NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ शुक्रबार भदौ ६ , २०८२
भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग शुक्रबार भदौ ६ , २०८२
पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी शुक्रबार भदौ ६ , २०८२
ओलीले विश्वासको मत लिनुपर्छ कि पर्दैन? फैसलाहुँदै शुक्रबार भदौ ६ , २०८२
Next
Prev

समाचार

नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त

बुधबार फाल्गुन १४ , २०८१
Reading Time: 1 min read
A A
नेपाल र म्यानमारबीच आज उपाधि भिडन्त
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ फागुन, काठमाण्डौ ।

नेपाल र म्यान्मारको राष्ट्रिय महिला टोलीबीच आज साँझ हुने चारदेशीय अन्तर्राष्ट्रिय फुटबलको फाइनल दर्शकका लागि व्यग्र प्रतिक्षाको विषय बनेको छ । घरेलु मैदानमा जारी च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र म्यानमार मैदानमा उत्रिदैछन् ।

यो खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । तुलनात्मकरुपमा म्यानमार बलियो टोली हो । उ वरीयतामा नेपालभन्दा ४८ स्थान माथि रहेको छ । यद्यपि आज म्यान्मारलाई पराजित गर्दै नेपाल इतिहास रच्ने दाउमा रहेको छ ।

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेले पनि जित्न सकेको छैन । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो । यो प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले दुई गोलको बराबरी खेलेका थिए ।

प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र कीर्गिस्तान सहभागी थिए । लिगमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल खेल्न लागेका हुन् । नेपाली महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका कमजोरी सुधार गर्दै आजको खेलमा टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा भिड्न लागेका हुन् । लिग चरणमा म्यानमारले लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले हराएको थियो । नेपालले भने यी दुई प्रतिद्वन्द्वीविरुद्ध समान १–० को जित निकालेको हो ।

नेपाल र म्यानमारबीचको खेल भने २–२ को बराबरीमा रोकिए पनि म्यानमार शीर्ष स्थानमा रहन सफल रह्यो । नेपाल भने गोल संख्याको आधारमा दोस्रो स्थानमा रह्यो । नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलमा पाँचौंपल्ट भिड्न लागेका हुन् ।

सन् २०१८ मा एसियन ओलम्पिक छनोटअन्तर्गत पहिलो लेगमा यी दुई टोली भिडेका थिए । उक्त खेलमा सावित्रा भण्डारीले तेस्रो मिनेटमै गोल गरे पनि नेपालले उक्त अग्रता जोगाउन नसक्दा १–१ को बराबरीमा चित्त बुझाउनुपरेको थियो ।

त्यसकै अर्को वर्ष नेपालले दोस्रो लेग खेलेको थियो । तर, उक्त खेलमा भने म्यानमारले ३–१ को सानदार जित हासिल ग¥यो । उक्त खेलमा भने निरु थापाले एक मात्रै गोल गरेकी थिइन् । लगत्तै भारतमा भएको नादेज्दा कपमा पनि यी दुई टोली आमुन्नेसामुन्ने भएका थिए ।

तर, उक्त खेलमा म्यानमारले ३–० को एकपक्षीय जित हासिल ग¥यो । त्यसयता नेपाल र म्यानमारको भेट दशरथ रंगशालामै भएको हो । कप्तान अञ्जिला तुम्बापो सुब्बा अहिलेसम्म सबैले राम्रो खेलेका कारण उपाधि जित्न नै फाइनलमा फाइट गर्ने बताउँछिन्।

‘सबैले राम्रो खेल्नुभएको छ, आआफ्नो जिम्मेवारी बुझ्नु भएको छ । अहिलेसम्म सिल्भर मेडलमा छौं। अब गोल्डका लागि फाइट गर्नेछौं,’ उनले भनिन् । यसबीच नेपालले जित्नैपर्ने दबाबबीच खेल्दै छ भने म्यानमारलाई राम्रो खेले पुग्नेछ ।

फाइनलको अघिल्लो दिन प्रिम्याच कन्फ्रेन्समा यसको स्पष्ट झल्को देखियो । प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको सुरुदेखि भन्दै आएका छन्, नेपाली फुटबललाई चाहिएको भनेकै जित हो । नेपाली महिला फुटबलले अहिलेसम्म १२ पल्ट फरक–फरक प्रतियोगिताको फाइनल खेलिसकेको छ ।

