‘मड्रिड’ डर्बीमा रियलको जित

२० फागुन ८१, बुधबार

२१ फागुन ,काठमाण्डौ।

Advertisement

‘मड्रिड डर्बी’मा रियल मड्रिडले पुनः एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २–१ को जित निकालेको छ । ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो ।

रियलले एट्लेटिकोलाई यसअघि सन् २०१४ र २०१६ को च्याम्पियन्स लिग फाइनलमा पराजित गरेको थियो । एट्लेटिकोले ११ पटकको युरोपियन प्रतिस्पर्धामा आफ्ना सहरी प्रतिद्वन्द्वीविरुद्ध केवल तीन खेल मात्र जितेको छ ।

Advertisement

सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो अवसरमै अग्रता लियो । खेलको १७औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । फेडे भाल्भेर्डेले उत्कृष्ट पास दिएका थिए, जसलाई रोड्रिगोले तीव्र गतिमा ड्रिबल गर्दै बक्सभित्र छिरेर कर्ल गर्दै नेटको कुनामा पठाए ।

एट्लेटिको धैर्यपूर्वक आफ्नो अवसरको पर्खाइमा थियो । ३२औं मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले बायाँ किनाराबाट बल लिँदै बक्सभित्र प्रवेश गरे र थिबाउट कोर्टुवालाई छक्याउँदै बल नेटमा पठाए ।

Advertisement

तर, दोस्रो हाफको ५५औं मिनेटमा डियाजले निर्णायक क्षण सिर्जना गरे । उनले दुई जना एट्लेटिको खेलाडीलाई छलाउँदै बललाई फार पोस्टमा पु¥याए । योसँगै रियल २–१ ले विजयी भयो । रियल अब क्वार्टरफाइनलमा स्थान बनाउन दोस्रो लेगमा आफ्नो अग्रता जोगाउन प्रयास गर्नेछ ।

एट्लेटिको भने पुनरागमन गर्दै इतिहास उल्टाउन चाहन्छ । अर्कोतर्फ इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७–१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ ।

आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ । जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले ।

यसको ३ मिनेटपछि इथान न्वानेरीले अग्रता दोब्बर बनाए । त्यसपछि मिकेल मेरिनोले पिएसभीको डिफेन्सको गल्तीमा आर्सनलको लागि तेस्रो गोल गरे । ३–० ले पछि परेको पिएसभीलरले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

थोमस पार्टेले लुक डे जोङलाई फाउल गरेपछि नोआ लैङले गोल गरे । त्यो सँगै पहिलो हाफ ३–१ को नतिजामा सकियो । दोस्रो हाफ दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डले र त्यसको एक मिनेट बित्न नपाउँदै लिआन्द्रो ट्रोसार्डले गोल गर्दा आर्सनलले ५–१ को अग्रता बनायो ।

७३ औं मिनेटमा ओडेगार्डले उत्कृष्ट गोलमार्फत व्यक्तिगत गोल संख्या २ पुर्याए । त्यसपछि खेल सकिन ५ मिनेट बाकी छँदा रिकार्डो कालाफियोरीले गोल गरे । यो हारमा पिएसभीको फितलो डिफेन्स प्रमुख कारण बन्यो ।

यो वर्षको सुरुदेखि नै डच टोलीले १४ खेलमध्ये केवल एक खेलमा मात्र क्लिनसिट राखेको छ । अर्को खेलमा एस्टन भिल्लाले क्लब ब्रुगलाई ३–१ ले हरायो । बोरुसिया डर्टमन्ड र लस्क लिलले १–१ को बराबरी खेलका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top