ट्रम्पले रोकेको हतियार युक्रेनका लागि कति थिए निर्णायक ?

२० फागुन , विराटनगर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट नराम्रो गरी चिढिएको छ । यसै त पहिलादेखि नै जेलेन्स्कीलाई तथानाम भन्दै आएका ट्रम्प शुक्रबारको भनाभनपछि उग्र भएका छन् ।

ह्वाइट हाउसको चर्काचर्की कम थिएन, लण्डनमा पुगेर जेलेन्स्कीले यो युद्ध सित्तिमित्ति अन्त्य नहुने बयान जारी गरेपछि अब ट्रम्प जेलेन्स्कीलाई जसरी भएपछि गलाएरै छाड्ने मुडमा छन् ।

Advertisement

एकातर्फ अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागिरहेका छन् भने अर्कातिर ट्रम्प र उनको प्रशासनले आफ्नो कुरा नमानेपछि जेलेन्स्कीलाई लिएर ठूलै योजना बनाएको छ । यसबीच अमेरिकाले युक्रेन पुग्नै लागेको सैन्य सहायता राकिदिएको छ ।

यसो गरेर उसले युक्रेनका लागि रुससंग शान्ति सम्झौता गर्न बाध्यात्मक स्थिति सिर्जना गर्न लागेको हो । किनभने अमेरिकी सैन्य सहायता युक्रेनका लागि सबैभन्दा निर्णायक कुरा हो।

जसको बलमा उसले हिजोसम्म युद्ध झेलिरहेको थियो, अब सोही नहुँदा आत्मसमर्पण गर्नुपर्ने अवस्थामा पुग्नसक्छ । अमेरिकी सरकारको एक प्रेस रिलीज अनुसार २० जनवरी २०२५ अर्थात ट्रम्पले राष्ट्रपति पदको शपथ लिने दिनसम्म अमेरिकाले युक्रेनलाई करीब ६.९ अर्ब डलरको सैन्य सहायता दिइसकेको छ ।

यो बयानका अनुसार अमेरकाले अगस्ट २०२१ देखि लिएर जनवरी २०२५ सम्म राष्ट्रपतिका तर्फबाट दिइने फण्डलाई युक्रेनका लागि सैन्य सहायताका रुपमा ५५ पटक प्रयोग गरेको छ । यो राशि करीब २७.६८८ अर्ब डलर छ ।

उता एफएमएफका माध्यमबाट युक्रेनलाई ४.६५ अर्ब डलरको सहयोग दिइएको थियो । अमेरिकाले युक्रेनलाई अहिलेसम्म जुन हतियार दिएको थियो, त्यसमा हक एयर डिफेन्स सर्भिसेज, ४० हाई मोबिलिटी रकेट सिस्टम्स (हिमार्स), दुईसय १५५ एमएम होवित्जर, सत्तरी १०५ एमएम होवित्जर, ३१ अरबाम ट्याँक, ४५ टी–७२ बी ट्याँक, २० एमआई हेलीकप्टर, २ हार्पून कोस्टल डिफेन्स सिस्टम र एंटी शिप मिसाइलहरु प्रमुख थिए ।

अमेरिकाले यसको अलावा इलेक्ट्रिक उपकरण, चिकित्सकीय सरसामान, केमिकल, बायोलोजिकल, रेडियोलोजिकल, न्यूक्लियर प्रोटेक्टिभ इक्विपमेन्ट, जाडोबाट बच्नकालागि सामानहरु, हतियारहरु र अन्य उपकरणहरुको पार्टपूर्जाहरु सहित कयौ महत्वपूर्ण सहयोग यूक्रेनमा पठाएको थियो । अब यी सबै रोकिएका छन् ।

अमेरिकाले गतवर्ष नोभेम्बरमा युक्रेनलाई रूसभित्रै सीमित हमलाहरुका लागि आर्मी टेक्टिकल मिसाइल सिस्टमको प्रयोग गर्न पनि स्वीकृति दिएको थियो । आर्मी टेक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) एक सुपरसोनिक ब्यालेस्टिक मिसाइल सिस्टम हो जसको निर्माण अमेरिकी डिफेन्स कम्पनीले गर्दै आएको छ ।

युक्रेनलाई अहिलेसम्म अमेरिकासहित कुल ५० देशले सहयोग गर्दै आएका थिए । तर अब अमेरिकाले हात झिकेको हो । अमेरिकी अधिकारीहरुका अनुसार यो रोक्का त्यतिबेलासम्म जारी रहन्छ, जतिबेलासम्म डोनाल्ड ट्रम्पलाई युक्रेन शान्तिका लागि प्रतिबद्ध छैन भन्ने लागिरहन्छ ।