तर, सबैमा एउट नतिजा छ, उपविजेता । नेपाली महिला टिमले लगभग चार दशक जति लामो अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा एउटै पनि उपाधि जित्न सकेको छैन । एउटा मानकका रूपमा ‘जिंक’ स्थापित भएको छ ।

यसले भन्छ, नेपाल महिला फुटबलको फाइनल त पुग्छ, तर निर्णायक लक्ष्य आत्मसात् गर्न असफल हुने गर्छ । त्यसैले नेपाली महिला राष्ट्रिय टिममाथि दबाब नै छ, कुनै न कुनै बेला उपाधि जितेर देखाउनुपर्ने ।

यही दबाबको चाङमा परेर नेपालले उपाधि जित्ने लक्ष्यबाहेक अरू केही देख्नै सकेको छैन । हामी म्यानमारको सामना गर्न तयार छौं ।’ प्रशिक्षक तामाङ भन्छन्, ‘हामीलाई घरेलु मैदानमा फेरि एक पटक मौका आएको छ ।

यसपालि यसमा चुक्नुहुन्न । म्यानमार बलियो टिम हो । त्यही टिमलाई जित्न सक्छौं भन्ने हाम्रो विश्वास छ ।’ यस्तोमा प्रस्ट छ, एक किसिमले नेपाली टिमले आफैंले आफैंलाई दबाबमा राखेको छ । नेपाली फुटबलले के बुझ्न आवश्यक छ भने यो फोर नेसन्स कप आफैंमा कुनै आधिकारिक प्रतियोगिता होइन ।

नेपाली महिला फुटबलको दृष्टिकोणले यो प्रतियोगिता अहिले नै धेरै सफल साबित भएको छ । यसले प्रमाणित गरिसकेको छ, अन्तर्राष्ट्रिय महिला फुटबलमा प्रचुर सम्भावना छ । यसमा लगानीमात्र गर्न सक्नुपर्छ, ठूला उपलब्धिहरू धेरै टाढा छैन  अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा उपाधि जित्नुको अर्थ नेपाली महिला टोली कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोट हुने होइन ।

यो फिफाको क्यालेन्डरमा खेलिएको खेल हो, जसको नतिजाले राष्ट्रको वरीयता सुधार्न सहयोग गर्ने छ ।जारी प्रतियोगिताको खास उद्देश्य आगामी जुनमा हुने एशियन कप छनोट, महिला विश्वकपको प्रारम्भिक छनोट र ओलिम्पिकको पनि प्रारम्भिक छनोटको तयारी हो ।

यद्यपि नेपालको लागि भने यो मैत्रीपूर्ण खेलमा मात्रै सीमित देखिँदैन । यो प्रतिष्ठाको लडाइँ नै बनेको देखिएको छ । किनकि नेपाल घरेलु भूमिमा उपाधि जित्न चाहन्छ । महिला फुटबल टोलीले अझैसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन ।

बाह्र पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर पनि रजत पदकमा सीमित हुनुपरेको पीडा उसलाई बिर्साउनु छ र नयाँ इतिहास कोर्नुछ ।

Tags: #नेपाल र म्यानमार

लोकप्रीय

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

विचार

थप समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ
ताजा समाचार

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?
अन्तर्राष्ट्रिय

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग
अपराध

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
सिन्धुपाल्चोक भूकम्प : कहाँ–कहाँ भयो क्षति ? २३ परकम्प
अन्तर्राष्ट्रिय

पूरा अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी

शुक्रबार भदौ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

World News: भारतले ९७ लडाकु विमान किन्दै, लिपुलेकबाट चीनसंग फेरि व्यापार शुरु गर्ने || Nepal Times

00:20:36

World News: चिनियाँ विदेशमन्त्री भारतमा, मुम्बई डुब्यो, बोलिभियामा ढल्यो समाजवादी किल्ला||NepalTimes

00:14:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

अदालतको आदेश विरुद्ध उत्रिएका मनिषलाई झ्यानाकुल्टुङ गर्दै पक्राउ

बुधबार भदौ ४ , २०८२

हालका पोस्टहरू

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

रास्वपाका नेता नै नक्कली प्रमाण पत्र बनाएको अभियोगमा पक्राउ

शुक्रबार भदौ ६ , २०८२
नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.