सनलङले नेपाल भित्र्यायो ३१ लाखको सानदार कार्गो पिकअप

१० चैत ८१, मंगलबार

१३ चैत , काठमाण्डौ।

ब्लु कर्पोरेसन प्रालिले नेपालमा सनलङको कार्गो भ्यान भित्र्याएको छ। कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापना गर्दै सनलङ ईभीयू–३ कार्गो भ्यान सार्वजनिक गरेको हो । यस इलेक्ट्रिक कार्गो भ्यानमा ७० किलोवाट क्षमताको मोटर जडान गरिएको छ।

कम्पनीले यसमा ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री प्रदान गरेको छ, जसले एक पटकको पूर्ण चार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। ४९९५ एमएम लम्बाइ रहेको कार्गो भ्यानको चौडाइ १६६५ एमएम छ भने उचाइ १८२० एमएम र ह्वीलबेस ३०५० एमएम रहेको ब्लु कर्पोरेसन प्रालिले जनाएको छ ।

Advertisement

१.४ टन लोडिङ क्षमता रहेको यस भ्यानको कार्गो स्पेसमा लम्बाइ ३१५५ एमएम, चौडाइ १५४० एमएम, उचाइ ३३० एमएम रहेको छ । टप स्पीड ९० किलोमिटर प्रतिघण्टासम्म रहेको भ्यानमा ग्राउन्ड क्लियरेन्स भने १८० एमएम रहेको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसार ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिइनेछ । ब्लु कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ प्रारम्भिक मूल्य तोकेर बिक्री सुरु गरेको छ । कम्पनीले छिट्टै १२ सिटे, १४ सिटे र १९ सिटे कमर्शियल भ्यान पनि ल्याउने योजना बनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top