NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

लोकसेवाको परीक्षा ६ पटक मात्रै, फेल भए खेती गर्नु

सोमवार चैत्र ४ , २०८१
Reading Time: 1 min read
A A
लोकसेवाको परीक्षा ६ पटक मात्रै, फेल भए खेती गर्नु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ चैत , काठमाण्डौ।

बेरोजगारीको पीडाले थिचिएका नेपाली युवाहरू उच्च शिक्षा हासिल गरेपछि पनि खाडी मुलुकमा पसिना बगाउन बाध्य छन्। स्वदेशमै अवसर खोज्नेमध्ये धेरैले राजनीतिक आस्था, भनसुन, लेनदेन र सेटिङ मिलाउन नसके रोजगार पाउने सम्भावनालाई गुमाइरहेका छन्।

यस्तो अन्यायपूर्ण परिपाटीबीच युवाहरूका लागि एउटा मात्र निष्पक्ष आशा बनेको छ, लोक सेवा आयोगको परीक्षा। तर अब, यो विकल्प पनि सीमित गर्न सरकार तयारी अवस्थामा जुटेको छ।

LS Auto

नविदेशिने अठोट गरेर स्वदेशमै रहेर लोकसेवाको परीक्षाको तयारी गर्ने र पास गरिछाड्ने लक्ष्य लिएका युवा जनशक्तिहरुका लागि अब समयावधि तोक्ने तयारी गरिएको छ । सरकारले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ।

यो व्यवस्थाले अवसरको पहुँचलाई खुम्च्याउने र योग्य उम्मेदवारहरूलाई अन्योलमा पार्ने चिन्ता व्यक्त हुन थालेको छ। यस सम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

छलफलका क्रममा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ।

समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै परीक्षा दिन पाउने प्रावधान राख्ने गरी तयारी गर्न कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई आइतबार जिम्मेवारी दिएको छ ।

यसअघि समितिको १९ पुसको बैठकमा उपस्थित लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पाँच पटक फेल भएको व्यक्तिलाई परीक्षामा सहभागी गराइरहन आवश्यक नभएको बताएका थिए । गाउँमा बाँझो खेतबारी भएकाले त्यहाँ जान राज्यले उत्प्रेरित गर्नुपर्ने उनको भनाइ थियो ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले आयोगका अध्यक्ष रेग्मीको प्रस्तावअनुसार व्यवस्था गर्ने आधार खोज्न सरकारका दुई सचिवलाई गृहकार्य गर्न भनिएको जानकारी दिएका छन् ।

उनले भारतमा पनि चारदेखि पाँच पटकसम्म मात्र परीक्षा दिन पाइने व्यवस्था रहेको जानकारी लोकसेवा आयोगले जानकारी दिएको भन्दै खुला दिनेलाई ६ पटक र आरक्षणबाट दिनेलाई थप एक पटक गरी सात पटक परीक्षा दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

धेरै पटक परीक्षा दिएर पास हुने कर्मचारीले निजामती सेवामा योगदान गर्न नसक्ने निचोडमा आयोग पुगेको छ । यस्तै सेवा प्रवेशमा पुरुषलाई ३२ वर्ष र महिलालाई ३७ वर्षको सीमा लगाउनुपर्ने तयारी छ ।

अहिले पुरुषले ३५ वर्ष र महिलाले ४० वर्ष उमेरसम्म लोक सेवा परीक्षा दिन पाउने व्यवस्था छ । निजामती सेवा प्रवेशको उमेर भने खरिदार र नायब सुब्बामा कम्तीमा १८ वर्ष र शाखा अधिकृतमा २१ वर्ष छ ।

इता प्रशासनविद्हरूले भने निजामती सेवा सुधारका काम नगरी परीक्षा दिने अवधि खुम्च्याउनतिर लोक सेवा आयोग र संसदीय समिति लागेको भन्दै आपत्ति जनाएका छन् । ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारीलाई लिएर संसदमा समेत विरोध सुरु भएको छ।

सरकारले लोक सेवा आयोगको परीक्षामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी गरेपछि चौतर्फी विरोध हुन थालेको छ। यो विषयमा संसदमै प्रवेश भइ सांसदहरूले विरोध जनाएका छन्।

आज बसेको प्रतिनिधि सभा बैठकमा सांसद प्रकाश ज्वालाले लोक सेवामा फेल हुने विद्यार्थीहरूलाई परीक्षामा बन्चित गर्ने नभई बरू सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गर्न माग गरेका छन्।

उनले कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउने गरि सिन्डिकेट गर्नु संविधानको भावना विपरीत रहेको बताए। ‘लोक सेवामा ६ पटक भन्दा बढी परीक्षा दिन निषेध गर्ने गरि कानुनी व्यवस्था गरिदैं छ भने त्यो गलत छ,’उनले भने,‘कुनै पनि नागरिकलाई परीक्षा नै दिन नपाउनेगरि सिन्डिकेट गर्नु संविधानको भावना विपरीत छ,यसरी परीक्षाबाट नै बञ्चित गर्नु नेपाली युवाहरूलाई अझ खाडी र मलेसियामा पठाउनु हो।’

उनले उमेर रहुञ्जेल परीक्षामा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । उनले भने,‘सरकारले रोजगारको विकल्प नदिने अनि परीक्षा रोक्ने, उमेर हुञ्जेल लोकसेवा लड्न पाउनुपर्छ, बरू अब राजनीतिक नियुक्ति कति पटक खान पाउने?,चुनाव कतिपटक लड्न पाउने?,सांसद,मन्त्री प्रधानमन्त्री राष्ट्रपति कतिपटक हुन पाउने भन्नेमा बहस गरौँ,सत्ता सञ्चालनमा फेल हुनेलाई निषेध गरौँ,तर नेपाली भाइबहिनीहरूलाई लोकसेवा लड्ने र राष्ट्रसेवक बन्नेमा बञ्चित नगरौँ।’

लोक सेवा आयोगका अध्यक्ष रेग्मीले ६ पटकसम्म परीक्षा दिएर पनि फेल भए उक्त व्यक्तिले निजामती सेवामा योगदान दिन नसक्ने भन्दै बरु ती विद्यार्थी घर गएर खेतीपाती गर्न सुझाएपछि सामाजिक सञ्जालमा यसको चौतर्फी विरोध भइरहेको छ।

Tags: #लोकसेवा आयोग#६ पटक फेल भए लोकसेवा दिन नपाइने#बेरोजगारी

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.