NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

सरकारको घेराबन्दीमा बालेन, प्रतिवेदन होइन राय पठाए

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
बालेन मैदानमा उत्रिए, सुशासनका लागि जोसँग पनि जुध्न तयार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ फागुन ,काठमाण्डौ ।
प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र हटाइएको विषयलाई लिएर संघीय सरकार र काठमाडौं महानगरपालिकाका मेयरबीच शक्ति संघर्ष जारी छ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ।

साथै हाल बिदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको जिकिर गर्दै अब उनलाई नै महानगरमा यथावत रहने संकेत गरेको छ । गुरागाईँ हटाउनका लागि बालेनले गठन गरेको छानविन प्रतिवेदन सार्वजनिक नभएको र सो प्रतिवेदनले समेत गुरागाइँलाई निर्दाेष सावित गरेको भन्ने खबर बाहिरिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई पत्र पठाउँदै तपाईंहरूले बनाएको छानबिन समितिको प्रतिवेदन के भयो? तपाईंहरूले गठन गरेको छानबिन समितिको निष्कर्ष के आयो? भन्ने प्रश्न गरेको थियो ।

यसको जवाफ महानगरले दिएपनि सोधिएको प्रश्नको जवाफ नदिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयको पत्रपछि बालेनले सोमबार साँझ फेसबुकमा ६ बुँदे प्रष्टिकरण दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि प्रश्न गरेका छन् ।

LS Auto

उनले सरकारले भ्रमको खेती गरेको भन्दै दिन मिल्ने भए पीएचडी दिन सकिने बताएका छन् । साथै भ्रष्टचारविरुद्ध र सुशासनका लागि आफू कसैसँग नझुक्ने भन्दै सधै लडिरहने बताएका थिए ।

तर उपमेयर सुनिता डंगोलले समेत छानविन प्रतिवेदन सार्वजनिक नगरीकनै सरकारमाथि प्रश्न उठाएको विषयमा असन्तुष्टि जनाएपछि उनले छानविन समिति म्याद थप नगरी विभागीय प्रमुखको राय मन्त्रालयमा पठाएका छन् ।

समितिको पछिल्लो समय थपिएको १५ दिनको म्याद सोमबार सकिएको थियो । फेरि थप गृहकार्य गर्नुपर्ने भन्दै समितिका संयोजक एवं प्रशासनिक सल्लाहकार पूर्वसचिव शंकर पाण्डेले म्याद थप गर्न प्रस्ताव पेस गरेका थिए ।

सो प्रस्तावको मेयर शाहले अस्वीकार गर्दै समितिको म्याद थप नगर्ने उल्लेख गरी तत्काल तीन विभागीय प्रमुखलाई राय पेस गर्न निर्देशन दिएका थिए । उनले दिएको आदेशमा सार्वजनिक निर्माण, कानुन र शहरी व्यवस्थापन विभाग प्रमुखले संयुक्त राय पेस गर्ने उल्लेख छ ।

मेयर बालेनले समिति विघटन गरी तीन विभागीय प्रमुखले पेस गरेको राय मात्रै मन्त्रालयलाई पठाएका छन् । छानबिन समितिको औचित्य के हुने, खर्च कसले बेहोर्ने भन्ने विषयमा पनि प्रश्न उठेको छ ।

समितिमा शहरी योजना आयोगका अध्यक्ष सुमन नरसिंह राजभण्डारी, कानुनी सल्लाहकार महेश दाहाल सदस्य छन् ।  मेयर बालेन पुस १४ गते सम्पन्न १६औं कार्यपालिकाको बैठकलगत्तै समिति गठन गरेका थिए ।

कानुनतः मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न पाइँदैन । यदि कारबाही गर्न आवश्यक प¥यो वा सरुवा गर्न परे तत्काल तालुकदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउनुपर्ने व्यवस्था छ ।

मेयर शाहले बनाएको समितिलाई नक्सा स्वीकृत गर्नेदेखि हालसम्मको प्रक्रिया कार्यान्वयनको अवस्थाबारे निर्णय गर्न कार्यादेश दिएको छ । सोमबार साँझ समितिको म्याद थप्न रोकेर करिब ५ बजे मन्त्रालयमा रायसहितको पत्र पुगेको थियो ।

रायमा काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको नक्सा स्वीकृत प्रक्रिया स्थगित भएको जानकारी उल्लेख छ । यता मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कुनै गल्ती नभएको ठहर गर्दै उनलाई नै गएर काम गर्न भनेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नक्सा स्वीकृत विवादमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन समिति गठन गरेको विषयमा नै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असन्तुष्टि जाहेर गर्दै आएको थियो ।

बालेनले गुरागाईंलाई बिदामा बस्न निर्देशन दिँदै अर्को प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए । तर मन्त्रालयले गुरागाईंको कुनै गल्ती नभएको भन्दै उनको सरुवा गरी अर्को प्रशासकीय अधिकृतलाई पठाउन अस्वीकार गर्दै आइरहेको छ ।

काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृतमाथि छानबिन गर्नै नसक्ने ठहर मन्त्रालयको छ । यसप्रति मेयर बालेन भने रुष्ट छन् । उनले महानगरप्रति संघीय सरकारले नाकाबन्दी लगाएको टिप्पणी गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको कुनै गल्ती नभएकाले उनलाई नै गएर काम गर्न मन्त्रालयले आग्रह गरिरहेको बताएका छन् । महानगरपालिका ५५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ।

Tags: #सरकारको घेराबन्दीमा बालेन#हठ्ठी बालेन

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.