NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin मङ्लबार माघ ६ , २०८२
1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti मङ्लबार माघ ६ , २०८२
Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak सोमवार माघ ५ , २०८२
Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr सोमवार माघ ५ , २०८२
1xBet ilovasi, 1xBet Mobile 1xBet APK Android os & apple's ios, 1xlite-59020 pub ni o'rnating शनिबार माघ ३ , २०८२
Next
Prev

समाचार

राप्रपाले तिर्याे १ लाख जरिवाना, २२३ संस्थाले जरिवाना तिर्दा एमाले गएन

सोमवार फाल्गुन २६ , २०८१
Reading Time: 1 min read
A A
राप्रपाले तिर्याे १ लाख जरिवाना, २२३ संस्थाले जरिवाना तिर्दा एमाले गएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ फागुन ,काठमाण्डौ।

ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा गरिएको कार्यक्रमबाट वातावरण प्रदुषण भएको भन्दै बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरले १ लाख जरिवानाको पत्र काटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ ।

राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधिसभाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम जम्मा गरेको भौचर हस्तान्तरण हुन् । यसअघि राप्रपाले मेयर बालेनले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको गुनासो गरेको थियो ।

तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ। रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा स्वागत गर्ने क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई जरिवाना गरेको थियो ।

पूर्वराजालाई स्वागत गर्न राप्रपासहितका राजावादी सो क्षेत्रमा भेला भएका थिए । सो क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको पत्र काटेको थियो ।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’ पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ ।

राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० चैत्र २७ गते राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । सो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।

राप्रपाले महानगरको पत्र अनुरुप जरिवाना बुझाउदा प्रमुख सत्तारुढ दल नेकपा एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन। गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन् ।

एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला जरिवानापत्र बुझाउन महानगरको नगरप्रहरी टोली नै एमाले पार्टी कार्यालय पुगेको थियो । तर, एमालेले जरिवानापत्र बुझ्न मानेन । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै महानगरको जरिवाना नतिर्ने बताएका थिए ।

एमालेको जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका थिए् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो ।’

‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका थिए । महासचिव पोखरेलले मेयर बालेनलाई जरिवानाको स्टण्टबाजी गरेको आरोप लगाउँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए ।

महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोस्टर टाँस्ने, निर्माण सामग्री जथाभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रमक नीति लिँदै आएको छ । काठमाडौं महानगर नगरप्रहरीका अनुशार आर्थिक वर्ष २०८१÷०८२ माघदेखिको अहिलेसम्म संस्था तथा व्यक्तिहरूलाई जरिवाना गराइएको छ।

अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ । जसमध्ये २१६ जनालाई जनही पाँच हजारका दरले १० लाख ३० हजार जरिवाना तिराइएको छ ।

विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले तीन लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । महानगरले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा फोहोर तथा वातावरण प्रदूषण गर्दा जरिवाना तिराउँदै आएको छ ।

Tags: #राप्रपाले तिर्याे १ लाख जरिवाना#एमालेले नगरेको काम राप्रपाले गर्याे

लोकप्रीय

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

विचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२

थप समाचार

ताजा समाचार

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
ताजा समाचार

Promo 1XBET : STYVIP Afrique 2025 yil oktyabr

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1XBet ilovasi 2025 1XBet apk, mobil va Apple iOS qurilmalariga o'rnatilsin

मङ्लबार माघ ६ , २०८२

1xBet Movies Eng so'nggi filmlarni o'rnatish veb-sayti

मङ्लबार माघ ६ , २०८२

Ilovada Android OS va Apple'ning iOS operatsion tizimlari mavjud bo'lishi kerak

सोमवार माघ ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.