NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

८४ मा प्रचण्ड प्रधानमन्त्री ? भारत गणतन्त्रकै पक्षमा

शुक्रबार चैत्र ८ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

८ चैत , काठमाण्डौ  ।

नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष–अप्रत्यक्ष चासो सधैं रहने गरेको छ। विशेषगरी नेपालमा गठन हुने सरकारहरूको स्थायित्व, तिनको नीति र भारतसँगको सम्बन्धलाई लिएर दक्षिणी छिमेकी भारतले ध्यान दिने गरेको पाइन्छ ।

यही सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणका लागि औपचारिक निम्तो नदिएको घटनाले सरकारको स्थायित्वबारे विभिन्न अड्कलबाजी जन्माएको छ।

नेपालका विगतका प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाने अवसर पाउने गर्थे, तर ओलीलाई हालसम्म यस्तो निम्तो नआउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू २०८४ सालसम्म प्रधानमन्त्री बन्ने दौडमा नरहेको स्पष्ट पारेका छन्।

यसको अर्थ उनी ८४को आम निर्वाचनपछि फेरि चौथो पटक प्रधानमन्त्री बन्ने योजनामा छन् । वीरगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले हाल जनताको साथमा रहने निर्णय लिएको बताए।

सरकारमा हुँदा एउटा कुरा र प्रतिपक्षमा पुग्दा अर्को कुरा भन्ने प्रवृत्ति माओवादीमा लागू नहुने उनको दाबी छ। उनले आफूहरू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको र आर्थिक विकासका लागि गति दिन प्रयास गरेको स्मरण गराउँदै, आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री प्रचण्डले वर्तमान ओली सरकारलाई भ्रष्टाचारीलाई जोगाउने सरकारको रूपमा चित्रण गरेका छन्। उनका अनुसार, ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने, बेथिति बढाउने र नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको छ।

उनले कुलमान घिसिङको पुनर्नियुक्ति तथा लेखा समितिको सभापतिको विषय उदाहरण दिँदै ओली सरकारको असफलता देखिएको तर्क गरेका छन्।

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाउनु पर्नेमा, अहिले नियुक्त व्यक्तिलाई ठूला भ्रष्टाचार आरोप लागेको भन्दै उनले ओली सरकारको नियतमाथि प्रश्न उठाए। ।

“…राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ,” उनले भने, “लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन ।

लेखा समितिको सभापतिलाई ठूलाठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ । उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनुभएको छ ।”
भारतको चासोका कारण ओली सरकारको स्थायित्वबारे विभिन्न आशंका उठेका छन्। नेपाल–भारत सम्बन्धमा ओलीको दृढ राष्ट्रवादी छवि भारतलाई मन नपरेको हुनसक्छ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका नक्सामा समेट्ने ओली सरकारको कदम भारतलाई असन्तुष्ट तुल्याउने महत्वपूर्ण कारण थियो। यस्तो अवस्थामा भारतले ओलीलाई भ्रमणको निम्तो नदिनु नेपाल–भारत सम्बन्धमा चिसोपन देखाउने संकेत हुन सक्छ।

यद्यपितेस्रो पटक भारत भ्रमणबाट फर्किएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा यही सरकार र लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।

भारत भ्रमण सकेर शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष अहिलेको व्यवस्थाविरुद्ध नरहेको आफूले पाएको बताएकी हुन् ।

‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि उहाँहरूले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको मैले पाएँ’, नेपालमा राजावादीहरूको चलखेल बढिरहेको प्रसङ्गमा उनले भनिन्, ‘अहिलेको सरकारसँग भारतीय पक्ष जोडिरहनुभएको छ । सरकार नै परिवर्तन गर्ने, व्यवस्था परिवर्तन गर्ने खालको आशय उहाँहरूमा मैले देखिनँ ।’

उनले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र कुराकानी नभएको र त्यसको पहल पनि नगरेको बताइन् । यद्यपि आरजुले प्रधानमन्त्री ओलीको भ्रमणका लागि मोदीसँग भेटवार्ताको पहल गरिरहेको विषय यसअघि नै बाहिरएको थियो ।

नेपालका राजनीतिक दलहरूबीच आपसी अविश्वास, सडकमा सुन्न थालिएका राजावादीहरुका आवाज, सत्ता संघर्ष र स्थायित्वको अभावले गर्दा दुईं ठूला दलको सरकार भएपनि मुलुकको राजनीतिक अवस्थालाई अझै अस्थिर बनाइरहेको छ।

Tags: #८४ मा प्रचण्ड प्रधानमन्त्री ?#भारतले नेपालमा चाहदैन राजतन्त्र

लोकप्रीय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे
अन्तर्राष्ट्रिय

युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना 

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

बोल्न पाइन्छ भन्दै ओलीलाई छाडेकी झाक्रीको मुख बन्द

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.