NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख शनिबार मंसिर २७ , २०८२
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

कुलमान कसरी बने उज्यालोको नायक ? क्रान्ति नायकलाई नमन !

मङ्लबार चैत्र १२ , २०८१
Reading Time: 1 min read
A A
कुलमान कसरी बने उज्यालोको नायक ? क्रान्ति नायकलाई नमन !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ चैत , काठमाण्डौ।

देशमा दैनिक १२ घण्टा लोडसेडिङ थियो । इन्भर्टर र ब्याट्रीको आयात उच्च विन्दुमा पुगेको थियो । दैनिक जसो मैनबत्ती उद्योगहरू खुली रहेका थिए । जनतालाई बिजुली बत्ती भनेको आकाशको फल जस्तै भएको थियो ।

बिजुली मध्यराति सबै जनता सुतिसकेपछि आउँथ्यो र जनता उठ्नु अघि नै गई सक्थ्यो । त्यसै बेला २०७३ भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त भएका थिए ।

उनले कार्यभार सम्हाल्दा नेपालभर दैनिक करिब ८ देखि १२ घण्टा लोडसेडिङ भइरहेको थियो । कतिपय स्थानमा अझ बढी घण्टासम्म पनि लोडसेडिङ हुने गरेको थियो। जब उनको कमान्डमा प्राधिकरण आयो त्यसको दुई महिनापछि क्रमशः लोडसेडिङ घट्दै जान थाल्यो ।

२०७४ वैशाख सम्म काठमाडौँ उपत्यका पूर्ण रूपमा अध्यारोबाट मुक्त बन्यो । काठमाण्डौंलाई लोडसेडिङ मुक्त घोषणा गरियो । २०७५ सालतिर आएर नेपालभर नै औपचारिक रूपमा लोडसेडिङ अन्त्य भएको घोषणा गरियो ।

यसको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारीमा थिए कुलमान घिसिङ । यसैले यसको सबै श्रेय कुलमानलाई जान्छ । कुलमान घिसिङलाई २०७३ साल भदौ २९ गते तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माको सिफारिसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

प्रचण्ड प्रधानमन्त्री भएका बेला दोस्रो पटक २०७८ साल साउन २७ गते पुनः कुलमान प्राधिकरणमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । प्रचण्डले कुलमानलाई २ पटक नियुक्त गरेभने प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई दुबै पटक निकालेका छन् ।

कुलमानको बर्खास्तगीसँगै आखिर कुलमान को हुन् ? उनले जीवनमा कसरी प्रगति गरे ? के के हन्डरहरू खाए ? कसरी बने उज्यालोको नायक ? किन एउटा सामान्य सरकारी कर्मचारीका होडिङ बोड टाँगिए देश भर ?

अनि किन तिनै कुलमान ओली सरकारका लागि कसिंगर बने ? भन्ने प्रश्न मात्र उठेको छैन सडकमा आगो समेत बल्न थालेको छ । रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेका कुलमान सामान्य किसानका छोरा हुन ।

देशलाई लोडसेडिङबाट मुक्त गराएर सबैको घरमा उज्यालो भित्र्याउने अभियन्ता कुलमान नेपालकै इतिहासमा सबै भन्दा बढी जनताले रुचाएका एक कर्मचारी हुन भन्दा फरक पर्दैन । उनले गाउँमा टुकी बालेर पढे ।

राति अबेरसम्म टुकी छेउमा बसेर पढ्दाको नमिठो अनुभव उनीसँग हुने नै भयो । कुनै बेला कुलमानले भनेका थिए ‘मैले काठमाडौँ आएपछि नै हो, बिजुली देखेको ।’ विद्यालयमा सधैँ प्रथम हुने कुलमानले जब काठमाडौँमा आएर बिजुली देखे, तब उनले कसम खाए– मेरो बेथान गाउँमा पनि यसै गरी बिजुली बाल्छु ।

कुलमानको कुनै बेलाको दैनिकी २ वर्ष सम्म नेपाल विद्युत् प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै थियो । चिलिमेबाट केन्द्रमा तानिएपछि उनलाई प्राधिकरणले कुनै जिम्मेवारी नै दिएन । तर, जब उनी कार्यकारी निर्देशक बनेर आए, उनले आफूले के गर्न सक्छु भनेर देखाउन समय नै लागेन ।

