विराटनगर,असोज १५
तराईमधेशका जिल्लाहरुमा भोलि मनाइने जितिया पर्वको अवसरमा विराटनगरक्षेत्रमा विविध कार्यक्रम गरिएको छ ।
सो अवसरमा विराट राजवंशी जितिया पावन समितिले विराटनगर ३ कंचनवारीस्थित राजवंशी टोलमा विचार गोष्ठी सहित सांस्कृतिक कार्यक्रम गरेको छ ।
विचार गोष्ठीमा बोल्दै राजवंशी समाज उत्थान समिति विराटका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले जितिया राजवंशी समुदायको मौलिक पर्व रहेको बताउंदै पश्चिमा संस्कृतिको प्रभावबाट यो पर्वलाई जोगाउनुपर्ने बतए ।
कार्यक्रममा जितियाको अवसरमा भनिने कथा र लोकगीत समेत प्रस्तुत गरिएको थियो ।