×

NEPAL TIMES UPDATES

Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026

राप्रपाले तिर्याे १ लाख जरिवाना, २२३ संस्थाले जरिवाना तिर्दा एमाले गएन

२६ फाल्गुन २०८१

२६ फागुन ,काठमाण्डौ।

ज्ञानेन्द्र शाहको स्वागतका लागि काठमाडौंमा गरिएको कार्यक्रमबाट वातावरण प्रदुषण भएको भन्दै बालेन्द्र शाह बालेन नेतृत्वको काठमाडौं महानगरले १ लाख जरिवानाको पत्र काटेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जरिबानास्वरुपको १ लाख रुपैयाँ तिरेको छ ।

Advertisement
Advertisement

राप्रपाका प्रवक्ता समेत रहेका प्रतिनिधिसभाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरपालिकालाई जरिबाना बापतको रकम जम्मा गरेको भौचर हस्तान्तरण हुन् । यसअघि राप्रपाले मेयर बालेनले पूर्वाग्रही ढंगले आफूहरूलाई जरिबाना गरेको गुनासो गरेको थियो ।

तर, पार्टीभित्र आन्तरिक छलफलपछि राप्रपाले रकम तिर्ने निर्णय लिएको राप्रपाको भनाइ छ । काठमाडौँ महानगरपालिकाले राप्रपाले तिरेका जरिबाना रकमको रसिद समेत जारी गरेको छ। रकम तिरेपछि शाहीले फेसबुकमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ । रु १ लाख हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौँ।’

यसअघि राप्रपाले उक्त रकम नतिर्ने सार्वजनिक भएपछि सो पार्टीको आलोचना समेत भएको थियो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल क्षेत्रमा स्वागत गर्ने क्रममा फोहोर गरेको भन्दै महानगरपालिकाले राप्रपालाई जरिवाना गरेको थियो ।

पूर्वराजालाई स्वागत गर्न राप्रपासहितका राजावादी सो क्षेत्रमा भेला भएका थिए । सो क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको पत्र काटेको थियो ।

महानगरले आइतबार काटेको पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’ पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ ।

राप्रपाले जरिवाना बुझाएको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० चैत्र २७ गते राप्रपाले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । सो क्रममा विभिन्न ठाउँमा फोहोर गरेको र ट्राफिक आयरल्यान्डमा क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई पाँच हजार जरिवाना तिराएको थियो ।

राप्रपाले महानगरको पत्र अनुरुप जरिवाना बुझाउदा प्रमुख सत्तारुढ दल नेकपा एमालेले भने महानगरले पत्र काटेको साढे तीन महिना बित्दा पनि एक लाख जरिवाना बुझाएको छैन। गत मंसिर ७ गते एमालेले आयोजना गरेको जागरण अभियानका बेला खुला सडकमा फोहोर फालेकोे भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रतिशोध साँधेको भन्दै एमालेले जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो । एमाले नेता–कार्यकर्ताले बालेनको जरिवानापत्रलाई ‘औचित्यहीन चिर्कटो’ भन्दै आएका छन् ।

एमालेले महानगरले तोकेको जरिवाना नतिर्ने अडान लिएको छ । त्यसबेला जरिवानापत्र बुझाउन महानगरको नगरप्रहरी टोली नै एमाले पार्टी कार्यालय पुगेको थियो । तर, एमालेले जरिवानापत्र बुझ्न मानेन । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले ‘औचित्यहीन चिर्कटो’ भन्दै महानगरको जरिवाना नतिर्ने बताएका थिए ।

एमालेको जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका थिए् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका थिए, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो ।’

‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका थिए । महासचिव पोखरेलले मेयर बालेनलाई जरिवानाको स्टण्टबाजी गरेको आरोप लगाउँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए ।

महानगरले जथाभावी फोहोर फाल्ने, खुल्ला ठाउँमा आगो बाल्ने, सडकका भित्ता तथा, पोलमा पोस्टर टाँस्ने, निर्माण सामग्री जथाभावी राख्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने आक्रमक नीति लिँदै आएको छ । काठमाडौं महानगर नगरप्रहरीका अनुशार आर्थिक वर्ष २०८१÷०८२ माघदेखिको अहिलेसम्म संस्था तथा व्यक्तिहरूलाई जरिवाना गराइएको छ।

अहिलेसम्म राप्रपासहित २२३ संस्था तथा व्यक्तिलाई सार्वजनिक स्थलमा जथाभावी फोहोर फालेकै कसुरमा जरिवाना तिराइएको छ । जसमध्ये २१६ जनालाई जनही पाँच हजारका दरले १० लाख ३० हजार जरिवाना तिराइएको छ ।

विभिन्न ६ वटा क्लिनिक तथा अस्पताललाई ५० हजारका दरले तीन लाख रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ । महानगरले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा फोहोर तथा वातावरण प्रदूषण गर्दा जरिवाना तिराउँदै आएको छ ।

Advertisement

भर्खरको समाचार

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

सम्बन्धित खबरहरु

Scroll to Top