बालुवाटारमा ‘केपी बा’,आफ्नै गुणगान सुन्दै ओली मख्ख

१३ फागुन ८१, बुधबार

१४ फागुन, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यसैकारण प्रधानमन्त्री ओली कहिले बाँसुरी बजाउँछन् त कहिले सारङी र तबला । विगतमा पनि ओली प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहने गर्दथे ।

२०७६ माघमा बालुवाटारमा नै नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो । जहाँ ओलीले बाँसुरी बजाएका थिए भने तत्कालीन अवस्थामा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि सारङी रेटेका थिए ।

कार्यक्रममा ओलीले समेत सारङी रेटेका थिए ।प्रधानमन्त्रीको संगीतप्रतिको मोह यहाँमात्रै झल्किदैन् । उनी सार्वजनिक समारोहहरुमा गीत गुन्गुनाउँदै विपक्षीमाथि उखान टुक्का प्रहार गर्छन् भने नेता कार्यकर्तामा उत्प्रेरणा जगाउने गर्दछन् ।

Advertisement

कविता, कथासहित गीतका शब्द रचना समेत गरिसकेका ओलीले अहिले पानी बराबारको अवस्थामा रहेका काठमाडौं महानगरमा मेयर बालेन्द्र शाह बालेनलाई तबला समेत उपहार दिएका थिए । संगीतप्रति विशेष झुकाव राख्ने प्रधानमन्त्री अहिले आफ्नै नामको बोलको र्याप गीत सुन्दै मख्ख परिरहेको एक भिडिओ सार्वजनिक भएपछि थप चर्चामा छन् ।

बालुवाटारमा केपी बा बोलको र्याप गाउने गायक भने अश्रान्त पहारी हुन् । उनी एमाले नेता राजीव पहारीका छोरा हुन् । उनले केपी ओली कपको उद्घाटन समारोहमा पनि गीत गायकमा थिए । मुखैबाट संगीतको आवाज निकाल्दै विभिन्न ताल, धुन, र बीट तयार गरेर पहारीले प्रधानमन्त्रीलाई उनकै नामको बोलको गीत सुनाएका छन् ।

मुखैबाट संगीतको आवाज निकाल्दै विभिन्न ताल, धुन, र बीट तयार गरेर गीत तयार गर्ने कलालाई “बीट बक्सिङ“ भनिन्छ। बीटबक्सिङमा कलाकारले कुनै पनि वाद्ययन्त्रको प्रयोग नगरी केवल आफ्नो मुख, जिब्रो, ओठ, घाँटी, र स्वासको नियन्त्रणबाट ताल तथा ध्वनि उत्पन्न गर्छन्।

यो विशेषगरी हिप–हप संगीत मा यो लोकप्रिय छ । प्रधानमन्त्री ओलीको संगितप्रतिको मोह २०७९को निर्वाचन ताका पनि देखिएको थियो । निर्वाचन अघि कात्तिकमा ठमेलको एलओडी नाइट क्लबबाट उनले आफ्नै नामको ¥याप गीत सार्वजनिक गरेका थिए ।

चुनाव प्रचारका लागि तयार पारिएको ‘केपी बा’ बोलको ¥याप गीतमा ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । अहिले प्रधानमन्त्री आफ्नै नामको गीत सुन्दै मख्ख परिरहेको भिडिओ बाहिरिएपछि यसमा सामाजिक संजालमा फरक फरक टिप्पणीहरु भइरहेका छन् ।

गायक पहारीको अदभुत क्षमता भन्दै प्रशंसा भइरहेको छ भने प्रधानमन्त्रीमाथि प्रश्नहरु सोधिएका छन् । उनीमाथि संगीतकै साधक रहेका काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङसँगको सम्बन्धलाई लिएर प्रश्न सोधिएको छ ।

आफैले तबला उपहार दिएका बालेनसँग ओलीको अहिले पानी बाराबारको सम्बन्ध छ भने जनप्रतिनिधिमा रुपमा धरानको खानेपानीको समस्या सुनाउन रित्तो गाग्री बोकेर काठमाडौं पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई ओलीले भेट दिएनन् ।

जनताको समस्या बोकेर प्रधानमन्त्रीलाई भेट्न खोज्दा पनि समय नपाएको भन्दै हर्क प्रधानमन्त्रीलाई नै लोकतन्त्रको परिभाषा थाहा नभएको आक्षेप लगाउँदै धरान फर्किए । प्रधानमन्त्रीमाथि संसदलाई समय नदिएको तर बालुवाटारमा टिकटर्सहरुसँग गफिने समय रहेको भन्दै संसदमै कटाक्ष हुने गरेको छ ।

यस्तो अवस्थामा आफ्नै गुणगानसहितको र्याप गीत सुन्दै गरेको प्रधानमन्त्रीको भिडिओ बाहिरिएपछि प्रतिपक्षीहरुलाई भने आलोचनाका लागि नयाँ मसला मिलेको छ । प्रधानमन्त्री देशको कार्यकारी अधिकार बोकेका साझा ब्यक्ति हुन् ।

उनीसँग आवश्यक प्रोटोकल पूरा गरेर हरेक नागरिकले भेट्न, आफ्ना समस्या सुनाउन पाउनु पर्छ । यसमा स्वयम प्रधानमन्त्रीले पनि बालुवाटारमा बोलाएर भेट गरेका ब्यक्तिहरुलाई उनले भेट्नै नहुने पक्कै होइन ।

तर यी भेटहरु प्रधानमन्त्रीको प्राथमितामा परेपछि प्रधानमन्त्री फुर्सदिलो भएको टिप्पणी चाँही भइरहेका छन् । देशको कार्यकारी प्रधानमन्त्रीको प्रत्येक मिनेट देशको भविष्य र योजनाका लागि महत्वपूर्ण हुन्छन् ।कुनै पनि देशको कार्यकारी प्रधानमन्त्री आफ्नो कार्यकालमा अत्यन्तै व्यस्त रहन्छन्।

उनीहरूको समय प्रायः राष्ट्रिय सुरक्षा, आर्थिक नीति, कूटनीति, सामाजिक विकास, कानुनी व्यवस्था र जनताको हितमा केन्द्रित हुन्छ । तर, जब प्रधानमन्त्रीले महत्वपूर्ण नीतिगत कामलाई प्राथमिकता दिनुको साटो उद्घाटन, भ्रमण, भेटवार्ता र मनोरञ्जनमा धेरै समय बिताउँछन् भने आलोचना हुनु स्वभाविक हुने गर्दछ ।

प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका कुनै पनि व्यक्तिले समय व्यवस्थापन र कार्ययोजनामा विषयवस्तुको प्राथमिकता सही ढंगले गर्नुपर्छ ताकि जनताका समस्या समाधान गर्दै उनीहरूले समग्र देशको हितमा ठोस निर्णय गर्न सकून् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top