भारतसंग फेरि हार्यो पाकिस्तान

११ फागुन ८१, सोमबार

१२ फागुन, काठमाण्डौ ।

च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जीत हासिल गरेको छ । हिजो भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको लक्ष्य भारतले ४२ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो ।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा समेटियो ।

Advertisement

पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल यूएईमा भइरहेको छ ।

यसअघि भारतले बङ्गलादेशलाई पनि ६ विकेटले पराजित गरेको थियो । च्याम्पियन्स ट्रफीमा भारत दुई खेलमा अपराजित रहँदै ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।

पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको हो । भारत भने सेमिफाइनल नजिक पुगेको छ । यसबीच हिजो भएको खेलमा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडे ।

उनले सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय ५० इनिङमा १४ हजार ओडिआई रन बनाई कीर्तिमान बनाएका थिए ।

कोहलीले सचिनले भन्दा ६३ इनिङ कममा १४ हजार रन बनाएका हुन् । कोहली एकदिवसीय क्रिकेटमा १४ हजार रन बनाउने तेस्रो ब्याट्सम्यान बनेका छन् । कोहली अघि भारतका सचिन र श्रीलंकाका कुमार संगाकारा ओडिआई क्रिकेटमा १४ हजार रन बनाएका थिए ।

समग्रमा कोहली ओडिआई क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् । भारतका सचिन १८ हजार ४ सय २६ रनका साथ शीर्ष स्थानमा छन् । श्रीलंकाका संगाकारा १४ हजार २ सय ३४ रनको साथ दोस्रो स्थानमा छन् ।

कोहलीको नाममा ओडिआई क्रिकेटमा सर्वाधिक शतक बनाउने कीतिमान पनि छ । विराट हालसम्म ओडिआई क्रिकेटमा ५१ शतक प्रहार गरिसकेका छन् । उनले सन् २०२३ को ओडिआई विश्व कपमा सचिनको ४९ शतकको कीर्तिमान तोडेका थिए ।

पाकिस्तानविरुद्धको खेलमा कोहलीले ओडिआई क्रिकेटमा भारतका लागि फिल्डरका रुपमा सर्वाधिक क्याच लिने कीर्तिमान समेत बनाएका थिए । पाकिस्तानविरुद्धको सबै आईसीसी प्रतियोगितामा प्लेयर अफ दि म्याच अवार्ड जित्ने विराट एकमात्र खेलाडी हुन् ।

विराटले एकदिवसीय विश्वकपमा १, टी २० विश्वकपमा ३ र च्याम्पियन्स ट्रफीमा १ प्लेयर अफ दि अवार्ड जितेका छन् । उनले एसिया कपमा पाकिस्तानविरुद्ध पनि यो पुरस्कार जितेका छन् । यस्तै कप्तान रोहितले एकदिवसीयमा ओपनरको रुपमा सबैभन्दा छिटो ९ हजार रन बनाए ।

यता भारतीय टोलीले एकदिवसीयमा लगातार १२ औं पटक टस हार्यो । कुलदीप यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गरे । उनले सलमान आगालाई रवीन्द्र जडेजाको हातबाट क्याच गराएर यो उपब्धि हासिल गरे ।

कुलदीपले पाकिस्तानविरुद्ध खेलेका ६ खेलमा १५ विकेट लिएका छन् । हार्दिक पाण्ड्याले अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गरेका छन् । हार्दिक साउद शकीललाई आउट गरेर यो रेकडै आफ्नो नाममा बनाएका हुन् ।

उनले हिजो २ विकेट लिए । उनले बाबर आजमलाई पनि आउट गरे । प्रतियोगितामा आज बङ्गलादेश र न्युजिल्याण्ड खेल्दैछन् । पाकिस्तानको रावलपिन्डिमा हुने खेल दिउँसो पौने ३ बज शुरू हुनेछ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top