नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

११ चैत ८१, बुधबार

१३ चैत , काठमाण्डौ ।

Advertisement

नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएसँगै बैंकले ज्ञवालीलाई कामु सीइओ नियुक्त गरेको हो।

बैंक सञ्चालक समितिको बुधबारको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गरेको छ। सँगै ज्ञवालीलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। आइतबारको मितिमा ढुंगानाले सोमबार राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

Advertisement

राष्ट्र बैंकको गभर्नरको दौडमा रहेको भन्दै ढुंगानाले १४ महिना कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए । नवनियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत ज्ञवाली ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर २०७७ सालमा नबिल बैंक प्रवेश गरेका थिए ।

पछिल्लो अवस्थामा ज्ञवाली नबिल बैंकमा वरिष्ठ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रहेका थिए । ज्ञवालीसँग नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल, ज्योति विकास बैंकलगायत वित्तीय संस्थामा उच्च तहमा रहेर कुशल जिम्मेवारी वहन गरेको अनुुभव रहेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top