NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

सरकारले ल्याएको अध्यादेश कोल्याप्स ! ओली र देउवाले घुँडा टेके

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
सरकारले ल्याएको अध्यादेश कोल्याप्स ! ओली र देउवाले घुँडा टेके
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ फागुन , काठमाण्डौ ।

देशका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेको निकै लामो र कष्टपूर्ण प्रयास पछि लाज पचाउँदै भए पनि जारी भएका ६ मध्ये ५ वटा अध्यादेश पारित हुने बाटोमा अघि बढेका छन् । जनताको सार्वभौम सदनलाई नै चुनौती दिँदै प्रतिनिधि सभाको बैठक बस्नु भन्दा केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा अध्यादेश जारी गरे ।

सरकारमा रहेकै दलले अध्यादेश प्रति शङ्का गरे र विरुद्धमा उभिए । जसका कारण ओली सरकारलाई नैतिक प्रश्न उब्जायो । तिनै अध्यादेश ओली सरकारलाई गलाकोपासो बनेर निस्किए । प्रधानमन्त्री ओलीमा अध्यादेश मोह धेरै छ ।

पछिल्लो पटक सदन सुरु हुनै लागेका बेला अनायासै ६ वटा अध्यादेश जारी गरी ओली चर्चामा आए । अध्यादेशले एका तर्फ चर्चा पायो भने अर्को तर्फ प्रधानमन्त्री ओलीमाथि नैतिक प्रश्न समेत खडा गरी दियो । पटक पटक प्रधानमन्त्री बनेका ओलीले अहिले सम्म ३६ वटा अध्यादेश जारी गरी सकेका छन् ।

पछिल्लो पटक जारी भएका अध्यादेश पास गराउन सत्तासीन दलहरूले सबै हत्तकण्डा अपनाए । सरकारका मन्त्रीदेखि मुख्यमन्त्री हुँदै पैसाको चलखेलको समाचार समेत बाहिर आयो । तर अन्त्यमा गएर सरकारले घुँडा टेक्नु प¥यो र एउटा अध्यादेश नै फिर्ता लिन बाध्य भयो ।

वास्तवमा सरकारले ल्याएका कुनै पनि प्रस्ताव सदनबाट फेल हुनु भनेको सरकार अल्पमतमा परेको सन्देश हो । तर अध्यादेश फेल हुने डरले फिर्ता लिनु चाही सरकार अल्पमतमा पर्नु हैन । केपी ओली सरकार अहिले यस्तै अवस्थामा पुगेको छ ।

परीक्षामा सामेल हुँदा फेल होइन्छ भन्ने डरले परीक्षा नै नदिने विद्यार्थी जस्तै भएको छ ओली सरकार । दुई तिहाइ विश्वासको मत पाएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेश फिर्ता लिए सँगै प्रधानमन्त्री र यो सरकारले केही प्रश्नको उत्तर अवश्य पनि दिनु पर्छ ।

पास नै गराउन नसक्ने अध्यादेश जारी गर्नुको औचित्य के थियो ? अध्यादेश किन आवश्यक भयो र किन सांसदबाट छलफल नगरीकन ल्याइयो ? अध्यादेश फिर्ता लिनुको कारण के हो? सरकारले हतारमा गलत निर्णय किन लियो ? यदि अध्यादेश सही थियो भने किन फिर्ता लिइयो ? प्रधानमन्त्रीको निर्णय प्रक्रियालाई कमजोरी किन नभन्ने ?

निर्णय गर्नुअघि पर्याप्त परामर्श, मत भार र कानुनका बारेमा किन ख्याल गरिएन ? बारम्बार अध्यादेश ल्याउने र फिर्ता लिने अभ्यासले जनतामा सरकारप्रति अविश्वास बढाउ छ कि बढाउँदैन ? अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्रीको नेतृत्व क्षमतामा समेत प्रश्न उठेको छ ।

लगातार गलत निर्णय वा दबाबमा पछि हट्ने प्रवृत्तिले प्रधानमन्त्रीको नेतृत्व क्षमता कमजोर देखाउँछ कि देखाउँदै न ? भन्ने प्रश्नको उत्तर यदि सरकार जनउत्तरदायी हो भने जनतालाई दिन सक्नुपर्छ ।

यसको मतियार बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत अध्यादेश पारित गराउन न्वारानदेखिकै बल निकाले तर सम्भव नभएपछि घँुडा टेक्न बाध्य भए । देशको सबै भन्दा ठूलो अनि आफूलाई प्रजातन्त्रको मसीया ठान्ने दल पनि अध्यादेशबाट शासन चलाउने पथमा लाग्नु आफै लज्जाको बिषय हो ।

