फास्ट ट्रयाक र एयरपोर्टसँगै वीरगञ्ज-काठमाडौं रेलमार्ग पनि निजगढमै

१४ असोज ७५, सोमबार

काठमाडौं,असोज १४
वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग पनि निजगढ हुँदै काठमाडौं आउने भएको छ । रेल विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गलाई जितपुरबाट सिमरा एयरपोर्ट हुँदै निजगढ ल्याउन लागेको हो ।

हाल भारत सरकारले यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहेको छ । ‘पर्सावन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज काठमाडौं रेलमार्गलाई जितपुरबाट निजगढ ल्याउन लागेका हौं, फास्ट ट्रयाक आसपासबाटै त्यसको अलाइनमेन्ट बन्न सक्छ’, रेल विभागका महानिर्देशक बलराम मिश्रले भने । सो रेलमार्ग काठमाडौंको चोभारमा जोडिनेछ ।

यस अघि अर्थमन्त्री डा। युवराज खतिवडाले पनि वीरगञ्ज काठमाडौं रेलमार्ग र फास्ट ट्रयाक दुबैलाई चोभारमा जोड्ने बताएका थिए । ‘फास्ट ट्रयाकलाई चोभार जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, भविष्यमा निर्माण हुने वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले भनेका थिए ।

Advertisement

वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए ।

विभागले पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका कारण सिमरादेखि नवलपरासीको तम्सरियासम्मको रेलवे लिंकका लागि नयाँ डीपीआर बनाउने तयारी पनि थालेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top