×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रकबाट कसरी बरामद गरियो २५ करोड ?

४ चैत्र २०८१

५ चैत , काठमाण्डौ ।

आज बिहान विभिन्न देशका २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुन्साङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ ।

Advertisement
Advertisement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार २५ करोड नगदसहित पक्राउ सिन्धुपाल्चोकका ३९ वर्षीय कुन्साङ लामाले आमाको नाममा निकालिएको ट्रक चलाउँदै आएका थिए ।

प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बस्नेतले बताए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुन्साङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रकमा जाँच गर्दा उक्त परिणाममा विदेशी मुद्रा फेला पारेको जनाएको छ ।

गाडीको क्याबिनमा फल्स बटम बनाएर पैसा लुकाइएको पाइएको प्रहरीले जनाएको छ । ठूलो मात्रामा पैसा फेला परेपछि घटना थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई पठाइएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पत्रकार सम्मलेनमा एक प्रहरी अधिकृतले भनेका छन् ,“विशेष सुराकीको आधारमा अवैध मुद्रा बोकेको एउटा गाडीमा झोरको बाटो हुँदै रसुवातिर गइरहेको कुरा गयो । केही स्थानमा अपरेशन सञ्चालन गरियो । पैसा लुकाउन सक्ने क्षेत्रको विश्लेषण गरी हाम्रो टिम त्यसतर्फ गयो । गाडीलाई रोकेर ड्राइभरसँग सोधपुछ गर्दा शङ्का लागेपछि नियन्त्रणमा लिएका हौँ ।” काठमाडौं ल्याएर ट्रक चेक गरेको समेत प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top