि कडा कारवाही होस्  ।
अर्का  सामाजिक संजाल प्रयोगकर्ता लेख्छन्, अनि त्यो बेलुन पड्केको हेर्ने जति सबैलाई जन्मकैद को सजाय होस् ।
अर्का एक प्रयोगकर्ताले भने बेलुन बनाउने factory  अनि बेलुनको आविष्कार गर्नेलाई पनि कारवाही होस्, य साच्चै बेलुन फुलाउने के हो त्यो pump बनाउनेलाई पनि
यी केही प्रतिनिधि प्रतिक्रिया मात्रै हुन् , अब झिलझिले पनि बालिरहेको, बेलुन पनि उडाइरहेको अवस्थामा पोखरा  घटना त भवितव्य हो, प्रहरीको प्रारम्भिक अनुशन्धानले पनि यसलाई नियोजित नदेखिएको  बताएको छ  ।
तर हावा भर्ने कमलेशले हिरासतमा बस्नु पर्याे भने अहिले हाजिरी जमानीमा उनी छुटेपनि मुद्दा अझै टुंगिएको छैन् ।   कुनै कसुर नगरेका व्यक्तिलाई अभद्र कसुरमा मुद्दा  चलाइएपछि निर्धामाथिको ज्यादती भएको कानुनका जानकारहरू  समेत बताउँछन् ।
कानुन व्यवसायी स्वागत नेपाल बेलुनमा हाइड्रोजन भर्ने व्यक्तिलाई पक्राउ गर्नु कानुनको गम्भीर दुरूपयोग रहेको तर्क गर्छन् । प्रहरीले बेलुनमा हाइड्रोजन भर्नेलाई नभएर आयोजकलाई पक्राउ गर्नुपर्ने उनको भनाइ  छ ।
‘पक्राउ गर्दा आयोजकलाई पक्राउ गर्नुपर्छ,  उनले भनेका छन्, त्यहाँका नेतृत्वकर्तालाई पक्रनुपर्छ ।  नेपालमा “अभद्र व्यवहार“ सम्बन्धी कानुनी प्रावधानहरू फौजदारी कसुर तथा फौजदारी कार्यविधि संहिता, २०७४मा व्यवस्था गरिएको छ।
अभद्र व्यवहार कसुरमा व्यक्ति, समाज वा सार्वजनिक स्थलमा अशोभनीय, हिंसात्मक वा उच्छृङ्खल गतिविधि गरेमा कारबाही हुने प्रावधान छ। अभद्र व्यवहार गर्ने व्यक्तिलाई ५,००० रुपैयाँदेखि २५,००० रुपैयाँसम्म जरिवाना हुन सक्छ।
यस्तै कसुर अनुशार ३ महिनादेखि १ वर्षसम्म कैद हुन सक्छ भने परिस्थितिअनुसार जरिवाना र कैद दुबै हुन सक्ने व्यवस्था समेत रहेको छ ।  सार्वजनिक रूपमा अरुलाई गालीगलौज, दुव्र्यवहार, अपमानजनक वा अपत्तिजनक शब्द प्रयोग गर्नु।
सोशल मिडिया, म्यासेज वा फोनमार्फत अश्लील, धम्कीपूर्ण वा हिंसात्मक शब्द प्रयोग गर्नु, अश्लील हर्कत वा अभद्र गतिविधि प्रदर्शन गर्नु, हुलदंगा, झैझगडा, सार्वजनिक शान्ति भंग गर्ने कार्य गर्नु, कसैलाई तर्साउने, धम्क्याउने वा अनावश्यक रुपमा पछ्याउने  जस्ता गतिविधि र अनावश्यक रूपमा अरूको व्यक्तिगत जीवनमा हस्तक्षेप गरे  अभ्रद व्यवहार गरेको मानिनेछ ।
Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top