×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

विपिनको परिवारलाई १० लाख सहयोग

८ भाद्र २०८२
८ भदौ , काठमाण्डौ । 
२२ महिनादेखि प्यालेस्टिनी समूहहमासको बन्धक बनेका निर्दोष विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकीआमा र बहिनीहारगुहार गरिरहेका छन् ।  छोराको मुक्तिका लागि आमा पद्यमा र बहिनी पुष्पा इजरायलको राष्ट्रपति भवनदेखि नेपालको शीतल निवाससम्म पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा विपिनकाआमापद्मा र बहिनीपुष्पाले इजरायलमा रहँदात्यहाँका राष्ट्रपति, प्रधानमन्त्रीतथाविभिन्न देशका राजदूतहरूलाई भेटेको जनाउँदै यो विषय अन्तरराष्ट्रियस्तरमा पुगेको बताए ।
उनीहरूले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि सबैलाई आग्रह गरेका छन् । आमा पद्माले आफ्नो छोरो विपिननिर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि पहल गर्न आग्रहगरिन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले विपिनको रिहाइका लागिआफूले थपप्रयास गर्ने बताएका थिए ।यसअघि हिजो मात्रै प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले  पद्यमा र सुष्मासँग भेट गरेका थिए ।
भेटपछि  अपहरणमा परेका  विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको उनले बताएका छन् ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राखेका हुन् ।
विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो, प्रधानमन्त्री ओलीले लेखेका छन्।प्रधानमन्त्री ओलीका अनुसार, विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियता पूर्वक लागेको छ ।
विपिनकाआमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्री लाई भेटेका हुन् । ‘विपिनको सकुशल रिहाइको पहलगर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्कनु भएको थियो, विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,ओलीले लेखेका छन् ।
उनले नेपाली पक्षले यस प्रकरणलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्दै सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका हुन्। यसैबीच इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायलको मुख्य पहलमा संकलन भएको १० लाख बढि नेपाली रुपैयाँ जोशीको परिवारलाई उपलब्ध गराएको हो।
एनआरएनए इजरायलकाअध्यक्ष गणेशगिरीका अनुसार संघको कोषबाट ५ हजार सेकल र अभियान मार्फत् १२ हजार सेकल जम्मा भएको छ। महासंघका अध्यक्ष सुर्य रानाकाअनुसार महासंघमा आवद्र्ध ८ वटा जातिय संस्थाको पहलमा झण्डै १२ हजार सेकल संकलन भएको हो।
साथै,व्यक्तिगत तथाअन्य संघ संस्थाबाट प्राप्त सहयोग समेत गरी हालसम्म १० लाख रुपैयाँ बढी संकलन भएको छ।  अन्य व्यक्तिर संघ संस्थाहरूबाट पनि सहयोग गर्ने क्रम बढिरहेको छ।
२२ महिनाअघि अध्ययन र उज्जवल भविष्य कोर्ने सपना बोकेर इजरायल पुगेका विपिन लाई केही दिनमै हमासले अपहरण गरेको थियो। अहिले उनको अवस्थाबारे कुनै ठोस जानकारी सार्वजनिक नभएपनि परिवारजनले उनको सुरक्षित रिहाइका लागि विभिन्न तहमा अपील गर्दै आएका छन्।
हालै विपिनको आमा र बहिनी पुष्पा इजरायल आएर बन्धकको विषयमा आवाज उठाएका थिए। त्यही क्रममा उनीहरूको बसाइ,यात्रा खर्च,पुष्पाको पढाइ र परिवारको घरखर्च सहजहोस् भन्ने उद्देश्यले नेपाली समुदायले सहयोग गरेका हुन् ।
विपिनकी बहिनी पुष्पाले सहयोग प्रति धन्यवाद दिएकी छन्। उनले भनिन्,’हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसलामिलेको छ। विपिनदाइको रिहाइको लागिहाम्रो अभियानअझै निरन्तर रहनेछ र इजरायलमा रहेका नेपाली समुदायले देखाउनु भएको नैतिक,आर्थिक र भौतिक सहयोग प्रतिहामी कृतज्ञ छौं।
’समुदायका अगुवाहरूले यसलाई केवलआर्थिक सहयोग नभइ परिवारलाई नैतिक समर्थन भएको बताएका छन्। विपिनलाई घर फर्काउन अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने बताउँदै उनीहरूले यसमा नेपाली समुदाय निरन्तर जुट्ने विश्वास व्यक्त गरेका छन्।
उज्ज्वल भविष्यको सपना बोकेर इजरायल पुगेका छोरा हमासको बन्धक बनेपछि विक्षिप्त बनेकीआमा पद्मा जोशी र बहिनी पुष्पाले हालै  इजरायल पुगेर त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूत हरूलाई भेट्दै आफ्नो निर्दोष छोरा र दाइको रिहाइका लागि भावुकअपिल गरे।
“मेरो छोरो विपिननिर्दोष विद्यार्थी हो, मानवीय दृष्टिले उसलाई रिहागर्न पहलगरिदिनुहोस्,“ इजरायलदेखि नेपालसम्मउनीहरुको एउटै पुकार छ।
विपिनको रिहाइको आवाज अब बन्द कोठाका बैठकहरूमा मात्र सीमित छैन। इजरायलमा बन्धकहरूको रिहाइका लागि हुने हरेक प्रदर्शनमा नेपालीहरूको उपस्थिति दैनिक बढ्दो क्रममा छ।
उनीहरू हातमा विपिनको तस्बिर बोकेर युद्धविराम र सबै बन्धक हरूको सकुशल रिहाइको माग गर्दै इजरायली सडकमा उत्रिएका छन्। यसले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र इजरायल सरकार माथि थप दबाब सिर्जना गर्न मद्दत पुगेको छ।
गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध ¥यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् ।
प्रदर्शनकारी हरूकाअनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलका पूर्व रक्षामन्त्री बेनी ग्यान्ट्जले बन्दीहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय सहमतिको सरकार बनाउनआह्वान गरेका छन्।
विपिन जोशीको अपहरणले नेपाली समाजलाई गहिरो चोट दिएको छ । एक आमाको आँसु र संघर्षले सिंगो राज्य संयन्त्रलाई झक्झक्याएको छ ।
यो लडाइँ पद्मा र पुष्पाको मात्र नभएर हरेक नेपालीको साझाप्रार्थना र अभियान बनेको छ । जसको एउटै लक्ष्य छ,विपिन जोशीको सकुशल घर फिर्ती।
Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top