अमेरिकी विमानले छाडेका १० नेपाली को–को हुन् ?

२० फागुन ८१, बुधबार

२१ फागुन ,काठमाण्डौ ।

अमेरिकाबाट बुधवार डिपोर्ट भएर काठमाडौँ ल्याइएका ८ जना नेपालीलाई अध्यागमनले आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।डिपोर्ट हुनेमा १ महिला र ७ पुरुष रहेको पुष्टि भएको छ । त्यसमा २२ वर्षीय युवक समेत रहेका छन् । यस्तै डिपोर्ट भएकी महिला ३५ वर्षकी छन् ।

विमानस्थल प्रहरीका अनुसार डिपोर्ट भएकाहरुमा सबै भन्दा बढी उमेर भएका एक जना ४७ वर्षका छन् । डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थबहादुर नामका छन् ।

Advertisement

उनीहरुको थप पहिचान खुलाइएको छैन । बुधवार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौँ ल्याइएको थियो । अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईले सबैलाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको बताएका छन् ।

केही सोध्नुपर्ने भएकाले प्रहरीले पठाइदिन भनेकाले उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको भट्टराईले बताएका छन् । उनीहरूलाई गाडीमा राखेर मानव बेचबिखन ब्युरोमा लगिएको छ ।

Advertisement

त्यहाँ उनीहरूसँग प्रहरीले आवश्यक सोधपुछ गरेपछि मात्रै छाड्ने बताइएको छ । उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको प्रस्ट पारेको छ।

उनीहरूलाई अध्यागमन कार्यालयले प्रहरीलाई बुझाएसँगै प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान थालेको छ । प्रहरीले डिपोर्ट भएकाहरूबाट मानव तस्करी भए÷नभएको विषयमा नयाँ तथ्य खुल्न सक्ने जनाएको छ ।

ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुवँरले उनीहरूविरुद्ध अन्य कसैको उजुरी रहेको÷नरहेको पुष्टि गरेर छाडिने बताएका छन् । अमेरिका बस्न कुनै वैध कागजात नभएपछि अमेरिकाले उनीहरूलाई फिर्ता गरेको ब्युरोले जनाएको छ ।

कागजविहीन नेपालीहरुलाई चार्टड गरिएको अमेरिकी जहाज बुधबार बिहान ९.५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनले अवैध आप्रवासीविरुद्ध कारबाही तिव्र बनाएका छन् । सोही क्रममा उनीहरु पक्राउ परेका हुन्।

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता अमेरिकाबाट जनवरी २० यता बुधबार ९ जनासहित ३६ जना नेपाली डिपोर्ट भएका हुन् । यसअघि २७ जना र बुधबार १ जना नियमित उडानबाट डिपोर्ट भएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुनेछैन।

ट्रम्पले केही दिनअघि सामाजिक सञ्जाल ट्रुथमा अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आप्रवासी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनभन्दा पनि खतरानक रहेको बताएका थिए ।

आप्रवासीप्रति कडा नीति नलिए अमेरिकाको हाल पनि युरोपजस्तै हुने उनको भनाइ थियो । यसअघि अमेरिकाले तीन पटकमा ठूलो संख्यामा भारतीयहरुलाई समेत डिपोर्ट गरिसकेको छ ।

अझै केही नेपाली र भारतीयहरुलाई अमेरिकाले पनमामा डिपोर्ट गरेको अन्तराष्ट्रिय संचारमाध्यामहरुले जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top