NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

दलितमाथि डोजर प्रकरणः सिडिओको रातारात सरुवा

शुक्रबार चैत्र ८ , २०८१
Reading Time: 1 min read
A A
दलितमाथि डोजर प्रकरणः सिडिओको रातारात सरुवा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

८ चैत , काठमाण्डौ ।
सिरहाको औरही ५ मा महायज्ञ गर्न पालिकाले दलित परिवारको घर भत्काइएको घटनाको विषय राष्ट्रिय सभामा समेत उठेको छ । शुक्रबारको सभाको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले उक्त घटना जातीय विभेद र छुवाछुतको प्रमुख नमुना भएको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र विष्णु महायज्ञका आयोजक बजरंगी बाबा भनिएका व्यक्तिलाई कारबाही गर्न सांसदहरूले माग गरेका छन्। नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सिनाले उक्त विभेदको घटनाको नेतृत्व गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग गरे।

उनले भने, ‘सिरहामा महायज्ञ लगाउने नाउँमा दलितलाई देखिन्छ रे भनेर जनता आवासअन्तर्गत बनेको घर गाउँपालिका अध्यक्षको नेतृत्वमा पालिकाकै डोजरले दलितको भत्काएर उठिवास लगाइएको छ।

अध्यक्षलगायत सबैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गरोस् ।’ त्यस्तै नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले पनि उक्त घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

‘सिराहामा विष्णु महायज्ञको नाममा गाउँपालिका अध्यक्षद्वारा दलितको घर भत्काइएको छ। यो घटनाको सरकारले तुरुन्त छानविन गरोस्।’ राष्ट्रिय जनमोर्चाबाट राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले समेत उक्त घटना निन्दनीय भएको भन्दै छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन माग गरे।

बैठकमा बोल्ने प्रायः सबै सांसदहरूले उक्त घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दुई दशक हुन लाग्दा पनि दलित भएकै कारण बस्ती उठाउनु अमानवीय कार्य भएको उनीहरूले उल्लेख गरेका छन् ।

यसअघि यो विषय प्रतिनिधि सभाको बैठकमा समेत उठेको थियो । संसदमा समेत दोषीलाई कारबाही गर्न भन्दै दबाब बढेपछि सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।

उनलाई फिर्ता बोलाएर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सिरहा पठाइएको गृह मन्त्रालयले जनाएको छ । महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् ।

सोही अनुसार उनी मन्त्रालय तानिएका हुन् । महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ । महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले जेसीबी लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठीबास गराएको समाचार प्रकाशित भएसँगै दोषीमाथि चौतर्फी कारबाहीको माग भएको छ ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौंदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष शिवजी यादव र औरही– ५ का पूर्ववडाध्यक्षसमेत रहेका समितिका सचिव दिलीपकुमार यादवको उपस्थितिमा १० फागुनमा दीपक मल्लिक (डोम)को घरमा जेसिबी चलाइएको थियो ।

महात्यागी भनिने बजरंगी बाबाको निर्देशनमा घर भत्काइएको थियो भने घरले चर्चेको जग्गाको माटोसमेत ताछेर फ्याँकिएको थियो । तर, घटनाको विरोध भएपछि त्यसको भोलिपल्ट अर्थात् ११ फागुनको मिति राखेर ६ चैतमा मात्र दीपकको फर्जी मन्जुरीनामा गराइएको छ ।

उनकी पत्नी अनितादेवी मल्लिक र छोराछोरीलाई बिहीबार महायज्ञस्थलनजिकै रहेको पक्की घरमा राखेर धाकधम्की दिँदै ‘राजीखुसीले म आफैँ अन्यत्र गएको’ भन्न लगाएको भिडियो समेत सार्वजनिक भएको छ ।

Tags: # सिडिओको रातारात सरुवा#दलितमाथि डोजर प्रकरण

लोकप्रीय

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.