×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

रुस–युक्रेन बीच ऐतिहासिक सम्झौता, ब्ल्याक सीमा युद्धविराम

१२ चैत्र २०८१

१३ चैत , एजेन्सी ।

साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने ऐतिहासिक सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका हुन् ।

Advertisement
Advertisement

तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ ।

यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पु¥याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसले शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाएका छन् । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहेको खबरमा उल्लेख छ ।

युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन । अमेरिकी अधिकारीहरू रियादमा युद्धविराम गराउने उद्देश्यसाथ मस्को र किएभका वार्ताकारहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

तर रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू भने प्रत्यक्ष भेटेका छैनन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त सागरमा हमला रोक्ने सम्झौतालाई सही दिशातर्फको एक कदम बताएका छन् ।

“यसले काम गर्नेछ भनिहाल्नु निकै हतार हुनेछ, तर यी उपयुक्त बैठक, उपयुक्त निर्णय, उपयुक्त कदमहरू थिए,“ किभमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । “यसपछि कसैले युक्रेनलाई दिगो शान्तिका लागि अग्रसर नभएको भनेर आरोप लगाउन सक्दैन।“

यसअघि जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति सम्झौतामा अवरोध पु¥याएको आरोप लगाएका थिए । तर वाशिङ्गटनको घोषणा लगत्तै क्रेमलिनले अन्तर्राष्ट्रिय खाद्य तथा मलखाद व्यापारमा संलग्न रुसी ब्याङ्क, उत्पादक र निर्यातकर्ताहरूमा लगाइएको प्रतिबन्ध नहटाएसम्म ब्ल्याक सी युद्धविराम लागु नहुने बतायो ।

ह्वाइटहाउसको विज्ञप्तिमा चाहिँ यस सम्झौता कहिलेदेखि लागु हुने भन्ने कुरा स्पष्ट थिएन । प्रतिबन्धहरू हटाउने विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले भनेः “हामी अहिले ती सबै विषयमा सोचिरहेका छौँ। हामी त्यसलाई हेरिरहेका छौँ।“

अमेरिका–रुस वार्ताबारे वाशिङ्गटनको विज्ञप्तिमा अमेरिकाले “कृषि र मलखाद निर्यातको लागि विश्व बजारमा रुसको पहुँच पुनस्र्थापित गर्न मद्दत गर्ने“ उल्लेख छ । किभमा बोल्दै जेलेन्स्कीले त्यसलाई “आधार कमजोर पारेको“ रूपमा व्याख्या गरे ।

उनले यदि मस्को आफ्नो प्रतिबद्धताबाट पछि हटेमा युक्रेनले रुसमाथि थप प्रतिबन्ध र अमेरिकाबाट थप सैन्य सहयोगको लागि जोड दिने बताए । युक्रेनीहरू लक्षित आफ्नो रात्रिकालीन सम्बोधनमा जेलेन्स्कीले ब्ल्याक सीको युद्धविराम प्रतिबन्ध हट्ने कुरामा निर्भर हुने भनेर क्रेमलिनले झुटो बोलेको बताए ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आकारको हमला गरेपछि त्यसै वर्ष ब्ल्याक सीमा व्यावसायिक पानीजहाजहरूको सुरक्षित आउजाउ गर्ने अनुमति दिएको थियो । युक्रेन र रुस दुवै प्रमुख खाद्यान्न निर्यातकर्ता भएकाले युद्ध सुरु भएपछि तिनको भाउ बढेको थियो ।

युक्रेन जाने कार्गो जहाजहरूलाई रुसले आक्रमण नगरी सुरक्षित रूपमा आउजाउ गर्न अनुमति दिन “ब्ल्याक सी खाद्य सम्झौता“ राखिएको थियो । त्यतिखेरको उक्त सम्झौताले अन्न, सूर्यमुखी तेल र खाद्य उत्पादनको लागि आवश्यक मलखाद जस्ता अन्य सामग्री ब्ल्याक सीमार्फत् ढुवानीलाई सहज बनाएको थियो ।

त्यो सुरुमा १२० दिनका लागि भए तापनि कैयौँ पटक लम्ब्याइएपछि रुसले सन् २०२३ को जुलाईमा सम्झौताका मुख्य कुराहरू कार्यान्वयन नभएको दाबी गर्दै फिर्ता लिएको थियो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top