कुलमानको प्राथमिक शिक्षा गाउँमै बित्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौँ आए । काठमाडौंकोे सरकारी स्कुल बाल सेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना भए । कुलमान त्यहाँ पनि प्रथम नै भए । त्यसपछि उनी बोडिङमा भर्ना भए ।

एसएलसीमा धेरैले कुलमान बोर्डमा पर्ने आस गरेका थिए । तर, कुलमानको ४ नम्बर पुगेन । त्यसपछि उनले अस्कल क्याम्पसबाट आईएस्सी गरे । त्यसपछि उनी छात्रवृत्तिमा भारतमा पढ्न गए ।

जम्सेदपुरबाट सन् १९९४ मा बीएस्सी इलेकट्रिकल इन्जिनियर गरेपछि करिब ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत् प्राधिकरणमा सातौँ तहको इन्जिनियरको जागिरे भए । काम गर्दै पढ्ने क्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे ।

कुलमानले ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । कुलमान इञ्जिनियरमात्रै होइनन्, कुशल व्यवस्थापक पनि हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा इएमबीए पनि गरेका छन् ।

प्राधिकरणमा काम गर्दागर्दै कुलमानले चिलिमेको जिम्मेवारी पाए । जति बेला उनी दसौँ तहमा थिए । उनले नेपालको लगानीबाट पनि विद्युत् परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरे, जुन उनको आफ्नो व्यक्तिगत करिअरका लागि टर्निङ प्वाइन्ट बन्यो ।

चिलिमेको सेयर जनताका हातबाट दलालहरूले फुत्काउन थालेपछि घिसिङले एउटै गाउँको करिब ७ करोड रुपैयाँ बराबरको सेयर फिर्ता गराए । यो घटनाले गर्दा रसुवाका जनताले कुलमानलाई आँखाको नानीभित्र राखेका छन् ।

तर, दुर्भाग्य कुलमान आयोजनाबाट प्राधिकरणको केन्द्रमा तानिए । केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झन्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने दैनिकी बन्यो ।

अवस्था यस्तो आइसकेको थियो कि उनी राजीनामा दिने मुडमा पुगेका थिए । एकातिर विद्युतको चोरी र कालोबजारी भइरहेको र अर्कातिर जनतामा लोडसेडिङको मार खेप्न बाध्य पारिएको देखेपछि उनी राजीनामा दिने मुडमा पुगे ।

तर, प्रचण्ड नेतृत्वको सरकारले उनलाई विश्वास गरेर जिम्मेवारी दियो र उनले झन्डै २ महिनाकै अवधिमा मुलुकमा केही गर्न सकिन्छ भन्ने सकारात्मक सङ्केत दिएपछि रातारात कुलमान उज्यालोका नायक बने ।

३८ अर्ब घाटामा रहेको प्राधिकरणलाई नाफामा रूपान्तरण गर्ने, विद्युत् चरम चोरी नियन्त्रण गर्ने, विद्युत् आपूर्ति सुधार गर्ने, भारतसँग बिजुली निर्यात सुरु गर्ने अनि अँध्यारोबाट देशलाई उज्यालोमा ल्याउने कुलमान घिसिङलाई ओली सरकारले उपहार स्वरुप कार्यकाल सकिन मात्र ४ महिना बाकी हुँदा पदबाट बर्खास्त गरेको छ ।

कुलमान घिसिङ नेपालका एक इमानदार, दूरदर्शी, र निडर नेतृत्वकर्ता हुन्। उनको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले ऐतिहासिक सफलता प्राप्त गरेको छ। लोडसेडिङ हटाएर मात्र होइन, प्राधिकरणलाई आर्थिक रूपमा बलियो बनाएर उनले मुलुककै आर्थिक समृद्धिमा ठूलो योगदान दिएका छन्।

नेपालमा विद्युत् क्षेत्रमा आएको क्रान्ति भनेको कुलमान घिसिङकै नेतृत्वको प्रतिफल हो। ऊर्जा क्रान्तिका नायकलाई नमन !

Tags: #कुलमानको उज्यालो यात्रा#को हुन कुलमान ?#टुकी बालेर पढेका कुलमान

लोकप्रीय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

विचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२

थप समाचार

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख
अन्तर्राष्ट्रिय

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२
युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

युक्रेनपछि युरोपको नेटो देशमा अर्काे युद्धको त्रास

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.