सेन्ट्रल प्लाजा आगलागीः हेलि आउनु लगनपछिको पोते

११ चैत ८१, बुधबार

१३ चैत , विराटनगर ।

Advertisement

सुनसरीको इटहरी चोक नजिकै रहेको ९ तले भवन सेन्ट्रल प्लाजामा भएको आगलागी ५ घण्टा बितिसक्दा समेत नियन्त्रणमा आउन सकेको छैन् । आगलागीपछि फसेका ११ जनाको उद्धार भएको छ ।

उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । आगलागीपछि फैलिएको धुँवा र आगोका लाप्काका कारण ११ जना बाहिर निस्किन नसकेपछि प्लाजाको माथिल्लो तलामा फसेका थिए ।

Advertisement

शसस्त्र प्रहरीले डोरीको सहायताले फसेकाहरु उद्धार गरेपनि प्रभावकारी नभएपछि सेनाको हेलिकप्टर बोलाइएको थियो । तर सेनाको हेलिकप्टर आउनु अघि नै ११ जनाको सुरक्षित रुपमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।

हेलिकप्टरले आगो निभाउन मद्धत गर्ने सामग्री झारेर फर्किएको थियो । यद्यपि अहिलेसम्म पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन् । विहानैदेखि लागेको आगो अनियन्त्रित भएको अवस्थामा प्लाजामा फसेकाहरुको उद्धार गर्न स्थानीयले हेलिकप्टर ल्याउन माग गरेका थिए ।

Advertisement

तर हेलिकप्टर आउन ४ घण्टाभन्दा बढी समय लागेको थियो । आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी ३ सय २२ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन । आगो निभाउन विभिन्न पालिकाका १२ दमकल प्रयोग गरिएको छ ।

भवनको मध्य भागमा आज बिहान आगो लागेको हो । भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारीलगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो ।
आगलागी भइरहेको यो भवनको छैटौं तलाभन्दा माथि होटल बरण्डा सञ्चालनमा छ। छैटौं तलामा होटलको रेष्टुराँ, किचन छ भने भने सातौं, आठौं तलामा होटलका कोठा छन्। राजेश श्रेष्ठले सञ्चालन गर्ने यो होटलको अफिस भने पाँचौं तलामा छ।

यही तलाबाट बुधबार आगलागी सुरू भएको थियो। बरण्डा होटलका सञ्चालक राजेश श्रेष्ठका अनुसार बिहान साढे आठ बजेतिर होटलका कर्मचारी अफिस कक्षमा पुगेका थिए। अफिसको ढोका खोलेर भित्र पस्दा कोठा धुँवाले भरिएको थियो ।

बरण्डा होटलको छैटौं तलामा रहेको रेष्टुराँ, किचन र पाँचौं तलामा रहेको अफिस जलेर नष्ट भएको श्रेष्ठले बताएका छन् । ‘अहिले अग्निनियन्त्रक र सुरक्षाकर्मीहरू भित्र पस्न सक्ने अवस्था भएको छ ।

इटहरीका मेयर हेमकर्ण पौडेलको सचिवालयले आगो विस्तारै नियन्त्रणमा आइरहेको जानकारी दिएको छ । आगलागी के कारणले सुरू भएको भन्ने खुलिसकेको छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top