×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

बालुवाटारमै ओलीविरुद्ध डिजिटल बोर्डबाट ‘अट्याक’!

१२ चैत्र २०८१

१३ चैत , काठमाण्डौ ।

सार्वजनिक स्थानमा राखिएका डिजिटल डिस्प्लेहरू सूचना प्रवाहका लागि आधुनिक प्रविधिको प्रतीक मानिन्छन्। तर, जब ती प्रविधिहरू ह्याक भएर सरकार प्रमुखविरुद्ध नारा प्रदर्शन गर्न प्रयोग गरिन्छन्, तब यो प्रविधिको कमजोरी मात्र नभई सुरक्षा चुनौतीको गम्भीर संकेत पनि बन्छ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भरतपुरको विद्युत् प्राधिकरणको डिस्प्लेमा नारा देखिएको घटना सेलाउन नपाउँदै, काठमाडौँको बालुवाटार नजिकै पुनः त्यस्तै घटना दोहोरिएको छ ।

नेपाल विद्युत प्राधिकरण भरतपुरको वितरण केन्द्रको डिजिटल डिस्प्लेमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखिएको घटनाको २४ घण्टा बित्न नपाउदै काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले बालुवाटारको सडकमा राखेको बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएकोभेटिएको छ।

प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जालमा यो भाइरल बनेको छ। यस बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । रोटरी क्लबका पदाधिकारीहरूले ‘कसैले ह्याक गरेर सो नारा डिस्प्ले हुन पुगेको’ प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले प्रारम्भिक अनुसन्धानबाट बोर्डको सिस्टम ह्याक भएको बताएको छ । उता प्रहरी प्रधान कार्यालयले भने त्यसबारे विस्तृत अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले सो बोर्ड निकालेर अनुसन्धानको लागि लगेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले नेपाल टाइम्सलाई जानकारी दिएका छन् ।

उनले प्रहरीले बोर्ड नियन्त्रणमा लिएको र यसबारे गहन अनुशन्धान भइरहेको बताएका छन् । डिजिटल बोर्डको दूरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध देश छाडको नारा लेखिएको यो संभवत पहिलो घटना हो ।

यसअघि नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुख कुटिएका थिए । वितरण केन्द्रको डिजिटल डिस्प्लेमा केपी चोर देश छोडको आपत्तिजनक नारा लेखिएको थियो ।

वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध गालीगलौज गरेको सूचना राखेको भन्दै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ। कार्यालयको बोर्डमा सोमबार प्रधानमन्त्रीविरूद्ध गालीगलौज गरेको सूचना देखा परेको थियो।

त्यही विषयलाई लिएर मंगलबार कार्यालय प्रमुख श्रेष्ठमाथि एक समूहले हातपात गरेको हो। ‘देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलोज÷अपशब्द अपलोड गरिएको हुँदा देशको गरिमामय पदमा रहनु भएको प्रधानमन्त्रीलाई अपमानजनक सूचना अपडेट गराउनु राज्यको संविधान तथा प्रचलित कानुनको बर्खिलाप हो।

यस्तो गैरकानुनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्र्सना गर्छ,’ केन्द्रले जारी गरेको विज्ञप्तीमा भनिएको छ। यस घटनालाई साइबर अपराधअन्तर्गत कानुनी दायरामा ल्याउन पत्राचार भइरहँदा मंगलबार कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात भएको केन्द्रले विज्ञप्तिमार्फत् बताएको छ।

‘मंगलबार बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आइ कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्य कक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाईसमेत कुटपिट गरेको हुदाँ सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानुनबमोजिम हदैसम्मको सजाय माग गर्छौं,’ वितरण केन्द्रले भनेको छ।

आपत्तिजनक नाराका विषयमा विरोध जनाउन आज बिहान करिब १० बजे एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए । त्यस क्रममा नेकपा एमाले निकट युवा संघ तथा अनेरास्ववियु चितवनका कार्यकर्ताहरु कार्यालय प्रमुख रामु श्रेष्ठविरुद्ध खनिएका थिए ।

श्रेष्ठले पनि आफूले कुटाइ खाएको र कार्यालयसमेत तोडफोड गरिएको उनको भनाइ छ । प्रधानमन्त्रीविरुद्ध ‘देश छोड’ भन्ने सन्देशसहित डिजिटल बोर्डमा देखिएको नाराले प्रविधिको दुरुपयोग र साइबर सुरक्षाको गम्भीर प्रश्न खडा गरेको छ।

प्रहरी अनुसन्धान सुरु भइसकेको छ, तर पछिल्ला घटनासँग जोडेर के यो प्रविधिगत त्रुटि मात्र हो त भन्ने प्रश्न अहिले सबैका लागि चासोको विषय बनेको छ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top