NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

जेलेन्स्कीको अपमानपछि ट्रम्पले सैन्य सहयोग पनि रोके

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
जेलेन्स्कीलाई ब्लाकमेल गर्न ट्रम्प सफल, दुर्लभ खनिजमा सम्झौता
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२० फागुन , एजेन्सी ।

आफूले रुस–युक्रेनयुद्ध जतिसक्दो चाँडो अन्त्य गराउँछु भन्ने दाबी गर्ने गरेका डोनाल्ड ट्रम्प विश्वकै अपेक्षा विपरित अहिले सोही युद्धको सबैभन्दा पीडित मानिएको एक पक्ष युक्रेनका राष्ट्रपतिसंगै फायर भएका छन् ।

यो युद्ध अन्त्य गराउनका लागि पुटिनलाई मनाउनेदेखि जलेन्स्कीलाई दबाब दिने उनको रणनीति छ । जसमा पुटिनतर्फ उनी केही सफल पनि भएका छन् भने जेलेन्स्कीका मामिलामा ट्रम्प उल्टै आगो भएका छन् ।

युक्रेनको बहुमूल्य खनिजमा आफ्नो हिस्सा लिने, रुसले कब्जा गरेको जमीन युक्रेनलाई बिर्सिन लगाउने अनि युद्ध अन्त्य गराएर त्यसको श्रेय लिने ताकमा रहेका ट्रम्पलाई आफ्नो रणनीति लागू गराउन अझै केही समय लाग्ने देखिएको छ ।

आफ्नै अफिसमा खनिज सम्झौताका लागि आएका जेलेन्स्कीलाई भड्काएर पठाएपछि ट्रम्पले अब आफ्नो अर्को पासा फ्यालेका छन् । उनले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छन् ।

यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लुमबर्गले लेखेको हो । ब्लुमबर्गको रिपोर्टमा भनिएको छ, ‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ।’

यस विषयमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन् । ब्लुमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामान पनि पर्छन् ।

गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहस भएको थियो । सोमबार मात्रै ट्रम्पले भोलि ठूलो रात हुने भन्दै घोषणा गरेका थिए । यता ह्वाइट हाउसबाट निस्किए लगत्तै जेलेन्स्की शनिबार बेलायतको लन्डन पुगेका थिए ।

जहाँ आइतबार युरोपेली देशका नेताहरूको बैठक भयो । त्यसपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको दाबी पनि गरेका थिए । सोहीक्रममा उनले अमेरिकासंग खनिज सम्झौता फेरि पनि हुनसक्ने र ट्रम्पसंगको सम्बन्ध पनि सुधार हुनसक्ने बताएका थिए भने अर्कातिर यो युद्ध अन्त्य निकै टाढा रहेको घोषणा गरेका थिए ।

जसले ट्रम्पलाई झनै उग्र बनायो । जेलेन्स्कीको सोही बयानको बदलामा ट्रम्पले उसलाई दिनका लागि अमेरिकाबाट हिडिसकेको र युक्रेन नजिकै पुग्न लागेको सैन्य सहायतालाई रोकिएका हुन् । यसमा ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायताको समीक्षा गरिने बताएका छन् ।

समीक्षा गर्नकै लागि तत्काल सैन्य सहायतामा रोक लगाइएको उनको भनाइ थियो । युक्रेन–रुस युद्ध सुरु भएपछि युक्रेनलाई हतियार उपलब्ध गराउने अमेरिका मुख्य राष्ट्र हो । ह्वाइट हाउसका अधिकारीले भने, ‘समस्या समाधानमा मद्दत मिलोस् भनेर नै हामीले सैन्य सहायता रोकेर समीक्षा गर्न लागेका छौँ ।’

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्प एकमात्र यस्तो नेता हुन्, जसले युक्रेनमा युद्धलाई स्थायी रुपमा अन्त्य गर्न सक्ने बताएका छन् । उनले भने, ‘हामी रुसलाई वार्ताको टेबलमा ल्याउन चाहन्छौँ । शान्ति सम्भव छ कि छैन भनेर हामी पत्ता लगाउन चाहन्छौँ ।’

सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको विद्रोही व्यवहारलाई धेरै समय सहन नसक्ने चेतावनी दिएका थिए । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘रुसका साथ युद्धविराम सम्झौताविना जेलेन्स्की लामो समय सत्तामा टिक्न सक्दैनन् ।’

युक्रेनलाई अमेरिकी सैन्य सहायता तीन माध्यमबाट प्राप्त हुँदै आएको छ । पहिलोमा अमेरिकी राष्ट्रपतिबाट सोझै दिइने रकम । दोस्रोमा अमेरिकी विदेश मन्त्रालयको ‘फरेन मिलिट्री फाइनेन्सिङ’का माध्यमबाट दिइने सहयोग र तेस्रोमा ‘युक्रेन सिक्योरिटी असिस्टेन्ट इनिशिएटिभ’का माध्यमबाट दिइने सहयोग ।

Tags: #अमेरिकाले युक्रेनलाई तड्पाउने#जेलेन्स्कीको अपमान#ट्रम्पले सैन्य सहयोग पनि रोके#रुस–युक्रेनयुद्ध

लोकप्रीय

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

हालका पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.