×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

आज कुन प्रदेशमा कस्तो छ मौसम ? मेघगर्जन÷चट्याङ्गसहित वर्षा

२ चैत्र २०८१

३ चैत , काठमाण्डौ ।

देशका विभिन्न भागमा हावाहुरी, मेघगर्जन र हल्का वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। आज देशका पाँचवटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement

दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ ।

कर्णालीका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा आज बिहान मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत मौसमविद्ले आग्रह गरेका छन् । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाका साथै हावाहुरीको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

कोशीमा आज राति पनि हिमाली क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ । यता मधेस प्रदेशमा आज दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

राति पनि तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ । बागमती प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ ।

बागमतीमा राति भने हिमाली क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।

यसैगरी गण्डकी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ।

तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ । गण्डकीमा राति हिमाली क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

उता लुम्बिनी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा हल्का हिमपातका साथै हावाहुरीको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ।

तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही एक÷दुई स्थानमा हावाहुरीको सम्भावना छ । लुम्बीनीमा राति भने हिमाली क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

पहाडी क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै कर्णाली प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपात साथै हावाहुरीको सम्भावना छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा साथै हावाहुरीको सम्भावना छ । कर्णालीमा राति हिमाली क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Advertisement

पहाडी क्षेत्रमा आंंशिक बदली रही एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top