२१४ यात्रु सवार विमानमा बमको धम्की आएपछि

१२ फागुन, एजेन्सी ।

अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्लीका लागि उडान भरेको अमेरिकी एयरलाइन्सको विमान बमको धम्कीपछि इटालीको रोमतर्फ डाइभर्ट गरिएको छ । विमान क्यास्पियन सागरमाथि घुमाएर रोममा अवतरण गरिएको थियो ।

तर उक्त बमको धम्की पछि निराधार सावित भएको छ । विमानमा सवार १९९ यात्रु र १५ जना चालक दलका सदस्यहरूलाई क्यास्पियन सागरमाथि हुँदा ने समस्याबारे जानकारी गराइएको थियो। त्यसपछि यस्तो प्रकारको समस्याको सामना गर्नसक्ने अपेक्षाका साथ लियोनार्डो दा भिन्ची इन्टरनेशनल एयरपोर्टमा अवतरण गरिएको थियो ।

Advertisement

एयरलाइन्सले उडान २९२ सुरक्षा चिन्ताको कारण डाइभर्ट गरिएको बताएपनि थप विवरण सार्वजनिक गरेको छैन । उडान सुरक्षित रूपमा अवतरण गरेपछि विमानलाई पुन प्रस्थान गर्नको लागि निरीक्षण र खाली गराइएको थियो भने धम्की निराधार भनेर निर्धारण गरिएको थियो।

दिल्ली अवतरण हुनुभन्दा ३ घण्टा अगाडिविमान डाइभर्ट गरिएको थियो । जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान भारतको राजधानीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ आइरहेको थियो।

Advertisement

सोमबार विमान भारत जानु अघि चालक दलका लागि आवश्यक आरामको लागि उडान रातभर रोममा रहने बताइएको छ । अमेरिकी एयरलाइन्सको विमानमार्फत धेरै नेपाली यात्रुहरुले दिल्लीका लागि उडान गर्दै आएपनि यो विमानमा नेपाली यात्रुहरु भए नभएको भने खुलेको छैन ।

यसैबीच अमेरिकाबाट पनामा पठाइएका १२ भारतीय नागरिक बोकेको विमान दिल्ली आएको छ । आइतबार साँझ नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जहाजमा पनामाबाट फिर्ता ल्याइएको भारतीयहरूको पहिलो समूह रहेका थिए ।

यसअघि अमेरिकाले अवैध रूपमा अमेरिका प्रवेश गर्न खोजिरहेका करिब ३३२ जना अवैध आप्रवासीलाई तीन किस्तामा गरेर भारत ल्याएर छोडेको थियो । पनामाबाट भारतीय नागरिकहरूको एक समूह टर्किस एयरलाइन्सको उडानमा इस्तानबुल हुँदै नयाँ दिल्ली पुगेको हो ।

निर्वासित व्यक्तिहरूमध्ये चार जना पञ्जाबका, तीन जना हरियाणा र उत्तर प्रदेशका छन् । हाल एक जनाको पहिचान हुन सकेको छैन । पनामा र कोस्टारिकाले निर्वासित आप्रवासीहरूलाई स्वदेश फिर्ता गर्न मद्दत गर्न अमेरिकासँग काम गरिरहेका छन् ।

पछिल्ल्लो समय तीनवटा विमानमा २९९ जनालाई अमेरिकाले पनामामा पठाएको थियो । जहाँ नेपालीहरु समेत रहेको बताइएको छ । त्याहा होटलमा नजरबन्द जस्तो अवस्थामा राखिएका आप्रवासीहरुले होटलबाटै उद्धारको अपिल गरिरहेको साउथ मर्निङ चाइना पोष्टले जनाएको थियो ।

पनामाबाट निर्वासितहरूलाई उनीहरूको देशमा पठाउने सम्पूर्ण लागत भने अमेरिकाले वहन गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top