NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
लडाकु विमान खसाल्ने एयर डिफेन्स भारतमा, परीक्षण सफल आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

जब प्रहरीले नै हतकडी देखाए लुटे,२६ वर्षे युवकको अवैध साम्राज्य

बुधबार फाल्गुन २१ , २०८१
Reading Time: 1 min read
A A
४ भारतीय चोरीको ९ लाखका मोबाइलसहित समातिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ फागुन ,काठमाण्डौ ।

काठमाडौं प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा ३ जना प्रहरीसहित ६ जनालाई पक्राउ गरेको छ। अपराध नियन्त्रणमा आक्रामक रुपमा अघि बढिरहेका काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा भएको अपरेशनले प्रहरी र सशस्त्र प्रहरी नै लुटेरासँग मिलेको खुलासा गरेको छ।

क्रिप्टोकरेन्सी कारोबारको अनुसन्धान गर्ने क्रममा लुटपाटको यो सनसनीपूर्ण घटना बाहिर आएको हो। अपराधमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका सहायक हवल्दार प्यूठानका ३६ वर्षीय राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवल्दार बाँकेका ३५ वर्षीय खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान खोटाङका २४ वर्षीय हीरा मंग्रातीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।

काठमाडौंको तिलिङ्गेटार क्रिप्टोकरेन्सीको अवैध कारोवार भइरहेको सूचना पाएपछि खटिएको टोलीले धादिङ, खनियावास गाउँपालिकावडा नं ४ स्थायी घर भई हाल टोखा नगरपालिका वडा नं ८, ग्रिनल्याण्ड मिलनटोल बस्ने २६ वर्षीय रोशन गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

उनले नै प्रहरीले हतकडी र प्रहरीको कार्ड देखाएर आफनो रकम लुटेको बताएपछि प्रहरीले अपराधमा सम्लन्न प्रहरीलाई नियन्त्रणमा लिएको थियो । गुरुङले आफ्नो साथमा रहेको १४ लाख रुपैयाँ प्रहरीको परिचयपत्र तथा हतकडी समेत देखाई परिबन्धमा पारी लुटेर लगेको बताएका थिए ।

सोही आधारमा प्रहरीले थप अनुसन्धान गर्यो । अनुसन्धानकै क्रममा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जनासहित ६ जना व्यक्तिहरुले गुरुङलाई डाँका चोरी गरी उनको साथमा रहेको रकम लगेको खुल्न आएको एसएसपी अधिकारीले बताएका छन् ।

उनीहरु ६ जनालाई प्रहरीले रकमसहित पक्राउ गर्याे । प्रहरीले मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं २४ बस्ने २४ वर्षीय कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ०६ बस्ने ३१ वर्षीय संजोक तामाङ, मोरङ वेलवारी घर भई हाल विराटनगर ०३ वस्ने २० वर्षीय मनिस कुमार राय समेतलाई नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा गुरुङले १ अर्ब ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँ बराबरको किप्टो करेन्सीको कारोबार गरेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख अधिकारीले बताए ।

उनको साथबाट मोवाइल २ थान,ल्यापटप १ थान र नगद २ लाख ५९ हजार रुपैयाँ बरामद भएको छ । गुरुङलाई अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत दर्ता जिल्ला अदालतबाट दिन ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै गुरुङको किप्टोको रकम लुट्ने ६ जनाको साथबाट १२ लाख १० हजार नगद, विभिन्न ब्राण्डको मोवाइल ६ थान, बिएबी ११८१ नम्बरको एमजी गाडी बरामद गरेको छ । ६ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख अधिकारीले बताएका छन् ।

काठमाडौं प्रहरी प्रमुखको रूपमा एसएसपी विश्व अधिकारीले नेतृत्व सम्हालेयता अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका छन्। शान्ति सुरक्षा कायम गर्न एकपछि अर्को अपरेशनमार्फत अपराधीहरूलाई कारबाही गरिरहेका उनले यसपटक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिलाई लुट्ने प्रहरीसहितको गिरोहलाई नै पक्राउ गरी कानुनी कठघरामा उभ्याएका छन्।

प्रहरी नै अपराधमा संलग्न भएको घटनाले सुरक्षा संयन्त्रभित्रको स्वच्छता आवश्यक रहेको देखाए पनि, एसएसपी अधिकारीको दृढ नेतृत्वले अपराधलाई जरोबाट उखेल्न कुनै कसर बाँकी नराख्ने स्पष्ट सन्देश दिएको छ ।

Tags: #एसएसपी अधिकारीको एक्सन#काठमाडौं प्रहरी#जब प्रहरीले नै हतकडी देखाए

लोकप्रीय

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग
ताजा समाचार

विपिनको परिवारलाई १० लाख सहयोग

आइतवार भदौ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

World News: संविधान संसोधन विधेयकले भारतमा हं*गा*मा, वि*द्रो*हीद्वारा १४० सर्वसाधारणको ह*त्या

00:20:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.