×

NEPAL TIMES UPDATES

Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026
Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026

बलोच लडाकुले किन भारतलाई गुहार्दै छन्, के हो कनेक्सन ?

२८ फाल्गुन २०८१

२८ फागुन , काठमाण्डौ।

विश्वलाई नै तरंगित पार्ने ४ सय यात्रु सवार रेल हाइज्याकको घटनापछि अहिले पाकिस्तानको बलूचिस्तानमा स्थिति निकै नै गंभीर छ । बलोच लडाकुहरु र पाकिस्तानी सेनाका बीच त्यहाँ युद्धको जस्तै स्थिति छ । पाकिस्तानको एयरफोर्सले लडाकुहरुमाथि फाइटर जेटबाट बमहरु खसालीरहेको स्थानीय एवं अन्तर्राष्ट्रिय मिडियाहरुले लेखेका छन् ।

Advertisement

यसबीच सेनाले दाबी गरेको छ कि मंगलवार एक सुरंगमा बलूच लडाकुद्वारा एक यात्रुवाहक ट्रेनमा हमला गरेपछि उसले कम से कम १६ विद्रोहीहरुलाई मारेको छ र १५० यात्रुहरुलाई उद्यार गरेको छ । रिपोर्टका अनुसार ९ डिब्बाहरुमा लगभग ४०० यात्रुहरुलाई लिएर जाफर एक्सप्रेस क्वेटाबाट खैबर पख्तूनख्वाको पेशावर जादै थियो ।

सोहीक्रममा मंगलवार दिउँसो गुदलार र पीरू कोनेरीको बीचमा सो रेलमाथि गोलाबारी भयो र बलोच लडाकुहरुले ट्रेनलाई हाईज्याक गरे । बलूचिस्तान लिबरेशन आर्मी (बीएलए)ले यसको जिम्मेवारी लिएको छ ।

पाकिस्तानी सुरक्षा सूत्रहरुले पुष्टि गरेका छन् कि लडाकुहरुको साथमा भएको मुठभेडका क्रममा उनीहरुले महिलाहरु र बच्चाहरुसहित १५० यात्रुहरुलाई उद्यार गर्न सफल भए भने १६ लडाकुहरु मारिएका छन्, कयौं घाइते भएका छन् ।

मुठभेड अहिले पनि जारी रहेको बताइएको छ । पाक सेनाले भनेको छ जबसम्म सबै यात्रुहरुलाई ट्रेनबाट निकालिदैन तबसम्म लडाकुहरुविरुद्धको अभियान जारी रहन्छ । यसबीच सोशल मीडियामा भने बलूचिस्तान समर्थक मानिसहरुले भारतलाई सहयोगका लागि गुहार लगाएका छन् ।

भारत पनि ऐतिहासिक रूपले बलोचहरुको समर्थक रहेको छ । स्वतन्त्रताभन्दा पहिला र त्यसपछि पनि बलोच नेता खान अब्दुल गफ्फार खान भारतका समर्थक रहेका थिए । खासमा उनी बलूचिस्तानलाई पाकिस्तानको भूभाग बनाएकोमा विरुद्धमा थिए ।

भारतीय मिडियाका अनुसार भने बलोचका जनताले पनि कहिल्यै पाकिस्तानको हिस्सा बनेकोमा सन्तुष्ट छैनन् । उनीहरुले छुट्टै राज्यको माग गरेका छन् । यता बलुचिस्तानको भौगोलिक स्थितिले गर्दा यसलाई भारतमा विलय गराउन पनि सम्भव छैन ।

यद्यपि, बलोचलाई भारतले जहिल्यै पनि सदासहायताको दृष्टिकोण हेर्ने गरेको पाइन्छ । यो पाकिस्तानलाई घेर्ने उसको रणनीति पनि हो । १९८७ मा भारत सरकारले बलोचका सर्वोच्च नेता खान अब्दुल गफ्फार खानलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरेको थियो ।

