NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटै न्यारोबडी ग्राउन्डेड, यात्रु होटलमा

सोमवार फाल्गुन १२ , २०८१
Reading Time: 1 min read
A A
नेपाल वायुसेवा निगमको जहाजमा फेरि समस्या, दुबईमा ग्राउण्डेड/ उडान अस्तव्यस्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१२ फागुन, एजेन्सी ।

अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुइवटै ‘न्यारो बडी’ जहाज विदेशमा थन्किएका छन् । निगमसँग रहेको १ सय ५७ सिट क्षमतायुक्त दुई थान न्यारो बडी जहाजमध्ये एउटा साउदी अरबको दम्माम र अर्को चीनमा ग्राउन्डेड भएका हुन् ।

जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको जहाज आइतबार दम्माबाट काठमाडौं उड्ने क्रममा प्राविधिक समस्या देखिएपछि उतै ‘ग्राउन्डेड’ भएको हो ।

‘जहाज उड्नुअघि नियमित चेक गर्ने क्रममा नोज ल्यान्डिङ गियरमा समस्या देखिएपछि ग्राउन्डेड गरेका छौं,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘जहाज मर्मत गर्न साउदी एयरलाइन्ससँग कुराकानी भइरहेको छ ।’

त्यसैगरी नियमित मर्मत (सी–चेक) का लागि चीन गएको सोही सिरिजको अर्को जहाज आइतबार नै काठमाडौं आउने तालिका भए पनि उतै रोकिएको पौडेलले । दर्ता नम्बर ‘९एन–एकेडब्लू’ जहाजको मर्मत खर्च तोकिएको समयमा नभएपछि जहाज उड्न नपाएको उनले बताए ।

‘हाम्रो जहाज मर्मत गर्ने कम्पनी चाइना साउदर्न एयरलाइन्सलाई मर्मत शुल्क भुक्तानीमा केही समय लागेकाले जहाज आउन पाएन,’ प्रवक्ता पौडेलले भने, ‘सम्भवतः अब दुवै जहाज आज सोमबारसम्म काठमाडौं आइपुग्ने छन् ।’

दुइटै न्यारो बडीको उडान रोकिँदा साउदीबाट आउन लागेका यात्रु र काठमाडौंबाट यूएईको दुबई जानुपर्ने उडान रोकिएको पौडेलले बताए । उनका अनुसार साउदीमा रोकिएका केही यात्रुलाई स्थानीय होटलमा बास बस्ने व्यवस्था मिलाइएको छ भने केहीलाई अन्य एयरलाइन्सका टिकट काटेर काठमाडौं ल्याउने व्यवस्था भइरहेको छ ।

‘आइतबार र सोमबार दुबई जानुपर्ने यात्रुलाई भने सोमबार वाइड बडी जहाजबाट एउटै उडान मार्फत पठाउँछौं,’ उनले भने, ‘सकेसम्म व्यवस्थापन गरिरहेका छौं । अन्य गन्तव्यका उडानमा भने प्रभाव परेको छैन ।’

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न दुइटा न्यारो बडी र २ सय ७४ सिट क्षमतायुक्त दुई थान वाइड बडी गरी चार थान जहाज छन् । नियमित मर्मत अभावमा निगमका जहाज ग्राउन्डेड भइरहने पुरानै रोग हो ।

अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ । यता तुम्लिङटार, दाङ, रेसुंगा, रुकुम पश्चिमलगायत दुर्गमका जनतालाई सेवा दिने गरी आन्तरिक उडान गर्दै आएका निगमका दुईवटै ट्विनअटर जहाज पनि ग्राउन्डेड छन् ।

जसकारण आन्तरिक उडान ठप्प छ । समयमै इन्जिन व्यवस्थापन गर्न नसक्दा ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड भएर बसेका छन् । इन्जिन फेरेर दुवै जहाजलाई नियमित उडानमा फर्काउन निगम व्यवस्थापनले पनि चासो दिएको छैन ।

Tags: # न्यारोबडी ग्राउन्डेड#नेपाल वायुसेवा निगम#साउदी र चीनमा थन्कियो न्यारोबडी

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.