×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अम्बानीको जिओ र मस्कको स्पेसएक्सबीच सम्झौता

२८ फाल्गुन २०८१

२८ फागुन , एजेन्सी ।

एयरटेलपछि रिलायन्स जियोले पनि अमेरिकी खर्बपति व्यापारी एलोन मस्कसँग स्टारलिंक उच्च गतिको इन्टरनेटका लागि सम्झौता गरेको छ । स्टारलिंक एक स्याटेलाइट ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक हो । जसले स्याटेलाइट कभरेजभित्र कहि पनि इन्टरनेट पहुँच प्रदान गर्न सक्छ ।

Advertisement
Advertisement

यो विशेषताका कारण स्टारलिंक दुर्गम वा ग्रामीण क्षेत्रहरूमा इन्टरनेट पहुँचको लागि राम्रो विकल्प बनेको छ । समाचार एजेन्सी एएनआईका अनुसार, जियो प्लेटफम्र्स लिमिटेडले एक प्रेस विज्ञप्ति मार्फत जियो र स्टारलिङ्कले सम्पूर्ण भारतलाई उच्च गतिको इन्टरनेटमा जोड्न सँगै विस्तार गर्दैछ र यो सम्झौता भारतमा इन्टरनेट जडानको विकासमा कोसेढुङ्गा हुने जनाइएको छ ।

स्टारलिंकले भारतीय उपभोक्ताहरूलाई स्टारलिंक ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन एपेसएक्ससँग सम्झौता गरेको उल्लेख गरेको छ । जियोले आफ्ना रिटेल आउटलेटहरू र अनलाइन मार्फत स्टारलिंकको सेवा उपलब्ध गराउनेछ ।

गत वर्ष भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारको लागि विश्वका दुई धनी व्यक्तिहरू, स्पेसएक्सका मालिक एलन मस्क र जियोका मालिक मुकेश अम्बानीबीच भारतको सेटेलाइट ब्रोडब्याड मार्केटका लागि कडा टक्कर परेको थियो ।

गत अक्टोबरमा, भारत सरकारले ब्रोडब्यान्डका लागि स्याटेलाइट स्पेक्ट्रमको विनियोजन लिलामीको सट्टा प्रशासनिक रूपमा गर्ने घोषणा गरेको थियो । मस्कले विगतमा पनि लिलामी मोडलको आलोचना गर्दै आएका छन्, जबकि अम्बानी यसको समर्थक हुन् ।

यता एयरटेलले पनि आफ्नो सामाजिक सञ्जाल खाता एक्समामा एक पोस्ट मार्फत यसबारे जानकारी दिएको हो । एयरटेलको विज्ञप्ति अनुसार, ‘एयरटेलले भारतमा एयरटेलका ग्राहकहरूलाई स्टारलिंकको हाई–स्पिड इन्टरनेट सेवाहरू ल्याउन स्पेसएक्ससँग सम्झौता गरेको छ ।’

यो भारतमा हस्ताक्षर गरिएको पहिलो सम्झौता भएको तर स्पेसएक्सले भारतमा स्टारलिङ्कका सेवाहरू प्रदान गर्न आवश्यक स्वीकृति प्राप्त गरेपछि मात्र सेवा प्रवाह सुरु हुने बताइएको छ ।

सम्झौता अन्तर्गत एयरटेल र स्पेसएक्स मिलेर स्टारलिङ्कले एयरटेलको सेवाहरू कसरी सुधार गर्न सक्छ भनेर अन्वेषण गर्न मिलेर काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यसका साथै, भारतीय बजारमा एयरटेलको अनुभवले स्पेसएक्सलाई आफ्ना ग्राहकहरू र व्यवसायहरूलाई सेवाहरू अझ बढाउन मद्दत गर्न सक्ने पनि बताइएको छ ।

यस सम्झौतामा विद्यालय, स्वास्थ्य केन्द्र र दुर्गम क्षेत्रहरूमा जडान प्रदान गर्ने कुरा पनि समावेश छ । यसको घोषणा केही हप्ता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाशिंगटनमा मस्कलाई भेट्दा भएको थियो ।
उता आफ्ना प्रमुख सहयोगी एलन मस्कको टेस्ला गाडीको बिक्री घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कम्पनीको व्यापार उकास्न एउटा टेस्ला गाडी किनेर विज्ञापन गरेका छन्। टेस्ला कम्पनीका मालिक मस्कले आफ्नो समर्थन गरेका कारण उनलाई आर्थिक नोक्सानी भएकाले टेस्लाको विज्ञापनका लागि उनले सो गाडी किनेका हुन्।

मंगलबार ह्वाइट हाउसमा मस्कको उपस्थितिमा आयोजित एक कार्यक्रममा उनले रातो रङ्गको एस मोडल मन पराएको अन्तर्राष्ट्रिय संचारमाध्यामहरुले उल्लेखख गरेका छन् । बहालवाला अमेरिकी राष्ट्रपतिले कुनै पनि कम्पनी वा वस्तुको विज्ञापन नगर्ने अघोषित नियम रहेपछि ट्रम्पले राष्ट्रपति निवासमै मस्कको कम्पनीको प्रचार गरेका छन्

मस्कले पछिल्ला दिनमा ट्रम्पको राजनीतिक समितिले चलाउने विभिन्न समूहका लागि १० करोड डलर चन्दा दिने भनेको समयमा ट्रम्पले टेस्लाको विज्ञापन हुने गरी गाडी किनेका हुन्।

Advertisement

भर्खरको समाचार

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

सम्बन्धित खबरहरु

Scroll to Top