अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ फ्रान्सको

Share this
702shares

६ चैत , एजेन्सी ।

Advertisement

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालसँगै अमेरिका र युरोपबीच व्यापारिक तनाव बढेको छ। यहीबीच, फ्रान्सका एक नेताले स्ट्याचु अफ लिबर्टी फिर्ता गर्ने माग गरेपछि, कूटनीतिक खिचातानी उत्कर्षमा पुगेको छ।

अमेरिकी प्रशासनको कडा जवाफले यो विवाद झन् चर्किएको छ। तिक्ततापूर्ण यो अवस्थामा फ्रान्सका एक नेताले अमेरिकाबाट ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ता गर्नुपर्ने माग गरेपछि दुई देशको कूटनीतिक सम्बन्ध तनावपूर्ण बनेको हो ।

Advertisement

फ्रान्सेली नेताले अमेरिकाको पहिचान बनेको स्तम्भ नै फिर्ता गर्नुपर्ने माग गरेपछि ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै अमेरिका नभएको भए आज फ्रान्सका जनताले जर्मन भाषा बोल्न बाध्य हुने जवाफ दिएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फ्रान्सेली नेताको मागको जवाफ भनिन्, ‘बिल्कुल होइन, म ती नेतालाई सम्झाउनेछु कि यदि संयुक्त राज्यले हस्तक्षेप नगरेको भए फ्रान्सेली जनताले आज जर्मन बोल्ने थिए । तिनीहरू हाम्रो महान देशप्रति कृतज्ञ हुनुपर्छ ।’

Advertisement

फ्रान्सेली नेताले अमेरिकाले तानाशाहहरूको समर्थन गरिरहेको आरोप लगाउँदै, फ्रान्सले सन् १८८६ मा दिएको स्ट्याचु अफ लिबर्टीलाई फिर्ता गर्नुपर्ने बताएका थिए। अमेरिकाको यो कथनले दोस्रो विश्वयुद्धको ऐतिहासिक घटनाहरू तर्फ औंल्याउँछ।

सन् १९४० मा नाजी जर्मनीले फ्रान्सलाई कब्जा ग¥यो, जसको कारण फ्रान्सेली सेनाले आत्मसमर्पण गर्नुप¥यो । तर, १९४० मा अमेरिकी र सहयोगी सेनाहरूले नर्मन्डी ल्यान्डिङ (डीडे)मार्फत फ्रान्सलाई स्वतन्त्र गराएका थिए ।

‘स्ट्याचु अफ लिबर्टी’ न्यूयोर्कको हार्बरमा अवस्थित ऐतिहासिक स्तम्भ हो, जुन फ्रान्सले सन् १८८६ मा संयुक्त राज्य अमेरिकालाई उपहार स्वरूप दिएको थियो । यसको कुल उचाइ ३०५ फिट छ र यसलाई लोकतन्त्र र स्वतन्त्रताको प्रतीक मानिने गरिन्छ ।

यो फ्रान्सेली मूर्तिकार फ्रेडरिक अगस्टे बार्थोल्डीद्वारा डिजाइन गरिएको थियो, जबकि आधार संरचना गुस्ताभ एफिल (एफिल टावरको निर्माता)द्वारा बनाइएको थियो । यो मूर्ति फ्रान्सद्वारा स्थायी उपहारको रूपमा दिइएको थियो ।

त्यसैले यसलाई फिर्ता गर्नको लागि कुनै कानूनी प्रावधान छैन । अमेरिकी प्रशासनको भनाइबाट स्पष्ट हुन्छ कि उनीहरुले यो मागलाई पूर्ण रुपमा अस्वीकार गरेका छन् ।

हालको विवादले अमेरिका र फ्रान्सबीचको सम्बन्धमा केही तनाव उत्पन्न गरेको छ, तर स्ट्याचु अफ लिबर्टीको फिर्ती सम्भावना अत्यन्त न्यून देखिन्छ। हालै डोनाल्ड ट्रम्पको पुनः निर्वाचित बलियो स्थिति र व्यापार शुल्कमा वृद्धि भएपछि अमेरिका र युरोपबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

अमेरिकाले युरोपेली आयातमा नयाँ कर लगाएपछि फ्रान्सलगायत धेरै देशहरू आक्रोशित भएका छन् । ‘स्ट्याचु अफ लिबर्टी’ फिर्ताको फ्रान्सेली नेताको मागलाई भने राजनीतिक दबाबको प्रयासका रुपमा हेरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top