७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

२८ फागुन , काठमाण्डौ।

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना बितिसकेको छ।

सुशासन र स्थायित्वको प्रतिबद्धतासहित गठन भएको भनिएको सरकारले सात महिना पूरा गर्दा पनि न प्रधानमन्त्री, न त मन्त्रीहरूले अझै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकारमा रहेकाहरुका सम्पत्ति विवरण सार्वजनिक गरिनु सुशासनकै एक पाटो हो ।

तर सुशासन दिने र भ्रष्टाचारीको मुख पनि नहेर्ने कसम खाएका प्रधानमन्त्री र उनका मन्त्रीपरिषदका सदस्यहरु कति सम्पत्ति लिएर सपथ ग्रहण गरेका थिए, तिनको स्रोत के थियो र अहिले ७ महिना कुर्सीमा रहँदा उनीहरुको सम्पत्ति कति थपघट भयो भन्ने खुलाउन जरुरी नै ठानिएको छैन ।

सुशासनको रटान लगाउने सरकारबाट सम्पत्ति विवरण नै सार्वजनिक नभएपछि यो विषयमा आज संसद्मा पनि उठेको छ । प्रतिनिधिसभामा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलमा यो विषय उठेको हो ।

यो विधेयकलाई सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए । विरोध गर्नुको कारणबारे बोल्दै सांसद शाहले सोधे, ‘मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ?’

सरकार बनेको एक महिनामै सार्वजनिक हुनुपर्नेमा नभएको उनले बताए । सुशासन सरकारको व्यवहारमा समेत देखिनुपर्ने उनको आग्रह छ । शाहले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले भ्रष्टाचार र कुशासनलाई बढावा दिएको पनि आरोप लगाएका छन् ।

‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’,लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार नै कुशासन र अपारदर्शीतामा लिप्त रहेको आरोप लगाए । सरकार गठन भएको सात महिना बित्दा समेत सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पति विवरण सार्वजनिक नगर्नुले सरकार पारदर्शितामा जिम्मेवार नरहेको पुष्टि भएको उनको भनाइ छ ।

उनले सरकारले संसदलाई छलेका कारण सुशासनको सोच कहीँ पनि नभएको बताए । यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजेका छन् ।

‘सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हसाउनु ?’ सांसद केसीको प्रश्न छ। केसीले अध्यादेशबाट सरकार चलाउन खोज्ने सरकारले सुशासनका कुरा गर्दा पत्याउन नसकिने बताए । सरकारको सम्पत्ति कति छ र आजसम्म सार्वजनिक गर्न सक्नु भएन ? भन्दै उनले प्रश्न गरे ।

उनले सरकारको यही आचरण र शैलीको कारण लोकतन्त्र र गणतन्त्र खतरामा रहेको बताए । विरोधको सूचनाका प्रस्तावक सांसदहरूले सरकारले आफ्नो सम्पति विवरण समेत सार्वजनिक गर्न नसक्दा सुशासन कायम गर्ने कुरा हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

यस्तै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक सुशासनलाई खुम्च्याउने विधेयक भएको आरोप लगाए । विधेयकको नियत र उद्देश्य नै ठिक नभएको आफ्नो निष्कर्ष रहेको उनको भनाइ छ ।

उनले विधेयका गैरआवासीय नेपालीको परिभाषा समेत स्पष्ट नरहेको बताए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद छलेर अध्यादेश जारी गरेको कारण पहिलो दृष्टिमै विधेयकको विरोध गर्नुपरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले करिब ७ महिनासम्म पनि सम्पत्ति सार्वजनिक गरेका छैनन् । कानुनतः सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएको दुई महिना (६० दिन)भित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ भने प्रधानमन्त्री तथा मन्त्रीहरूले नैतिक आचरण र पारदर्शिताका लागि सम्पत्ति सार्वजनिक गर्ने प्रचलन रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top