दलितमाथि डोजर प्रकरणः सिडिओको रातारात सरुवा

६ चैत ८१, शुक्रबार

८ चैत , काठमाण्डौ ।
सिरहाको औरही ५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा समेत उठेको छ । शुक्रबारको सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमुना भएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक बजरंगी बाबा भनिएका व्यक्तिलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन्। नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरे।

उनले भने, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ।

Advertisement

अध्यक्षलगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’ त्यस्तै नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले पनि उक्त घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

Advertisement

‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्वारा दलितको घर भत्काइएको छ। यो घटनाको सरकारले तुरुन्त छानविन गरोस्।’ राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घटना निन्दनीय भएको भन्दै छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरूले उल्लेख गरेका छन् ।

यसअघि यो विषय प्रतिनिधि सभाको बैठकमा समेत उठेको थियो । संसदमा समेत दोषीलाई कारबाही गर्न भन्दै दबाब बढेपछि सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।

उनलाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् । महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ । महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमार यादवको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो ।

महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । तर, घटनाको विरोध भएपछि त्यसको भोलिपल्ट अर्थात् ११ फागुनको मिति राखेर ६ चैतमा मात्र दीपकको फर्जी मन्जुरीनामा गराइएको छ ।

उनकी पत्नी अनितादेवी मल्लिक र छोराछोरीलाई बिहीबार महायज्ञस्थलनजिकै रहेको पक्की घरमा राखेर धाकधम्की दिँदै ‘राजीखुसीले म आफैँ अन्यत्र गएको’ भन्न लगाएको भिडियो समेत सार्वजनिक भएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top