२० फागुन ,एजेन्सी ।
अमेरिकाको तमाम प्रयासहरुका बावजुद इरानले आफ्नो शक्ति बढाइरहेको छ । पछिल्ला वर्षहरुमा अमेरिका र इजरायल मिलेर इरानका सहयोगी समूहहरु हमास, हिजबुल्लादेखि हुथीसम्मको ढाड भाँचिदिएका छन् ।
यसको बावजुद इरानको इस्लामिक रिभोल्यूशनरी गार्ड कप्र्स (आईआरजीसी) अमेरिकाविरुद्ध आफ्नो शक्ति बढाउन लागि परेको छ । आईआरजीसीको भनाइ छ कि उसको नयाँ बम्बर ड्रोन रनवेबाट टेकअफ र क्यारियर प्लेटफार्मबाट उडान टेस्टिंग गरिरहेको छ।
ईरानलाई विश्वास छ कि छिटै नै यो ड्रोन संचालनमा आउने छ । आईआरजीसीसंग जोडिएको तस्नीम वेबसाइटका अनुसार आईआरजीसी नेवी कमाण्डर अलीरेजा तन्गसिरीले भने, ‘जास ३१३ ले आफ्नो हाई स्पीड र उन्नत विशेषताहरुका साथ आफ्नो मिशनहरुलाई प्रभावकारी ढंगले पुरा गर्नेछ ।
यसमा टर्बोफ्यान इन्जीन लागेको छ । उनले भने, यो ड्रोनले एक घण्टासम्म उडान भर्न सक्छ र यसलाई फेब्रुअरी शुरुवातमा ड्रोन क्यारियर जहाज शाहिद बघेरीमा सफलतापूर्वक टेस्ट गरिएको थियो ।
गत साता अमेरिकी ट्रेजरी विभागले हङकङ र चीनको ६ संस्थाहरुमा प्रतिबंध लगाएको थियो जसले ईरानले बनाइरहेको ड्रोनका लागि आवश्यक उपकरणहरुको खरिदमा सहयोग गरिरहेका थिए ।
नयाँ प्रतिबन्धमा परेका ती संस्थाहरु ईरानको ड्रोन प्रोग्रामका लागि पश्चिमी प्रविधिहरुको करोडौं डलरको खरीदका लागि सहयोग गरिरहेका थिए । अमेरिकाका तर्फबाट यो ईरानमाथि ‘अधिकतम दबाव’ बढाउने अभियानकै एक हिस्सा थियो ।
तर अमेरिकी दबावको बावजूद ईरान ड्रोन बनाउनमा सफल रह्यो । तंगसिरीले भनेका छन् कि जास–३१३ ड्रोनलाई दोहोरो भूमिकाहरुका लागि डिजाइन गरिएको छ । टोही अभियानहरुका साथै यसले सटीक हमला गर्न पनि सक्छ ।
ईरानले आफ्ना ड्रोन फ्लिटहरु पनि लगातार विस्तार गरिरहेको छ । ईरानी अधिकारीहरुको भनाइ छ कि ड्रोन डेभलपमेन्ट देशको रक्षा रणनीतिको एक महत्वपूर्ण स्तंभ हो, तर ईरानको बढ्दो ड्रोन क्षमताबाट पश्चिमी देशहरुको चिन्ता बढेको छ ।
यसलाई मिडिल ईस्टको स्थिरताका लागि खतरा पनि मानिएको छ । जास ३१३ को नाम ईरानको काहेर ३१३ फाइटर जेट प्रोजेक्टसंग मिल्दोजुल्दो छ ।
ईरान इंटरनेशनलको रिपोर्टका अनुसार ईरानी स्रोतहरुले भनेका छन् कि यो एक अलग प्रोग्राम हो, जसको उद्देश्य नौसैनिक विमानलाई बलियो बनाउनु रहेको छ ।
पश्चिमी शक्तिहरु ईरानलाई ड्रोन र मिसाइल दिइरहेको रुसमाथि आरोप लगाइरहेका छन् । जसको प्रयोग यूक्रेनमा हमलाका लागि गरिएको थियो ।
यसैकारण यो ड्रोन डेभलपमेन्टले अमेरिका र पश्चिमी देशहरुको चिन्ता बढ्ने कारण बनेको छ । इरानी हतियार विकासले चिन्तित रहेको अमेरिका यता हतियारकै लागि अफगानिस्तानसंग पनि नयाँ तनावमा भिडेको छ ।
डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाका तर्फबाट छाडिएका हतियारहरु फिर्ता गर्न दबाव बढाएका छन । उनले भनेका छन् कि तालिबानले अमेरिकाको १०० मिलियन डलरका हतियारहरु फिर्ता गरोस् नत्र त्यसको अंजाम भोग्नका लागि तयार बसोस् ।
ट्रम्पको धम्कीको जवाफमा यता तालिबानले पनि कडा चुनौती दिएको छ । उसले भनेको छ कि अमेरिकाले अफगानिस्तानमा छाडिएका हतियारहरु फिर्ता मागिरहेको छ यसको बदलामा हामी उसंग २० वर्ष युद्धमा फसाइएकोमा मुआब्जा मागिरहेका छौं ।
अफगानिस्तानको भनाइ छ कि सन २००१ देखि २०२१ सम्म अमेरिकाले अफगानिस्तानमा लगातार युद्ध गराइरह्यो । जसका कारण अफगानिस्तानलाई मानवीय आर्थिक सामाजिक र पर्यावरणीय स्तरमा निकै धेरै हानी पुगेको छ ।
यदी अमेरिका हतियारहरु फिर्ता चाहान्छ भने उसले पनि ती २० वर्षहरुमा भएका युद्धको मुआब्जा दिनुपर्छ । यहाँ रोचक के छ भने तालिबानका समर्थकहरुले पनि सोशल मीडियामा यसका लागि बकैदा एक लिस्ट पनि जारी गरेका छन्, जसमा मुआब्जाको पुरा हिसाब–किताब गरिएको छ ।
जस्तो कि २० वर्षको युद्धको क्रममा ७० हजारभन्दा धेरै नागरिकहरुको र ८० हजारभन्दा धेरै अफगान सैनिकहरुको ज्यान गएको छ । अमेरिकी नेतृत्व रहेको बमबारी र युद्धहरुका कारण ५ लाख भन्दा धेरै मानिसहरु स्थाई रूपले विकलांग वा अपांग भएका छन् ।
प्रति नागरिक जीवनको क्षतिमा एक मिलियन डलरका दरले अमेरिकामाथि ७० बिलियन डलरभन्दा धेरै बक्यौता रहेको छ । कुल अनुमानित मानव मुआब्जा बक्यौता ३२० बिलियन डलरभन्दा धेरै हुने उनहरुले हिसाब निकालेका छन् ।
यसै प्रकार प्राकृतिक स्रोतहरु, खनिजहरुको चोरी र पर्यावरण विनाशको बिल पनि तालिबानले तैयार पारेको छ । अमेरिका र उसका सहयोगीहरुले अफगानिस्तानबाट लिथियमसहित रेयर अर्थ मिनरल निकालेर लगे, जसको मूल्य ३ ट्रिलियन डलर थियो ।
युद्ध गतिविधीहरुले लाखौं हेक्टर वन नष्ट भएका छन । यसका लागि पनि कयौं बिलियन डलरको माग तालिबानका तर्फबाट गरिएको छ । यसको अलावा युद्धका क्रममा सिंगो अफगानिस्तानलाई तहस–नहस बनाइयो ।
यहाँका आधारभूत पूर्वाधारहरु पुननिर्माणका लागि साढे तीन सय बिलियन डलर भन्दा धेरैको माग उनीहरुले गरेका छन् । यदी अमेरिकाले अफगानिस्तानका यी मागहरु पुरा गर्ने हो भने त अमेरिका नै कंगाल हुनसक्छ ।
यस्तोमा अफगानिस्तानी तालिबानले स्पष्ट भनेको छ कि अमेरिकाले ती हतियार बिर्सिनु । नत्र हिम्मत छ भने काबुलमा लिन आउनु । वा २० वर्षको युद्धको हिसाब दिनु अनि हतियार लैजानु । यूक्रेनका राष्ट्रपतिको जवाफले रन्थनिएको अमेरिका अब तालिबानको यो चुनौतीले झनै आगो भएको छ ।