इजरेलले उडायो हमासको बंकर,३ सयको एकैचिहान

५ चैत , एजेन्सी ।

नेपालका विपिन जोशीसहित अझै कयौं बन्धकहरु हमासको कब्जामा रहेकै बेला इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ । सेनाले विज्ञप्ति जारी गर्दै हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको बताएको छ ।

रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ । साथै खान युनिस र रफाहमा पनि भवन लक्ष्य गरेर आक्रमण गरिएको छ ।

Advertisement

इजरायलको प्रधानमन्त्री कार्यालयले एक प्रतिक्रिया दिँदै भनेको छ– प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजराइल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमण गर्ने आदेश दिएका थिए ।

हमासले इजरायली बन्धकहरू रिहा गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि विटकोफ र अन्य मध्यस्तकर्ताले गरेको प्रस्ताव अस्वीकार गरेपछि गरिएको इजरायलले जनाएको छ ।

Advertisement

‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

अलजजिराले प्रकाशित गरेको समाचारमा उक्त आक्रमणमा परी ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । उक्त समाचारमा भनिएको छ– प्यालिस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा महिला र बालबालिका गरी ३०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो ।

इजरायल र हमासबीच युद्धविराम भएयताको गाजामा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । युद्धविराम अघि बढाउने विषयमा दुई पक्षबीचको वार्तामा रुकावट आएको समयमा इजरायलले आक्रमण गरेको हो ।

इजरायली आर्मीले गाजामा हमास बसेको ठाउँमा आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाले एक टेलिग्राम पोस्टमा भनेको छ– गाजापट्टीमा हमास बसेको ठाउँमा ठूलो संख्यामा आक्रमण गरिएको छ ।

स्थानीय चिकित्सकहरूले भने उक्त आक्रमणमा परी सर्वसाधारण, महिला तथा बालबालिक पनि आक्रमणको निशानामा परेको बताएका समाचारहरूमा जनाइएको छ ।आक्रमणपछि हमासले भने इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।

साथै यसले बन्धकहरुको जीवन खतरामा पार्ने चेतावनी दिएको छ । यता एक इजरेली अधिकारीले उक्त आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् ।

इजरायलले विज्ञप्तिमा लेखेको छ, “अब उप्रान्त इजरेलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ।“ यो युद्धमा हालसम्म ४८, ५०२ जनाभन्दा बढीको मृत्यु भएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा अधिकांश गैरसैनिक छन् ।

गाजाको २१ लाख जनसङ्ख्या कैयौँ पटक विस्थापित भएको छ । त्यहाँका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् वा भग्नावशेषमा परिणत भएका छन् भने स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली ध्वस्त भएको छ । मानिसहरूले खानेकुरा, इन्धन, औषधि र आवासको अभाव खेपिरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top