त्यो बेला केन्द्रमा राजीव गांधीको सरकार थियो । खान त्यो बेला अफगानिस्तानमा निर्वासित थिए । त्यसको केही दिनपछि २० जनवरी १९८८ मा ९८ वर्षको उमेरमा उनको निधन भएको थियो । अहिले पनि भारत र बलोचका नागरिकबीचको लगाव सोशल मीडियामा देखिन्छ ।

एक्स र अन्य प्लेटफर्ममा हजारौं पोस्ट गरिएको छ । जसमा उनीहरुले भारतसंग सहयोगको गुहार लगाइरहेका छन् । तर भारतले भने आधिकारिकरुपमा बलूचिस्तानलाई पाकिस्तानकै हिस्सा मान्दछ । यस्तोमा प्रत्यक्षरुपमा भारतले कुनै पनि रुपमा बलोच लडाकुहरुको सहायता गर्ने स्थितिमा छैन ।

यस्तो गर्नु स्पष्टरुपमा पाकिस्तानको आंतरिक मामिलामा हस्तक्षेप हुनेछ, जसले सिंगो क्षेत्रको भूराजनीतिका लागि उचित पनि होइन । तर यसमा भारतले खेल्ने ठाउँ भने अवस्य पाएको छ । उसका मिडियाहरुमा बलोच नागरिकले गुहार लगाए भन्दै समाचारहरु प्रकाशित हुनु पनि यसको एउटा पाटो हो ।

यता बन्धकहरूलाई मुक्त गर्न पाक सेनाले अहिले पनि कारबाही जारी राखेको छ । सो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार लडाकुहरूले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए ।

आफ्नो माग पूरा नभए बन्धकहरूको हत्या गर्ने धम्की उनीहरूले दिएका थिए । बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो । उक्त समूहले बलोचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।

गत नोभेम्बर महिनामा क्वेटास्थित रेल्वे स्टेशनको एउटा प्रतीक्षालयमा बम विस्फोट हुँदा एक आत्मघाती आक्रमणकारीसहित २५ जनाको मृत्यु भएको थियो । बीएलएले उक्त घटना आफूले गराएको दाबी गरेको थियो ।

अगस्ट महिनामा लडाकुहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको विवरण आएको थियो । उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो ।

बीएलएले सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका सैनिकहरूलाई आफूले निसाना बनाएको दाबी गरेको थियो । यूके र अमेरिकालगायत कैयौँ पश्चिमा देशहरूले यो समूहलाई ’अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन् । सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो ।

इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो । लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थाल्यो ।

यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् । पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ । उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ ।

अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ । यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ ।

बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ । यो प्रान्तले पाकिस्तानको कुल भूभागको ४१ प्रतिशत भाग ओगटेको छ । तर देशको २४ करोड जनसङ्ख्यामध्ये यो ठाउँमा जम्मा ६ प्रतिशत मानिस मात्रै बसोबास गर्छन् ।

यहाँको इतिहास गृहयुद्ध, आतङ्कवाद र मानवाधिकार उल्लङ्घनका घटनाहरूका कारण धूमिल छ । बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ ।

यो क्षेत्रको नाम यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो । बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसङ्ख्या भएका आदिवासी हुन् । कैयौँ बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन् ।

ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो । चीनको अनुदानमा बनिरहेको अर्बौँ लगानीको परियोजना ’चाइना पाकिस्तान ईकोनमिक कोरिडोर’ पनि यही क्षेत्रमा छ ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको ’बेल्ट एन्ड रोड इनिशटिभ’को एक अङ्ग हो । यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्त्वपूर्ण ’चेकपोइन्ट’ बन्ने ठानिएको छ । यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन् । बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको ’रेको डिग’मा क्यानडाको खानी सञ्चालन गर्ने कम्पनी ’ब्यारक गोल्ड’को ५० प्रतिशत स्वामित्व छ । यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

सम्बन्धित खबरहरु

Scroll to Top