×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

यमनमा अमेरिकाको महाविनाशःअहिलेसम्म ५३ हुथी मारिए

३ चैत्र २०८१

४ चैत , एजेन्सी।

यमनका हुथी विद्रोहीहरूविरुद्ध अमेरिकाले अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । अमेरिकी विनाशकारी हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ५३ पुगेको बताएका छन् । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेहरुमा ५ बालबालिका समेत रहेको उल्लेख छ ।

Advertisement
Advertisement

शनिबार अमेरिकाले हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमण उनीहरूविरुद्ध कारबाहीको कारण बताएका थिए ।

अमेरिकाले मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोही पनि रहेको बताएको छ । तर हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन् । यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, तबसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई निशाना बनाइरहने चेतावनी दिएका छन् ।

पछिल्लो आक्रमणमा कयौँ मानिस घाइते भएको पनि हुथीले जनाएको छ । हुथी समूहले इजरायलले गाजामा आक्रमण सुरु गरेदेखि नै पश्चिमा देशका मालबाहक पानी जहाज लक्षित गरेर लाल सागरमा निरन्तर आक्रमण गर्दै आएको छ ।

आक्रमणबाट अमेरिकाको अर्बौँ डलर बराबरको नोक्सानी भएको ट्रम्पको दाबी छ । यसबीच आक्रमणबाट यमनमा धेरै हुथी नेताको ज्यान गएको र इरानलाई विद्रोही समूह र लाल सागरको जहाज यातायातमा हुने आक्रमणहरूलाई समर्थन बन्द गर्न ‘सूचित गरिएको’ ह्वाइट हाउसले आइतबार बताएको छ ।

“शनिबारको हवाई आक्रमणले वास्तवमा धेरै हुथी नेतालाई लक्षित गरी उनीहरूलाई नष्ट ग¥यो”, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबिसी न्युजलाई भने, “हामीले उनीहरूलाई भारी बल प्रयोग गरेर प्रहार ग¥यौँ र इरानलाई पर्याप्त छ भनेर सूचित ग¥यौँ ।”

उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न ‘सबै विकल्पहरू टेबलमा छन्’ भन्ने अमेरिकी चेतावनी पनि दोहो¥याए । राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि यमनी विद्रोहीहरूविरुद्ध यो पहिलो आक्रमण थियो ।

एक दशकभन्दा बढी समयदेखि यमनको धेरैजसो भाग नियन्त्रणमा राखेको तेहरान समर्थित समूहले इजरायल र संयुक्त राज्य अमेरिकाको कडा विरोध गर्दछ र जहाज यातायातमा आक्रमणहरू गाजामा इजरायलको युद्धको विरोधमा भएको बताएको छ ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणले उत्प्रेरित गरेको युद्ध सुरु भएदेखि हुथीहरूले लाल सागर र एडनको खाडीमा जहाजहरूमा धेरै ड्रोन र मिसाइल आक्रमणहरू गरेका छन् ।

पेन्टागनका अनुसार सन् २०२३ देखि अमेरिकी युद्धपोतमा एक सय ७४ पटक र व्यापारिक जहाजमा एक सय ४५ पटक आक्रमण भएको छ । यसले सामान्यतया विश्व जहाज यातायातको लगभग १२ प्रतिशत ओसार्ने समुद्री मार्गमा ठूलो दबाब दिएको छ ।

पछिल्लो आक्रमणको घोषणा गर्दै शनिबार लामो ट्रुथ सोसल पोस्टमा ट्रम्पले हुथी नेताहरूलाई चेतावनी दिए, “तिमीहरूका आक्रमणहरू रोक्नुपर्छ, आजदेखि सुरु हुनुपर्छ, यदि तिमीहरूले त्यसो गरेनौ भने, तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक तिमीहरूमाथि बर्सिनेछ ।”

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको प्रस्ताव गर्दै एउटा पत्र पठाएका थिए र सम्झौताको अभावमा यो मुद्दालाई ‘सैन्य रूपमा’ सम्हाल्न सकिने बताएका थिए ।

तर तेहरानले त्यो सुझावलाई ‘धम्की’ दिइएको भनेर वार्ता नगर्ने भन्दै अस्वीकार ग¥यो । “इरानसँग आणविक हतियार हुन सक्दैन । यसमा एउटा पनि नहोस् भनेर सुनिश्चित गर्न सबै विकल्पहरू टेबलमा छन”, वाल्ट्जले आफ्नो एबिसी अन्तर्वार्तामा स्पष्टसँग भने, “उनीहरूले या त यसलाई हस्तान्तरण गर्न सक्छन् र यसलाई प्रमाणित गर्न सकिने तरिकामा छोड्न सक्छन् वा तिनीहरूले अन्य परिणामहरूको सम्पूर्ण शृङ्खलाको सामना गर्न सक्छन्, तर कुनै पनि हिसाबले, हामीसँग आणविक बटनमा औँला राखेर आयातोल्लाहहरू भएको संसार हुन सक्दैन ।”

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गरेका हुन् । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रुपमा पुनः परिभाषित गरेको करिब १५ दिनपछि यो घोषणा भएको हो ।

Advertisement
Advertisement

ट्रम्पले हुथी आतङ्ककारीहरूलाई इरानको समर्थन तुरुन्तै समाप्त हुनुपर्ने अन्यथा इरानले पनि यसको नराम्रो प्रतिफल प्राप्त गर्ने पनि चेतावनी दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top