वास्तवमा ट्रम्प प्रशासन चाहान्छ कि जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गरुन् र रूसका साथ शांति कायम राखुन । त्यो पनि त्यो सुरक्षा गारंटीको आश्वासन बिना, जुन यूक्रेनले चाहिरहेको छ । यता ट्रम्पका सहयोगीहरु भने यसको सट्टामा “आर्थिक आश्वासन“ को मात्रै कुरा गरिरहेका छन् ।

यसबीच डोनाल्ड ट्रम्पका सबैभन्दा खास र विश्वका धनाढ्य एलन मस्कले भनेका छन् कि अब समय आएको छ कि यूक्रेनमा शांतिका लागि जेलेन्स्कीलाई कुनै अन्य देशमा पठाइदिनु पर्छ । मस्कको यो बयान सामान्य भने होइन ।

एलन मस्क अमेरिका सरकारमा अहिले सबैभन्दा पावरफुल व्यक्ति हुन् । यस्तोमा उनको यो बयानलाई हलुका लिन सकिन्न । खासगरी अहिलेको तनावपूर्ण स्थितिमा । मस्कले एक्समा एक पोस्टको जवाफमा लेखेका छन् कि अब समय आएको छ ।

जेलेंस्कीलाई कुनै तेस्रो देशमा पठाउनुपर्छ ताकि युक्रेनमा शांतिपूर्ण तरिकाले लोकतन्त्रको स्थापना गर्न सकियोस् । एलन मस्कले यो पोस्ट एक अन्य यूजरको पोस्टको जवाफमा आएको हो । ती यूजरले लेखेका छन् कि जेलेन्स्कीलाई थाहा छ कि रुससंगको युद्ध अन्त्य भयो भने उनी सत्ताबाट बाहिरिने छन् ।

त्यहाँ चुनाव हुनेछ र उनी चुनावमा हार्नेछन् । त्यसपछि उनीविरुद्ध मनी लाउंड्रिंगको अनुशन्धान हुनेछ र उनले जेलको हावा खानुपर्नेछ । उनले थप लेखेका छन् कि आफ्नो निजी स्वार्थका लागि जेलेन्स्कीले निर्दोश युक्रेनी नागरिकहरुलाई मर्नका लागि जेलमा पठाइदिएका छन् । उनी यो सबै स्वयं सत्तामा रहिरहनका लागि गरिरहेका छन् ।

खासमा रूसमा साथ युद्ध अन्त्यका लागि अमेरिकी सरकारले जेलेन्स्कीमाथि निकै दबाव दिइरहेको छ । राष्ट्रपति ट्रंपका साथ जेलेंस्कीको चर्काचर्कीलाई लिएर पनि विभिन्न खाले रिपोर्टहरु आइरहेका छन् । युक्रेनको एक वर्ग जेलेन्स्कीसंग रिसाएको रिपोर्टहरुमा भनिएको छ ।

रुससंगको युद्ध जेलेन्स्कीकै कथित हठका कारण भएको बताइएको छ । बितेका तीन वर्षसम्मको युद्धमा युक्रेन पूर्णरुपमा ध्वस्त भएको छ । उसका हजारौं सैनिकहरु मारिएका छन् । उसको करीब २० प्रतिशत क्षेत्रमा रुसको कब्जा रहेको छ ।

लाखौंको संख्यामा मानिसहरुले यूक्रेन छोडेर भाग्न बाध्य भएका छन् । उनीहरुले जेलेन्स्कीको व्यवहार ठिन नभएको बताएका छन् । तर ट्रम्पसंग भनाभन भएपछि भने सेना प्रमुखदेखि विपक्षी नेतासम्मले जेलेन्स्कीको समर्थन गरेका छन् ।

यता युरोपेली सहयोगीहरु खासगरी फ्रान्स र बेलायतको सहानुभूति युक्रेनले पाएको छ । यद्यपि युरोपेलीहरुले पनि अमेरिकाबीच युक्रेन धेरै दिन नटिक्ने बताइरहेका छन् । यसैका लागि उनीहरुले युक्रेनको सहयोगका लागि आफूहरु एकजुट हुने र अमेरिकालाई पनि पछि कुनै समयमा त्यसमा ल्याउने वातावरण बनाउने सहमति नै गरेका छन् ।

यद्यपि अब कुरा अमेरिकाको छ । खासगरी डोनाल्ड ट्रम्पको । उनी कुनै पनि हालतमा युद्ध अन्त्य गराउन चाहान्छन् । अब त जेलेन्स्कीले युरोपमा पुगेर युद्ध अन्त्य नहुने बताएपछि यो ट्रम्पको इगोमाथि हमला भएको छ ।

र जसरी डोनाल्ड ट्रंप प्रशासन रूसका साथमा शांति स्थापना गर्न लागि परेको छ, उसले रुसमाथि लगाएका प्रतिबन्धहरु पनि फुकुवा गर्दै छ, मुख्य कुरा युक्रेनले लड्ने हतियार नै रोकिदिएको छ, यसले अब जेलेन्स्कीका लागि अप्ठ्याराहरु थप बढ्ने निश्चित छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top