ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

५ चैत , एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज कुराकानी हुँदै छ । यी दुई नेताबीच मुख्यतः युक्रेनको विषयमा कुराकानी हुन लागेको हो । कुराकानीलाई लिएर ट्रम्प उत्सुक देखिएका छन् ।

उनले भनेका छन– म पुटिनसँग हुने टेलिफोन कुराकानीलाई लिएर उत्सुक छु । पुटिनसँगको कुराकानी हुनुअघि ट्रम्पले आफूहरूबीच केही मुद्दामा सहमति बनेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

युक्रेनमा शान्ति स्थापनाका लागि हुने सम्झौताका केही मुद्दामा सहमति बनेको उनको भनाइ छ । आफ्नो ट्रुथ सोसलमा उनले लेखेका छन– मंगलबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्धसँग जोडिएका मामिलामा कुराकानी गर्दै छु ।

ट्रम्पले अगाडि भनेका छन– केही मुद्दामा सहमति बनेको छ भने केही बाँकी छ । रुस–युक्रेन युद्धका बारेमा ट्रम्पले लेखेका छन– हजारौँ युवा सैनिकहरूसमेत कयौँ व्यक्तिहरू मारिएका छन् । हरेक साता दुवैतर्फ गरी २५ सय सैनिकको मृत्यु भइरहेको छ । यो युद्ध अब समाप्त हुनु आवश्यक छ ।

Advertisement

अमेरकाले तीव्र दबाब बढाउँदै युक्रेनलाई ३० दिने अस्थायी युद्धविराममा राजी बनाएसँगै रुसमाथि पनि दबाब बढाएको थियो । आफ्नो प्रस्ताव नमाने रुसले विनासकारी परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकाले दिएको थियो । तर, रुसले भने यसमा संयमित प्रतिक्रिया जनाएको थियो ।

रुसले अस्थायी युद्धविरामको प्रस्तावलाई अस्वीकार नगरे पनि त्यसका लागि केही सर्तहरू पूरा हुनुपर्ने बताएको छ । विश्लेषकहरूले भने रुसले राखेका त्यस्ता सर्तहरू कडा रहेको जनाएका छन् । यस्तो अवस्थामा हुन लागेको ट्रम्प–पुटिन वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

यो वार्ताका सम्बन्धमा युक्रेनले पनि प्रतिक्रिया दिएको छ । युक्रेनको विदेश मामिलाको संसदीय समितिका अध्यक्ष अलेक्जेन्द्रो मेरजले युक्रेनका सम्बन्धमा तीन सर्त उठाएका छन् । उनले भनेका छन– युक्रेन आफ्नो सीमा जोडिएको विषयमा कुनै पनि छुट दिन तयार छैन । र, यसमा युक्रेन कुनै पनि कुरा गर्न तयार छैन ।

त्यस्तै उनले दोस्रो सर्तबारे भनेका छन– अन्तर्राष्ट्रिय संगठन खासगरी नेटोको सदस्यताबारे युक्रेनको विषयमा रुसी राष्ट्रपति पुटिनले कुनै पनि निर्णय हुनु हुँदैन । त्यस्तै उनले तेस्रो कुरा भनेका छन– हामी आफ्नो रक्षा क्षमताका लागि पुटिनको कुनै पनि निर्णयमा राजी हुन सक्दैनौँ ।

यसबीच ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँग फोन वार्ता पहिले कयौँ विषयमा सहमति जुटेको बताएका हुन् । उनले आफू पुटिनसँगको कुराकानीका लागि व्यग्र प्रतिक्षा गरिरहेको पनि भनेका छन् । यसअघि संवाददाताहरुसँग आफुहरु शान्ति सम्झौता तथा युद्धविराम गर्ने सन्दर्भमा सक्षम हुने प्रतिक्रिया दिएका थिए ।

बेलायत र फ्रान्सले पुटिनसँग यो सबै सावित गर्न आग्रह गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले युद्ध विराम प्रस्तावमा सहमति जनाउने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ‘साहस’ सराहाना योग्य रहेको बताएका छन् । उनले रुसलाई यस्तो साहस गर्न चुनौती समेत दिएका छन् ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी– ७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् । अमेरिकामा ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।

गत हप्ता क्युबेकमा भएको जी– ७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।

तर त्यस्तो भाषा शुक्रबार जी– ७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका शर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।

यस हप्ता पेरिस र लण्डनको भ्रमण गरिरहेका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए ।

‘क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ’, उनले भने । जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन् । यो वर्षको जी–७ अध्यक्षता गर्ने क्यानडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।

Advertisement

भर्खरको समाचार

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top