नेपालगञ्ज, असोज १५
नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए ।
हेमकार परिवारको २०६२ फागनु २३ गते राति हत्या गरिएको थियो । हत्याको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर विसवा बजारका ६४ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
शनिबार राति ८ बजे बाँकेको जमुनहा नाका हुँदै नेपालगञ्ज प्रवेशका क्रममा सोनीलाई पक्राउ गरेको बाँके जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो ।
रासस