इटहरीकोसेन्ट्रल प्लाजामा आगो र धुँवाको मुस्लो, आधा दर्जन फसे

इटहरीकोसेन्ट्रल प्लाजामा आगो र धुँवाको मुस्लो, आधा दर्जन फसे

१३ चैत , विराटनगर ।

इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलबाट आगलागी फैलिएको प्रहरीले जनाएको छ। केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी भएको प्लाजामा होटल, सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । आगो निभाउन इटहरी उपमहानगरपालिका, नेपाल प्रहरी लगायतका दमकल पुगेका छन् । विद्युत् सट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ ।

आगलागी भएपछि प्लाजामा आधा दर्जन ब्यक्ति फसेका छन् । उनीहरुलाई शसस्त्र प्रहरीले डोरीको सहायताले उद्धार गरिरहेको छ । अहिलेसम्म २ जनाको उद्धार गरिएको छ भने लगातार भवनबाट बाक्लो धुँवा र आगो फैलिएकाले तत्काल हेलिकप्टर ल्याएर उद्धार गर्न स्थानीयले माग गरेका छन् ।

अहिले नेपाली सेनासहित शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु आगलागी नियन्त्रणमा खटिएका छन् । यसअघि पनि सो प्लाजामा आगलागी भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.