जब प्रहरीले नै हतकडी देखाए लुटे,२६ वर्षे युवकको अवैध साम्राज्य

२० फागुन ८१, बुधबार

२१ फागुन ,काठमाण्डौ ।

काठमाडौं प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा ३ जना प्रहरीसहित ६ जनालाई पक्राउ गरेको छ। अपराध नियन्त्रणमा आक्रामक रुपमा अघि बढिरहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा भएको अपरेशनले प्रहरी र सशस्त्र प्रहरी नै लुटेरासँग मिलेको खुलासा गरेको छ।

क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धान गर्ने क्रममा लुटपाटको यो सनसनीपूर्ण घटना बाहिर आएको हो। अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग्रातीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

काठमाडौंको तिलिङ्गेटार क्रिप्टोकरेन्सीको अवैध कारोवार भइरहेको सूचना पाएपछि खटिएको टोलीले धादिङ, खनियावास गाउँपालिकावडा नं ४ स्थायी घर भई हाल टोखा नगरपालिका वडा नं ८, ग्रिनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

उनले नै प्रहरीले हतकडी र प्रहरीको कार्ड देखाएर आफनो रकम लुटेको बताएपछि प्रहरीले अपराधमा सम्लन्न प्रहरीलाई नियन्त्रणमा लिएको थियो । गुरुङले आफ्नो साथमा रहेको १४ लाख रुपैयाँ प्रहरीको परिचयपत्र तथा हतकडी समेत देखाई परिबन्धमा पारी लुटेर लगेको बताएका थिए ।

Advertisement

सोही आधारमा प्रहरीले थप अनुसन्धान गर्यो । अनुसन्धानकै क्रममा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जनासहित ६ जना व्यक्तिहरुले गुरुङलाई डाँका चोरी गरी उनको साथमा रहेको रकम लगेको खुल्न आएको एसएसपी अधिकारीले बताएका छन् ।

उनीहरु ६ जनालाई प्रहरीले रकमसहित पक्राउ गर्याे । प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं २४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ०६ बस्ने ३१ वर्षीय संजोक तामाङ, मोरङ वेलवारी घर भई हाल विराटनगर ०३ वस्ने २० वर्षीय मनिस कुमार राय समेतलाई नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँ बराबरको किप्टो करेन्सीको कारोबार गरेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख अधिकारीले बताए ।

उनको साथबाट मोवाइल २ थान,ल्यापटप १ थान र नगद २ लाख ५९ हजार रुपैयाँ बरामद भएको छ । गुरुङलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत दर्ता जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै गुरुङको किप्टोको रकम लुट्ने ६ जनाको साथबाट १२ लाख १० हजार नगद, विभिन्न ब्राण्डको मोवाइल ६ थान, बिएबी ११८१ नम्बरको एमजी गाडी बरामद गरेको छ । ६ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख अधिकारीले बताएका छन् ।

काठमाडौं प्रहरी प्रमुखको रूपमा एसएसपी विश्व अधिकारीले नेतृत्व सम्हालेयता अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका छन्। शान्ति सुरक्षा कायम गर्न एकपछि अर्को अपरेशनमार्फत अपराधीहरूलाई कारबाही गरिरहेका उनले यसपटक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिलाई लुट्ने प्रहरीसहितको गिरोहलाई नै पक्राउ गरी कानुनी कठघरामा उभ्याएका छन्।

प्रहरी नै अपराधमा संलग्न भएको घटनाले सुरक्षा संयन्त्रभित्रको स्वच्छता आवश्यक रहेको देखाए पनि, एसएसपी अधिकारीको दृढ नेतृत्वले अपराधलाई जरोबाट उखेल्न कुनै कसर बाँकी नराख्ने स्पष्ट सन्देश दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top