बिहीबारदेखि आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव

७ कात्तिक २०८३, शनिबार
Share this
726shares

७ कार्तिक , काठमाण्डौ ।

Advertisement

बिहीबारदेखि आइतबारसम्म नेपालका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेकाले यस अवधिमा धान नकाट्न मौसमविद्को किसानलाई सुझाव ।

मौसमविद् विनोद पोखरेलले धान पाकिसकेको भए स्थानीय मौसमको अवस्था हेरेर मंगलबारअगावै काट्ने, सुकाउने र सुरक्षित रूपमा भित्र्याउने योजना बनाउन गरे आग्रह ।

Advertisement

उनका अनुसार बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने सम्भावना रहेको र त्यसको प्रभावले नेपालमा झरी पर्ने ।

बिहीबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा वर्षा हुने तथा केही ठाउँमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान ।

Advertisement

मौसमविद् पोखरेलका अनुसार यसपटक तल्लो तहको न्यूनचापीय प्रणालीसँगै माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको प्रभाव पनि देखिएको र यो प्रणालीको अनुकूल संयोगले ओसिलो हावा माथि उठ्ने प्रक्रिया बलियो बनाउँदा भारी वर्षाको सम्भावना बढ्न सक्ने ।

विशेषगरी कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षाको सम्भावना बढी रहेको पोखरेलको भनाइ ।

उच्च हिमाली क्षेत्रमा भारी हिमपात र चिसो बढ्न सक्ने भएकाले यात्रा तथा ट्रेकिङमा जानेहरूलाई नियमित मौसम अपडेट र आधिकारिक सूचना हेरेर योजना बनाउन पनि सुझाव ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top