सरकारले एउटा अध्यादेश फिर्ता लिए सँगै यसको नैतिक जिम्मा शेरवहादुरहरुले पनि लिनु पर्छ । सरकारले विभिन्न मितिमा जारी गरेर सङ्घीय संसद्मा पेस गरेका ६ वटा अध्यादेश एक महिना भन्दा वढि समय अलपत्र परे ।

अन्तिममा आएर जनता समाजवादी पार्टीको माग अनुसार भूमि सम्बन्धी अध्यादेश फिर्ता लिएर ५ वटा अध्यादेश संसदबाट स्वीकृत भएका छन् । अब यी अध्यादेश राष्ट्रियसभामा जानेछन् ।

केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश सङ्घीय संसदमा पेस गरेको थियो।

प्रतिनिधिसभामा सहज बहुमत भएको सत्ता गठबन्धनको राष्ट्रियसभामा जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशबाट हात झिकेकाले बहुमत पुग्दैन । जसका कारण उनीहरुको माग वमोजिम सरकारले ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो ।

सरकारले अध्यादेश ल्यायो तर पास नहुने देखेपछि एउटा अध्यादेशलाई अघि नबढाउने निचोडमा पुग्यो । सरकारले ल्याएको अध्यादेश खारेज हुनु नैतिकताको खडेरी परेको नेपालका लागि यो विषय सामान्य हो ।

तर राजनीतिक नैतिकता देखाउँदै संसदबाट अस्वीकृत भएका विधेयकहरूका कारण राजीनामा दिने वा सानो भन्दा सानो विषयमा समेत जिम्मेवारी बहन गर्दै पद त्याग गर्ने विभिन्न ऐतिहासिक उदाहरणहरू छन्।

ब्रिटेनमा १९४०मा नेभिल चेम्बरलेन प्रधानमन्त्री थिए । दोस्रो विश्वयुद्धका बेला संसदमा उनको युद्धनीतिप्रति अविश्वास प्रकट भएपछि चेम्बरलेनले राजीनामा दिए र विन्स्टन चर्चिल प्रधानमन्त्री बने।

अमेरिकामा सन् १९८६ मा इरान–कन्ट्रा काण्डमा संलग्न भएको आरोप लागेपछि अमेरिकी महान्यायाधिवक्ता एडविन मिजले राजीनामा दिए। यस्तै सन् १९६९मा संविधान संशोधनसम्बन्धी जनमत संग्रहमा पराजित भएपछि तत्कालीन फ्रान्सेली राष्ट्रपति डि गॉलले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए।

भारतमै सन् २०१५ मा अरुण शौरीले पंजाब विधानसभामा भूमि सुधारसम्बन्धी विधेयक असफल भएपछि राजीनामा दिएका थिए । विश्वमा सानो विषयमा समेत राजीनामा दिने उच्च राजनीतिक नैतिकताको उदाहरणहरू समेत रहेका छन् ।

२०२२ मा लकडाउनका बेला आयोजित पार्टीका कारण आलोचना भएपछि ब्रिटिश प्रधानमन्त्रीले राजीनामा दिए। स्वास्थ्य नीतिबारे आलोचना भएपछि जापानी प्रधानमन्त्री आबेले पदत्याग गरे भने सानो व्यक्तिगत विवादपछि नर्वेका संस्कृति मन्त्रीले राजीनामा दिए।

यस्तै पीएचडी शोधपत्रमा चोरी भएको आरोप लागेपछि तत्कालीन जर्मन रक्षामन्त्री कार्ल थियोडोर जू गुटेनबर्ग सन् २०११ मा राजीनामा दिए। केही साता अघि मात्रै अष्ट्रेलियाकी एक मन्त्रीले व्यक्तिगत पारिवारिक दिवा भोजमा आफ्नो मन्त्रालयको सवारी साधन र चालक सुविधा उपयोग गरेको स्वीकार गर्दै, नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएकी छन् ।

नेपालमा समेत राजनैतिक नैतिकता देखाउने नेतामा गनिन्छन् एमालेका नेता शेरबहादुर तामाङ । तत्कालीन कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरु बंगलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरुले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनुपरेको भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले यो अभिब्यक्तिमा बोली चिप्लिएको भन्दै माफी माग्दै राजीनामा सुम्पिए । तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०३० असार २५ मा सिंहदरबारमा भएको भीषण आगलागीको विषयलाई लिएर नैतिकताको आधारमा तत्कालीन राजा स्व वीरेन्द्र शाहसमक्ष राजीनामा बुझाएका थिए ।

उनले रातभर प्रयास गर्दा पनि सिंहदरबारमा लागेको आगो निभाउन नसकेकाले राजीनामा दिएका थिए ।

Tags: #सरकारले ल्याएको अध्यादेश कोल्याप्स !#ओली र देउवाले घुँडा टेके

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.