×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

बालेनलाई असफल बनाउने प्रयास ?सरकारले दिएन प्रशासकीय अधिकृत

१६ फाल्गुन २०८१

१४ फागुन, काठमाण्डौ ।

सरकारले एकैचोटि ७८ सहसचिवको सरुवा गरेको छ । एकै पटक ठूलो संख्यामा सहसचिवहरुको सरुवा गर्दा पनि काठमाडौं महानगरले भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पाउन सकेन । १२ फागुनमा बसेको मन्त्रिपरिषद्ले सरुवा गरेको सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो ।

Advertisement
Advertisement

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेपछि करिब २ महिनादेखि काठमाडौंले नयाँ प्रशासनिक प्रमुख पाउन सकेको छैन । काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन मेयर बालेन्द्र साह बालेनले सरकारलाई पत्र पठाएको झन्डै दुई महिना भइसकेको छ ।

तर अहिलेसम्म सरकारले पठाउन सकेको छैन। यो विषयमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि पटक पटक प्रतिनिधिसभा बैठकमा उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले केपी ओली नेतृत्वको सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाएर काठमाडौं महानगरपालिकालाई बन्धक बनाएको बताएका थिए ।

आकस्मिक समयमा उनले सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सरसफाइकर्मी, शिक्षक र कर्मचारीले पारिश्रमिक पाउन नसकेको बताएका थिए । उनले नयाँ आएका नगर प्रमुखलाई असहयोग गर्न प्रमुख प्रशासकीय अधिकृत नपठाउनुभन्दा आगामी स्थानीय तहको निर्वाचनमा निर्वाचन नगरी आफ्ना कार्यकर्तालाई अबिर जात्रा गरी नगर प्रमुखको रूपमा पदभार ग्रहण गर्ने व्यवस्था गर्न उनले चुनौती दिएका थिए ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि पनि विभागीय मन्त्री राजकुमार गुप्ताले एकहप्ताभित्र काठमाडौंमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका थिए ।

तर, मन्त्रिपरिषद्को निर्णयपछि पनि काठमाडौं महानगरपालिकाले प्रशासकीय अधिकृत पाउन सकेन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहसचिव सरोज गुरागाईं बिदामा राखेपछि करिब २ महिनादेखि महागनर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।

भदौ २७ गते काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत बनेका उनी पुस पहिलो साता कारबाहीमा परेपछि महानगरको प्रशासनिक संयन्त्र नेतृत्वविहीन छ । काठमाडौं भ्युटावर नक्सा पासमा अनियमितता देखिएको भन्दै गुरागाईंलाई छानबिनका लागि बिदा दिएर महानगरका वरिष्ठ अधिकारी गोविन्दप्रसाद शर्मालाई निमित्तको जिम्मेवारी दिइएको थियो ।

तर, उनले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ। शर्माले पनि राजीनामा दिएपछि महानगर मेयरले २४ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन पत्र लेखेका थिए ।

काठमाडौं महानगरपालिकामा मेयर बालेन शाह आइसकेयता ४ जना प्रमुख प्रशासकीय अधिकृतले काम गरिसकेका छन् । मेयर शाहको यो साढे २ वर्षको कार्यकालमा सुरुमा लोकनाथ पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए ।

त्यसपछि वसन्त अधिकारी, प्रदीप परियार र सरोज गुरागाईंले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । सामान्य प्रशासन मन्त्रालय स्रोतले भने नयाँ प्रमुख प्रशासकीय अधिकृतहरु त्यहाँ जान रुचि नदेखाउने बताएको छ ।

सामान्य प्रशासन मन्त्रालयले निकालेको सूचीअनुसार १७ जना सहसचिव गृहमन्त्रालय सरुवा भएका छन् । मन्त्रालयमा यसअघि ५ जना सहसचिव जिम्मेवारविहीन रहेकै अवस्थामा फेरि १७ जना थपिएका हुन् ।

मन्त्रालयले ७८ जना सहसचिव कर्मचारी सरुवा गर्दा जितपुर उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, हेटौंडा उपमहानरपालिका र जनकपुर महानगरपालिकाको प्रमुख अधिकृत फेरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका मेयर बालेन्द्र शाह बालेनबीचको कटुताको असर प्रशासकीय अधिकृत पठाउने विषयमा समेत देखिएको हुन् सक्ने विश्लेषकहरु बताउँछन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top