चैत १६ गते विराटनगरमा खुला ब्यायाम प्रतियोगिता

७ चैत ८१, शनिबार

८ चैत, विराटनगर ।

नेपाली युथ फिटनेश एन्ड केलिसथेनिक्स विराटनगरले यही चैत १६ गते विराटनगरमा खुला ब्यायाम प्रतियोगिता आयोजना गर्ने भएको छ।

युवालाई शारीरिक तन्दुरुस्तीमा अभिप्रेरित गर्दै, मादक पदार्थ तथा लतबाट टाढा राख्न प्रतियोगिताको आयोजना गरिएको एन.वाई.एफ.सि विराटनगरका संस्थापक अध्यक्ष सुमन बन्जाराले जानकारी दिएका छन् ।

Advertisement

यस प्रतियोगितालाई थप आकर्षक र रोचक बनाउन मुख्य इभेन्ट र अतिरिक्त इभेन्ट गरि दुई फरक इभेन्टहरुमा विभाजित गरिएको उनले बताएका छन् ।अतिरिक्त इभेन्ट अन्तर्गत पुलअप, डिप्स, स्क्वाट, पुशअप तथा प्लान्क जस्ता व्यायामहरू समेटिएका छन्, जसले प्रतियोगीहरूको समग्र फिटनेस क्षमता मापन गर्ने आयोजकको विश्वास छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले पुरुष सर्किट , महिला सर्किट र पुरुष बार गरि तिनवटा विद्यामा प्रतिस्पर्धा गर्न पाउनेछन्, जसले गर्दा प्रत्येक खेलाडीले आफ्नो व्यक्तिगत शक्ति, सहनशीलता र शारीरिक तयारीलाई प्रदर्शन गर्न सक्नेछन् ।

Advertisement

खेलकुद तथा फिटनेसप्रति युवाहरूको चासो र संलग्नतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समाजमा सकारात्मक ऊर्जाको संचार गर्ने लक्ष्य रहेको एन.वाई.एफ.सि विराटनगरले जनाएको छ।

स्थानीय सहिद मैदानमा आयोजना हुने यस प्रतियोगितामा एकसय भन्दा बढी प्रतियोगीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिस्पर्धामा पुरुष सर्किट, महिला सर्किट र पुरुष बार अन्तर्गतको प्रत्येक विधामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई प्रोत्साहन स्वरुप १५हजार, ९ हजार र ६हजार नगद पुरस्कार साथै मेडल ट्रफी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिने एन.वाई.एफ.सिले विज्ञप्तिमार्फत जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top