नेपाल हङकङसँग २ रनले पराजित

२६ फागुन ८१, मंगलबार

२७ फागुन , काठमाण्डौ ।

युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ । सोमबार भएको खेलमा हङकङसँग नेपाल २ रनले पराजित भएको छ । नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।

नेपाललाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । तर, ईश्वरी विष्टले एक रन मात्रै लिन सकेपछि नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।

Advertisement

पूजा महतोले १९ र बिन्दु रावलले १४ रन जोडे । बलिङतर्फ मारिको हिलले २ विकेट लिइन् । त्यसअघि युगान्डाको एन्टेबे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा एक सय रन बनाएको थियो ।

उसका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ र क्यारी चानले १२ रन जोडे । नेपालकी इन्दु बर्मा र इश्वरी विष्टले २÷२ विकेट लिए । पूजा महतो र रचनाकुमारी चौधरीले १÷१ विकेट लिए ।

Advertisement

पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो । हङकङले भने लगातार दोस्रो जित हात पारेको हो ।

पहिलो खेलमा हङकङ युगान्डासँग आठ विकेटले पराजित भएको थियो । अर्को खेलमा भने हङकङले नामिबियालाई चार विकेटको जित निकालेको थियो । चार देश सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोली उपाधिका लागि खेल्नेछन् ।

फाइनल खेल चैत ३ गते हुनेछ । नेपालले बुधबार नामिबियासँग खेल्नेछ । अहिलेसम्म सहभागि सबै चार टीमले समान ३–३ खेल खेल्दा युगान्डा र हङकङले २–२ जित निकाल्दा नेपाल र नामिबयाले समान १–१ जित निकालेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top